निर्णय नं. १७८९ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७८९ - परमादेश भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०४ २२६९ निर्णय नं. १७८९ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. १०९५ आदेश भएको मिति : २०४०।१०।४।४ मा निवेदक : ल.पु.न.पं.वार्ड नं.३ पुल्चोक बस्ने कमलकुमारी गुरूघराना विरूद्ध विपक्षी : मालपोत कार्यालय ललितपुर मुद्दा : परमादेश (१) मालपोत कार्यालयको लिखितजवाफबाट कारवाही चलिरहेको र निर्णय भइसकेको नदेखिँदा यस्तो अवस्थामा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कूलराज गुरूघराना विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : २. पश्चिम साझा चोक पूर्व मूल सडक, दक्षिण ऐन कुमारी विष्टले किनेको जग्गा र उत्तर प्रेमबहादुर विष्टको जग्गा यति चार किल्ला भित्रको जग्गा टुमकुमारी थापाबाट मैले किनेको मेरो जग्गा ठहरी सर्वोच्च अदालत फुलबेञ्चबाट फैसला भएको छ । सो जग्गामा घर बनाउन लाग्दा महेश विष्ट समेतले सो जग्गा कि.नं.९२ मा पर्दछ देवालयको जग्गा हो भनी बखेडा गरेकोले ल.पु.जि.अ.बाट नक्सा सरजमीन समेत गरी सो ल.पु.न.पं.वार्ड नं.३(क) कि.नं.९२ को जग्गामा दक्षिणतर्फ ऐन कुमारीको भई निजको सीमाना देखि उत्तरतर्फको फुलबेञ्चको फैसलाले मैले जिती चलन चलाई भोगेको ठहरी ल.पु.जि.अ.बाट ०३४।३।२० मा अन्तिम फैसला भएको उक्त जग्गाको ज.ध.द.प्र.पू.पाउँ भनी मालपोत कार्यालय ललितपुरमा निवेदन दिएको बर्षौ वितिसक्यो नचाहिँदो बखेडा गरी ज.ध.प्र.पूर्जा नदिएको हुँदा निवेदन गर्न आएकोछु । जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ७ ले अदालतको फैसला बमोजिम तुरून्त दर्ता गरी दिनुपर्नेमा नगरेकोले सर्वोच्च अदालतको फैसला र उक्त ऐनको अवहेलना भएको छ ऐ.ऐ को दफा ६(७) ले पनि अदालतको फैसलालाई मान्यता दिएको छ । तसर्थ उक्त ऐन र फैसला बमोजिम तुरून्त मेरा नाउँमा दर्ता गरी ज.ध.प्र.पू.दिनु भनी परमादेश वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षी कार्यालयबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३९।८।१८ को आदेश । ४. ल.पु.न.पं.वार्ड नं.३(क) कि.नं.९२ को ०–४–० जग्गा दर्ता गरी ज.ध.प्र.पू.पाउँ भन्ने समेत निवेदकको दावी भएकोमा उक्त जग्गाको जग्गाधनी र मोही समेत खाली भई नाप नक्सा भएको फिल्डबुक उतारबाट देखिएकोले सो बमोजिम उक्त जग्गा कस्तो किसिमको हो भनी अमीन खटाउँदा उक्त कि.नं.९२ र बाटो नछुटिएको मन्दिर उक्त कित्ता भन्दा बाहिर रहेको र हाल पर्ति नै रहेको भन्ने अमीनको प्रतिवेदन भएको भनी मै.ना.शा.ललितपुरबाट लेखी आएको मिसिलबाट देखिन्छ । सोही अनुसार दर्ताको सिलसिलामा ०३७।१०।२९ मा सरजमीन गर्ने आदेश भएकोमा पूर्जामा भएको देखिएन । उक्त जग्गा मेरा नाउँमा दर्ता गरिपाउँ भनी देवकुमारी विष्टले ०३३।१।४ मा दिएको र ०३३।१।१४ मा मेरो निवेदन खारेज गरी दिप्तकुमारीको नाउँमा कायम होस् भनी निवेदन दिएको समेतबाट दिप्तकुमारीलाई बुझ्ने भनी ०३९।१०।२४ मा भएको आदेश बमोजिम ७ दिने म्याद पठाई म्याद समेत तामेल भई आएको छ । रिट निवेदक रमेश विष्टको बीच मुद्दा परी ०३४।३।२० मा स.अ.फुलबेञ्चबाट फैसला भएकोमा २०३३ सालमा नै दिप्तकुमारीको निवेद