निर्णय नं. १७९४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०२ २३१४ निर्णय नं. १७९४ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० को रिट नं. १२८९ आदेश भएको मिति : २०४०।१०।२।२ मा निवेदक : का.न.पं.वडा नं.१७ क्षेत्रपाटी बस्ने अष्टमाया श्रेष्ठ विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय काठकाडौंका भूमिसुधार अधिकारी समेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) मोहियानी हक कायम गरिपाउँ भन्ने दावी नभई त्यस कुराको निर्णय गर्नुपर्ने अवस्था नभए पछि मोही कायम हुने प्रमाण समेत ऐनबमोजिम पेश गर्न नसकी भन्ने अप्रासांगिक वाक्यांश सो निर्णयमा बढी लेखिएको देखिएको छ, सो बढी लेखिएको वाक्यांश सम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. भूमिसुधार कार्यालय काठमाडौंको मिति ०४०।२।४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन पर्नआएको रहेछ संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : २. मिति २०२०।१२।२३।१ को राजीनामाबाट म निवेदकले श्रीमाया महर्जनीबाट रु.७,०००। मोल तिरी क्षेत्रपाटी स्थित पूर्व गल्ली पश्चिम र उत्तर इन्द्रबहादुरको बगैंचा दक्षिण सडक यति ४ किल्ला भित्रको जग्गामा बनेको दक्षिण मोहडाको पूर्व पश्चिम लम्बाइको दुई नाले तीन कवले तीनतले कच्ची गारा टायलको छाना भएको घर खरीद गरे देखि नै भोगचलन गर्दैआएको थिएँ सो घर बनेको जग्गाको वनमालीको पत्ति डा.इन्द्रबहादुरलाई सालको धान मुरी ६।४ बुझाई रसिद लिएको छु । ३. २०३४ को वर्षादले सो घरको पूर्व तर्फको किलास भत्कन गई भत्केजति निर्माण गरी बसेकोमा पाको इँट लगाई निर्माण गरेजति भत्काई पाउँ भनी विपक्षले का.जि.अ.मा नालेश दिई तह तह हुँदै मिति ०३८।४।६।३ मा बा.अं.अ.बाट पाको इँटको गारो सम्म भत्काई दिने गरी निर्णय गरेकोमा पुनरावेदनको अनुमति नपाई म निवेदकले इन्साफ जाँचको लागि श्री ५ मा बिन्तिपत्र चढाएको छु । यसै बीच नापी हुँदा विपक्षको पतिले उक्त मेरो जग्गा कि.नं.१०७३ मा नापी गरेकोले सो जग्गाको मोही हक मेरा नाउँमा कायम गरी सो घर मेरा नाउँमा दर्ता गरिपाउँ भनी निवेदन २ नं.नापी टोलीमा चढाएको थिएँ । विपक्षीका पतिले बयान गर्दा सो जग्गा मैले नै भोगी आएको र मोही भएको भए फिल्डबुकमा जनाई घर दर्ता गराउन सक्नुपर्ने भन्नुभएको छ, कि.नं.१०७३ को जग्गामा मैले मोहियानीको भोग गरेकोले भू.सु.का.मा मिसिल पठाएको र भू.सु.का.बाट बा.अं.अ.को ०३८।४।६ को फैसलाले घर भत्काउने निर्णय सदर गरेको पुनरावेदनको अनुमति नपाएको साथै मोही कायम गर्ने ऐन बमोजिमको प्रमाण पेश गर्न नसकी स्ववासी घर दर्ता गरिपाउँ भन्ने उजूरी यस कार्यालयको कार्य क्षेत्रभित्रको नहुँदा खारेज हुने भनी निर्णय गरेको छ । ४. उक्त निर्णय प्रत्यक्ष त्रुटिपूर्ण हुन पुगेको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१(क) ले मोहियानी हकको तेरो मेरो सम्बन्धमा हेर्न भू.सु.अ.लाई तोकेको छ । सो जग्गा २०२०।१२।२३ मा मैले खरीद गरी भोगचलन गरी घर बनाई आएको र सो दर्ता गर्न खोज्दा मलाई मोही हैन भनी विपक्