निर्णय नं. १७९६ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९६ - ज्यान भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/०९/२२ २३३३ निर्णय नं. १७९६ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. ४५१ फैसला भएको मिति : २०४०।९।२२।६ मा पुनरावेदक/वादी : गेनिलाल चौधरीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जि.सिराहा लाहान नगरपञ्चायत वडा नं.८ बस्ने विलट चौधरी थारू समेत मुद्दा : ज्यान (१) दाँतमा सुन जडान भएको देखिएकोबाट सो दाँत पदमनारायणकै हो भन्ने निष्कर्षमा पुग्न मनासिव नहुने । (प्रकरण नं. ३६) फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. ०३४ साल कार्तिक २२ गतेका दिन साँझ ६, ७ बजेको समयमा मेरो छोरा पद्मनारायण चौधरी सिंह निया थरूनीको घरमा घुमफिर गर्न गएको थियो सो रात देखि छोरा बेपत्ता भई किन आउँदैन भनी पत्ता लगाउँदा निज छोरा पद्मनारायणलाई झालाल चौधरी समेतका २१ जनाले के कुन रिसइवीबाट कर्तव्य गरी मारी बलान खोलाको डिलमुनी गाडी दिएको छ भन्ने कुरा विशेष सूत्रबाट थाहापाएकोले दर्खास्त दिन आएको छु कानुनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत गेनीलाल चौधरीको जाहेरी दरखास्त । ३. २०३४ साल कार्तिक महीना हो गते वारको सम्झना छैन सो रातको अं.९ बजेको समयमा पद्म नारायण सिंहनियाको घरमा थियो । मेरै टोलमा बस्ने मिश्रीलाल मुसहर समेत भई सिंहिनियासँग निजले अनुचित सम्बन्ध गरे बापत निजहरू दुवैजनालाई कुटपिट गरे मैले कुटपिट गरी यस किसिमको अनुचित कुरा गर्नु ठूलो अपराध हो त्यसकारण आज यसलाई ज्यान खतम गरी दिनुपर्छ भन्ने राय सल्लाह गरी विलट चौधरी समेतले पद्मनारायणलाई साथमा लिई गाउँदेखि दक्षिणतिर गए म गइन ज्यान मारी बलानको किनारामा गाडी दिएको कुरा सनेको हुँ भन्ने समेत पक्राउ भई आएको झालाल चौधरीले प्रहरीमा गरेको साविती कागज । ४. पद्मनारायण चौधरी मेरी बहिनी असियाको देवर नाताको मानिस भई बराबर आवत जावत भई रहँदा म निजसँग फसी लोग्ने स्वास्नीको जस्तो सम्बन्ध भएको थियो । ०३४।७।२२ को रात अं. ९ बजेको समय हामी दुवै एउटै थालमा भात खाइरहेको अवस्था रण्डी, वेश्या हो भन्दै विलट चौधरी समेतका मानिसहरू मेरो घर भित्र आई पद्मनारायण र म समेतलाई हात चप्पल मुड्की समेतले कुटपिट गरी निजलाई पक्री पुनरको घरतर्फ लगे म आफ्नो घरमा सुते सो रातदेखि पद्मनारायणलाई देखेको छैन कुटपिट गरेको मात्र देखेको हुँ भन्ने समेत सिंहनियाको कागज । ५. २०३४।७।२२ का रात पद्मनारायणलाई म समेत भई कुटपिट गरी ज्यान मारी वलान किनारामा गाडी दिएको हो भन्ने समेत प्र.मिश्रीलालको साविती कागज । ६. ०३४।७।२२ का रात पद्मनारायण सिंहनियाको घरमा थियो सो समयमा म समेत भई सिंहनियाको घरमा प्रवेश गरी निजलाई कुटपिट गरी गाउँ देखि दक्षिण पिपलको रूख निर लगी ज्यान मारी वलानको किनारामा लास गाडी दिएको हो भन्ने समेत प्र.कैला चमारले प्रहरीमा गरेको साविती कागज । ७. ०३४ साल कार्तिक २२ गतेका रात पद्मनारायणलाई सिंहनियाको घरमा पसेको कारणबाट उल्लिखित प्रतिवादीहरूले ज्यान मारी दिएको कुरा सुनेको हो भन्ने समेत सरजमीन मुचुल्का । ८. पद्मनारायण चौधरीले सिंहानियासँग अनुचित सम्बन्ध जोडेको कुरालाई लिएर यसलाई ठीक गर्नुपर्छ भनी प्र.हरू मिठु चौधरी, अन्दु, सुनर विश्वनाथ, जगदेव, चौखत, विलट, मुनर, मुखहर, इनर मखन, असर्फी टीरहु, ओभरू, सु