निर्णय नं. १७९२ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९२ - करकाप भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१८ २५२८ निर्णय नं. १७९२ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.पु.नं. ३०९ फैसला भएको मिति : २०४०।१०।१८।४ मा पुनरावेदक/प्रतिवादी : काठमाडौं खिचापोखरी बस्ने वर्ष ४५ को रतनलाल कनौडिया विरूद्ध विपक्षी/वादी : का.न.पं.चावहिल बस्ने आफूलाई रेणु कनौडिया भनी लेख्ने रेणु अधिकारी मुद्दा : करकाप (१) अंश मानाचामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुटै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरूप भनी भन्न मिलेन, बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सृजना गराई कारवाही गर्ने अधिकार अदालतलाई नहुने । (प्रकरण नं. २०) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवली र विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षीवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.पृथ्वीबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. मलाई महान्यायाधिवक्ताको कार्यालयका का.मु.वरिष्ठ सरकारी अधिवक्ता रतनलाल कनौडियाले आफ्नो कोठामा टाइप गर्न बोलाई मैले इन्कार गर्दागर्दै जवरजस्ती समाई करणी गरेबाट गर्भ रहन गई सो कुरा निजलाई भन्दा गर्भ फ्याँक्न औषधि दिएको तर गर्भ नगई सो कुरा गुपचुप राख्न लगाई सुत्केरी बिदा लिन नदिई १७।२।०३३ देखि १५ दिनको घर बिदा दिँदा लिई प्रसूति गृहमा भर्ना भई छोरी पैदा भएपछि न्वारान पनि निजैले गराउनु भएको हो, सो कुरा वि.प्र.वि.ले थाहा पाई बयान गराएको कुरा रतनलाल कनौडियाले थाहा पाई ०३३।२।२१ का दिन दिउँसो अफिसबाट मलाई दिउँसो निजको घरमा लगी वि.प्र.मा मैले गरेको बयान झुठ्ठा हो, मेरो लोग्ने रतनलाल कनौडिया होइन, अर्कै छ भनी ३ थान कागजमा मैले इन्कार गर्दा पनि सहिछाप गराउनु भएको कुरा वि.प्र.वि.मा ०३३।३।२३ गते बयान दिई आएपछि महान्यायाधिवक्ताज्यूलाई मौखिक अनुरोध गरी कुनै कारवाही नभएको र वि.प्र.वि.बाट समेत निज रतनलाल कनौडियालाई बचाउने प्रयास भएकोले निज रतनलाल कनौडिया उपर कानुनी कारवाही भई मलाई मानो चामल तथा अंश दिलाई दिनु भन्ने समेत सम्बन्धित अदालत तथा मन्त्रालय समेतका नाउँमा हुकुम प्रमांगी पाउँ भनी रेणु कनौडियाले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत बिन्तिपत्र चढाएकोमा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी कानुनबमोजिम गरी मुद्दा चाँडो छिनी नतिजा जाहेर गर्नु भनी हुकुम प्रमांगी बक्स भई बागमती अञ्चल अदालतमा मुद्दा पठाइएको रहेछ । ३. विशेष प्रहरीमा बयान गरी सकेपछि पर्सिपल्ट तिमीलाई घर र बच्चा हेर्ने मानिस बन्दोबस्त गरी दिएको छ, मेरो घर खिचापोखरीमा आउँ सबै देखाई दिन्छु भनी निजको घरमा जाँदा निजको घरमा २ तल्ला माथि कोठामा लगी तँलाई ज्यान र जागिरको आशा भए कागज गर् भनी निजले पहिले नै तयार पारेको कागज मलाई लेखाई लिएपछि म आफ्नो कार्यालयमा फर्की आएँ विपक्षीले गराएको कागजमा बच्चा विपक्षीको होइन, अरूकै बच्चा हो । लोग्ने ६ महीना अघि भारततर्फ जानुभएको हो भन्ने समेत उल्ल