निर्णय नं. १७९३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९३ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०६ २५५१ निर्णय नं. १७९३ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.सा.नं. १४९ ” ” फौ.पु.नं. ४०७ फैसला भएको मिति : २०४०।१०।६।६ मा पुनरावेदक/प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेको टेकबहादुर तामाङ विरूद्ध विपक्षी/वादी : ज्ञानबहादुर रायको जा.ले वादी श्री ५ को सरकार पुनरावेदक/वादी : ज्ञानबहादुर रायको जा.ले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.भोजपुर हेलोछा गा.पं.वार्ड नं.५ बस्ने धनमाया तामाङ मुद्दा : कर्तव्य ज्यान (१) पोष्टमार्टम लासजाँच मुचुल्का हेर्दा पनि कैयौं ठाउँमा हिर्काएको र घाउ चोट देखिन आएको समेतबाट प्रहरीमा गरेको बयान समर्थित हुनआएको देखिँदा शुरू जिल्ला अदालतले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३ नम्बरको देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. प्रतिवादी टेकबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने भनी शुरू भोजपुर जिल्ला अदालतले गरेको इन्साफलाई पूर्वाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा साधक निकासाको निमित्त प्रतिवादी टेकबहादुर तामाङको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरण यसप्रकार छन् : २. मेरा बाबु दिपबहादुर रायलाई यही ०३७ साल जेष्ठ ६ गते बिहान ९।१० बजे घरबाट बर्खे खोला आली काट्न गएको बखत उक्त अभियोगीको खेत पनि त्यही भएकोले साँध सीमाना वा के इवीबाट हो अन्यायवालाहरूले मात्र वा अरू को भई काटी मरणान्त पारेछन् म घाँस काट्न गएको वेला पारी आमाले र भाउजूले बाबुलाई घरमा ल्याई सुताएछन् बाबुलाई सोध्दा टेकबहादुरकी श्रीमती टेकबहादुर समेत भई कुटे भन्ने सोही दिन वेलुका ४ बजेतिर भनेर सोही चोट पिरबाट मरेकोले अभियोगी २ जनालाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त। ३. निज दिपबहादुर रायले ०३७।२।१ गतेको दिन गल्ली मिची खेत बनाउँदा किन यस्तो गरेको भनी भन्दा केही रिसइवी भइरहेको थियो त्यस्तैमा निजको र मेरो वर्षे खेत भन्ने एकै ठाउँ भई ०३७ साल जेष्ठ ६ गतेका दिन बिहान खेत खन्न जाँदा निज पनि खन्दै रहेछन् मेरो खेत मिचेको देखि किन यसो गरेको भन्दा निज आवेशमा आई देव्रेपटि पातोमा कोदालो लिई बायाँ हातले मुडकीले हिर्काई हालेको निजको हात खुट्टा यसै कोदालोको बिँडले हिर्काई भाँची दिन्छु भनी कोदालोको विँड पहिले नै निकाली खुट्टाले थिची राखे आई लागेकोले मैले एउटा हात खुट्टा भाँची दिनुपर्यो भनी कुटे निज भाग्दै गयो म पनि छोप्दै गई कुटदै गरेको छु आठ चोट जति कुटेको मलाई थाहा छ अरू कुटेको मलाई थाहा छैन मैले कुटेको मात्र हुँ तासिरले मारेको हो सहमति कोही छैनन् कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको टेकबहादुर तामाङले प्रहरीमा गरेको कागज । ४. ०३७।२।६ गते बिहान बुहारी र मेरो लोग्ने खेत खन्न गएको थिए भात खाने बेलामा लोग्ने मात्र आई भात खान र लुगा दे आज मैले दिपबहादुरसँग झगडा परी कुटे काÇले साड भाइकोमा जान्छु भनी हिँडेको हामीले भात खाई गोठतर्फ गई भैंसी हेर्दै गर्दा कर्णबहादुर गाउँमा आएर आज बिहान बाबुले दिपबहादुरलाई कुटे छ अरे दाजु कहाँ गएभन्दा भोजपुर साडुभाइकोमा गए भ