निर्णय नं. १७९१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७९१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१९ २५०९ निर्णय नं. १७९१ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १६६९ आदेश भएको मिति : ०४०।१०।१९।१ मा निवेदक : महोत्तरी जिल्ला पिगौना गा.पं.वार्ड नं.३ बस्ने रामचन्द्र विच्छा विरूद्ध विपक्षी : श्री अञ्चलाधिश, जनकपुर अञ्चलाधिशको कार्यालय, जलेश्वर समेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) निजामती कर्मचारीहरूको बढुवा गर्दा सोही नियमावली बमोजिम गर्नुपर्नेमा सो नगरी लोकसेवा आयोगको पत्रको आधारमा टेष्ट पास बापत ८ अंक प्रदान गरी बढुवा गर्ने गरेको निर्णय र ०३८।११।१८ को संशोधित नियमावली प्रकाशन समेत निजामती सेवा नियमावली, २०२१ को नियम ३, ५(४)(क) को प्रतिकूल हुँदा उक्त निर्णय र संशोधित नामावली प्रकाशन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दमन ढुंगाना विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलीराम कुमार आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ : २. म निवेदक २०२५।१२।७ मा लोकसेवा आयोगबाट सिफारिश भई स्थायी नियुक्ति भएपछि मुखिया तथा खरिदार पदमा क्रमसः बढुवा हुँदै हालसम्म खरिदार पदमा रही काम गर्दैका बखत ना.सु.पदमा बढुवा गर्ने सूचना प्रकाशित भएअनुसार आफू पनि संभाव्य उम्मेदवार भएकोले आवश्यक फाराम भरी बढुवा समिति समक्ष पेश गरेको थिएँ । बढुवा समितिबाट विपक्षी, गोरख चौधरी र म समेतलाई बढुवा गर्ने निर्णय गरी मिति २०३८।८।८ मा सूचना प्रकाशित भए उपर विपक्षी योगेन्द्र साहको निजामती सेवा नियमावली, २०२१ को परिच्छेद ३ को नियम ८ र ९ अन्तर्गत जनकपुर अञ्चलाधिश कार्यालयमा उजूरी पर्दा विपक्षी योगेन्द्र शाह र गोरख चौधरीले बढुवा पाउने भई मैले नपाउने निर्णय भएछ । आफूले पाएको नम्बर हेर्न कोशिस गर्दा नपाए पनि बुझ्दा विपक्षी योगेन्द्र शाहलाई एस.एल.सी.टेष्ट परीक्षा उत्तीर्ण गरेको बापत ८ नं.दिई मलाई हटाई निजलाई बढुवा गरेको व्यहोरा विश्वस्त सूत्रबाट ज्ञात हुनआएको छ । यसका साथै का.स.मु.फाराम नं.१ मा ४८½ नं. मैले पाउनु पर्नेमा २४ अंक मात्र पाएको छु । ३. निजामती सेवा नियमावली बमोजिम टेष्ट पासको नम्बर दिन नमिल्ने जेष्ठता तथा योग्यताका अधारमा पनि विपक्षीहरूको भन्दा मेरो नम्बर बढी भई मैले बढुवा पाउनुपर्नेमा सो नभएकोले बढुवा पाउने मौलिक हकमा आघात तथा कुण्ठा पुर्‍याएको हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पुनरावेदन तहमा गरिएको मिति २०३८।११।१८।२ को निर्णय सूचना बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ लिई प्राप्त भएपछि नियमानुसार पेश गर्नु भनी २०३९ साल आश्विन २६ को श्री सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ५. उपयुक्त आदेश बमोजिम विपक्षी जनकपुर अञ्चल अदालतका तर्फबाट डा.श्री पिताम्बर झाले प्रस्तुत गर्नुभएको लिखितजवाफमा श्री जनकपुर अञ्चल अदालत र श्री जनकपुर अञ्चलाधिश कार्यालयबाट प्रस्तुत बढुवा सम्बन्धमा कारवाही भएकोले सबै व्यहोरा उक्त कार्यालयहरूबाट अवगत हुने हुँदा बिना आधार यस अस्पतालमा उपर रिट दिई रहन आवश्यक नभए