निर्णय नं. ८६०४ - फैसला बदर दर्ता बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६०४ - फैसला बदर दर्ता बदर । भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/१२/१५ ३५४४ ने.का.प.२०६८, अङ्क ४, निर्णय नं. ८६०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६५ सालको दे.पु.नं. ०३३६, ०३३४, ०३३५ फैसला मितिः २०६७।१२।१५।३ मुद्दाः— फैसला बदर दर्ता बदर । पुनरावेदक प्रतिवादीः का.जि.,का.म.न.पा.वडा नं. १८ बस्ने रत्नलाल बज्राचार्यको मु.स.गर्ने पूर्णलाल बज्राचार्य विरूद्ध प्रत्यर्थी वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत पुनरावेदक वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः का.जि., का.म.न.पा. वडा नं. २६ बस्ने ज्ञानकाजी शाक्य समेत पुनरावेदक प्रतिवादीः का.जि.,का.म.न.पा. वडा नं.२६ बस्ने सुवर्णरत्न बज्राचार्यको मु.स.गर्ने अष्टलक्ष्मी बज्राचार्य विरूद्ध प्रत्यर्थी वादीः का.जि., का.म.न.पा. वडा नं. १८ बस्ने भीमलाल बज्राचार्य समेत शुरू फैसला गर्नेः मा.जि.न्या.श्री मोहनरमण भट्टराई पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री शम्भुबहादुर खड्का § सामाजिक एवं सांस्कृतिक परम्परा के कस्तो छ भन्ने कुरा निर्धारण गर्ने आधार ताडपत्र भोजपत्र, गुठीपत्र, शिलालेख, सनद, सवाल, इस्तिहार र विवादका निर्णय जस्ता ऐतिहासिक लिखत हुन् । तर हरेक अवस्थामा यस्ता लिखत फेला नपर्न पनि सक्दछन् । यस्तो अवस्थामा विद्वानहरूद्वारा लेखिएका पुस्तक तथा लेखमा व्यक्त तथ्यलाई आधार बनाउनु पर्ने । (प्रकरण नं.५) § देवतागुठीको सम्पत्तिको संरक्षण, सम्बर्धन, तथा विकास निर्माण गर्ने कार्य परम्परागत रुपमा चलिआएबमोजिम गर्नुपर्ने । (प्रकरण नं.१०) § फैसलामा मिति उल्लेखनको क्रममा भएको त्रुटिलाई फिरादको दावी र फैसलाको पेटबोलीका कारणबाट हुँदै नभएको निर्णय लेखिनुलाई सामान्य त्रुटि मान्नुपर्ने हुन्छ । यस्ता सामान्य त्रुटिलाई आधार लिई बदर भैसकेका निर्णय कायमै छ भनी मान्यता दिने गरी गरिएको रौंचिरा तर्कलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं.११) § परम्परा र प्रचलनबाट पनि देवता गुठीको जग्गा जुनसुकै व्यक्तिको नाममा रहे पनि निजहरूको निजी सम्पत्ति नहुने, अंशबण्डा नलाग्ने, विक्री व्यवहार र लिलामलगायत कुनै प्रक्रिया र पद्धतिबाट हस्तान्तरण नहुने प्रकृतिको सामूहिक हक र सरोकारको सम्पत्ति भई कसैले मास्ने नास्ने कार्य गरे धर्मलोप हुने समेत देखिँदा जुनसुकै व्यक्तिको नाममा राखे पनि तात्विक अन्तर नपर्ने । (प्रकरण नं.१३) पुनरावेदक तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री विश्वप्रकाश भण्डारी, श्री नरेन्द्र भट्ट प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री चन्द्रबहादुर शाक्य अवलम्बित नजीरः नेकाप २०६७ नि.नं. ८३२८ पृ. ३७२ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१), (२) § प्रमाण ऐन, २०३१ को दफा १५(२),२३(३) फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) अनुसार पुनरावेदन अदालत पाटनको मिति २०६३।१।१८ को फैसलाउपर वादी तथा प्रतिवादी दुवैको तर्फबाट मुद्दा दोहर्‍याई पाऊँ भनी परेका निवेदनमा निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– परापूर्व कालदेखि, शाक्यहरूको संरक्षकत्व नरहेको, हामी का.म.न.पा. वडा नं.२६ निवासी बज्राचार्यहरूको मात्र हक भएको, का.जि.का.म.न.पा. वडा नं.२६ कि.नं.२१७ को ०–१–३–२ जग्गा र सो ज