निर्णय नं. १७९८ - हक निखनाई दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९८ - हक निखनाई दर्ता बदर भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२२ २१९८ निर्णय नं. १७९८ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.पु.नं. ३९१ फैसला भएको मिति : २०४०।१०।२२।१ मा पुनरावेदक/वादी : जि.सुनसरी महेन्द्रनगर गा.पं.वार्ड नं.७ बस्ने फिरन धामीसमेत विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने वतहु चौधरी थारू समेत मुद्दा : हक निखनाई दर्ता बदर (१) वादीहरूको समेत अंश लाग्ने जग्गा प्रतिवादीले बिक्री गरेको बदर हुने । (प्रकरण नं. १२) फैसला न्या.हरगोविन्द सिंह प्रधान १. पूर्वाञ्चल क्षे.अ.को ०३८।२।२६।२ को फैसलाउपर पुनरावेदनको अनुमतिपाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष प्रस्तुत मुद्दा पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बाबु रमेशलालका ३ भाइ छोरामा मुख्य दाजु खुसीलाल हुनुभएको र हामीहरूको बेगल बेगल सुत्ने बस्ने भए पनि खानपिन एकै ठाउँमा छ । म वतहु बेगल घरमा बसे पनि अंशबण्डा गरी भिन्न भइसकेको नभई एकै सगोलमा आम्दानी खर्च चलाई आएकोमा विपक्षी दाजु खुसीलालका नाउँको दर्ताको महेन्द्रनगर गा.पं.वार्ड नं.७ को कि.नं.९० को ०–८–१८ मध्ये ०–६–१८ जग्गा रु.५५,००। मा खुसीलालले वतहु थारूलाई ०३१।९।२६ गते राजीनामा पास गरी दिएछन् सो जग्गा ३ भाग लाग्ने हुँदा ३ भागको २ भाग हामीहरूलाई फिर्ता दिलाई दाजुको हकको १ खण्डको थैली रु.१८३३।३३ को ०–२–६ जग्गा हक निखनाई पाउन यसैसाथ थैली धरौटी ल्याएको छु निखनाई २ खण्डको दर्ता बदर गरिपाउँ भन्ने समेत वादी । ३. वादी दावीको जग्गा खुशीलालको नभई साविक मेरा ढाल फाँटको जग्गा खुसीलालले आफ्नो नाउँमा नापी गराएछन् मेरो जग्गा किन आफ्नो नाउँमा नपाएकी भन्दा भूल भएछ फिर्ता दिन्छु भनी राजीनामा फिर्ता दिएको हो वादीहरूको अंश भाग लाग्ने जग्गा मैले राजीनामा गरी लिएको होइन भन्ने समेत व्यहोराको वतहु थारूको प्रतिवादी । ४. विक्री गरेको दावीको जग्गा ३ भागमा वादीहरूको २ भाग वादीलाई फिर्ता गरी दिने र एक भागको हकमा वादीहरूले म्यादभित्र थैली राखेको देखिँदा वादीहरूले निखन्न पाउने र प्रतिवादी वतहुले निखन्न दिनुपर्ने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी वतहु थारूको पुनरावेदन । ६. आफ्ना पालाको आर्जन अंशबण्डाको १९ तथा लेनदेन व्यवहारको १० नं.समेतले आफू खुसी गर्न पाउने हुनाले बेचे किनेको सदरै हुनेमा हाम्रो भाग जग्गा ०–४–१८ जग्गाको दामासाही थैली रु.१८३३।३३ तर्फ कानुनका म्यादभित्र हकदारले राखेको थैली प्रतिवादी वतहु चौधरीले बुझ्न नपर्ने र हकसफा गर्न नपाउने भन्न नमिल्ने हुँदा सो जग्गा ०–२–६ जग्गाको थैली प्रतिवादी वतहु चौधरीले बुझी हकसफा गरी दिनुपर्ने समेत ठहर गर्नुपर्नेमा सो को विपरीत २ भाग जग्गाको बिक्री पनि बदर हुने भनी शुरूले गरेको इन्साफ गल्ती ठहर्छ भन्ने कोशी अञ्चल अदालतको ०३५।४।२३।२ को आदेश । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भनी वतहु धामी समेतको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको ०३६।२।१८ को आदेश । ८. जग्गा बिक्री गर्ने खुसीलाल र पुनरावेदन वादी वतहु धामी समेत एक सगोलको दाजुभाइ भन्ने कुरामा कुनै विवाद देखिन आएन विवादास्पद जग्गा मिति ०३१।९।२६ गते रु.५,५००। मा खुसीलालले वतहु थारूलाई राजीनामा गरी