निर्णय नं. १७९७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२३ २२२३ निर्णय नं. १७९७ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १०७३ आदेश भएको मिति : २०४०।१०।२३ मा निवेदक : जि.झापा काकरभिट्टा गा.पं.वडा नं.३ बस्ने सलमा टुटु सतार्नी विरूद्ध विपक्षी : माननीय भूमिसुधार राज्य मन्त्रीज्यूको निजी सचिवालय भूमिसुधार मन्त्रालय समेत विषय : उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) अनुचित विलम्बको सम्बन्धमा कुनै मनासिव माफिकको कारण रिट निवेदीकाले उल्लेख गर्न समेत नसकेको हुँदा यस्तो अवस्थामा असाधारण अधिकारको प्रयोग गरी रिट निवेदीकाको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछ : २. झापा जिल्ला नकलबन्दा गा.पं.वडा नं.१ हाल काकरभिट्टा गा.पं.वडा नं.३ को कि.नं.१८० को ३–१२–५ कि.नं.१८१ को ०–१–१७ र कि.नं.१८४ को ०–८–० हरिबहादुर कार्कीको नाउँमा दर्ता भएको जग्गा मैले मोहियानीमा कमाएको हुँदा जोताहाको अस्थायी निस्सा प्राप्त गरी बाली बुझाउँदै आएको थिएँ जग्गाधनीको जग्गा हदबन्दीभन्दा बढी भएकोले भूमिसम्बन्धी ऐन, २०२१ अनुसार श्री ५ को सरकारले प्राप्त गरे पनि सो जग्गा मैले कमाई आएको अवस्थामा उक्त जग्गा मध्ये कि.नं.१८० को ३–१२–५ मध्ये उत्तरतर्फबाट २–२–५ जग्गा भूमिसुधार राज्यमन्त्रीज्यूका आदेशानुसार भूमिसुधार कार्यालय झापाको मिति २०३७।२।६ को निर्णय बमोजिम विपक्षी माया गुरूङका नाममा दर्ता गरी प्रमाणपत्र समेत दिएको कुरा ०३९।५।१७ मा नक्कल लिँदा थाहा पाएँ । ३. सो जग्गाको मोही म भएकोले सो जग्गा श्री ५ को सरकारले प्राप्त गरेपछि भूमिसम्बन्धी नियम २३ अनुसार जग्गा प्राप्त गर्न पहिलो प्राथमिकता मैले पाउनुपर्नेमा सो नपाएको र सुनवाईको मौका समेत नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको छ विपक्षी कार्यालयलाई जग्गा दिन आदेश दिन सक्ने अधिकार भूमिसम्बन्धी ऐनले प्रदान गरेको नहुँदा विपक्षी कार्यालयले गरेको मिति २०३७।२।६ का निर्णय अ.बं.३५ नं.बमोजिम बदरभागी छ । त्यस्तो जग्गा वितरण गर्दा कानुन बमोजिमको सूचना प्रकाशित गरी दरखास्त आव्हान गर्ने र मोहीलाई सूचना दिनुपर्नेमा उक्त कार्यहरू पूरा नगरी विपक्षी माया गुरूङलाई मैले कमाएको जग्गा वितरणमा दिँदा भूमिसम्बन्धी ऐनको दफा २३ र भूमिसम्बन्धी नियमको नियम २३ विपरीत कार्य भएको छ । अतः संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी उक्त ०३७।२।६ को निर्णय बदर गरिपाउँ भन्ने व्यहोराको निवेदन रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको २०३९।८।१३ का आदेशानुसार प्राप्त हुनआएको विपक्षीहरूको लिखितजवाफको व्यहोरा निम्न लिखित बमोजिम रहेछ । ५. मोहियानी हक प्राप्त गर्नलाई प्रथमतः नेपाली नागरिक हुनुपर्नेमा मलाई उक्त जग्गा प्राप्त हुँदा सम्म निवेदीका नेपाली नागरिक नहुनुभएको उक्त जग्गा बिक्री वितरणका लागि जिल्ला भूमिसुधार कार्यालय झापाबाट सार्वजनिक रूपमा २०३६।५।३ मा सूचना प्रकाशित भएको र जग्गा भएको पञ्चायतमा ०३६।६।५ मा दर्खात आव्हान गरी वार्ड वार्डमा टाँ