निर्णय नं. १७९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४१/१०/२७ २२५० निर्णय नं. १७९९ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नम्बर ९६२ आदेश भएको मिति : २०४१।१०।२७।६ मा निवेदक : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने धनमा ग्वार्नी विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) एउटै विवादको विषयलाई लिएर यदि दुवै पटकको निर्णय गर्ने निकाय उही हुन्छ र साविकको निर्णय गैरकानुनी छ भने निरोपण गर्नुपर्ने विवादलाई टुक्र्याउन मिल्दैन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश न्या.हरगोविन्द सिंह प्रधान १. ०३९।५।७ को तत्कालिन भूमिसुधार कार्यालय रौतहटको हाल भूमिसुधार कार्यालय सर्लाहीको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. तथ्य तथा जिकिर यसप्रकार छ : म निवेदीकाको छोरा खखन रायले म निवेदीका आमा र आफ्नो समेत जम्मा दुई परिवार रहेको देखाई हामीसँग रहेको साविक श्रेस्ताको जम्मा जग्गा बिगहा ६२।३.।। बासठ्ठी बिगहा आठ कठ्ठा साडे दुई धुर जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा १३ अनुसार ७ नं.फाँटवारी दाखिला गरेको थियो र प्रत्यर्थी कार्यालयले छोरा खखन रायसँग बयान लिँदा निजले आफ्नो निमित्त २५–४–० पच्चीस बिगहा चार कठ्ठा तथा आमा धनमा अर्थात म निवेदीकाको लागि ६–१६–१८ बिगहा सोर्ह कठ्ठा अठार धुर र घरबारीको लागि ०–४–० चार कठ्ठा जग्गा राख्ने गरी बयान दिएको रहेछ । निवेदकलाई बुझ्दै नबुझी खखनले दिएको बयान अनुसार ६२–३–२।। जग्गा मध्ये छोरा खखनले २५–०–० र मैले ६–१६–१८ जग्गा ०–४–० घरबारीको लागि राख्न पाइने र बाँकी ३०–३–४।। तीस बिगहा तीन कठ्ठा साढे चार धुर जग्गा दफा १४ अनुसार ८ नं.अनुसूची प्रकाशन नै नगरी प्राप्त गर्ने गरी मिति ०२३।५।२२ गते प्रत्यर्थी रौतहट कार्यालयबाट निर्णय भएको रहेछ र तत्पश्चात मिति ०२८।५।६ गते ८ नं.अनुसूची प्रकाशित भएको रहेछ । ३. उक्त कारवाईहरूबाट अवगत भई तत्क्षण म निवेदीकाले न्याय पाउन श्री ५ महाराजाधिराज सरकारको जुनाफमा बिन्तिपत्र चढाएको थिएँ र पछि म निवेदीका समेतका नाममा म्याद काटी बयान लिई निवेदीका समेतलाई अटूट रूपमा तारेखमा राखी कारवाही भएको थियो । म निवेदीकाले छुट्टै एक परिवारको हैसियतले घरबारी समेतको जग्गा गरी पाउनुपर्ने २८–०–० बिगहा जग्गाको माग उचित र कानुनपूर्वक रहेको कुरा तत्कालिन भू.सु.का.रौतहटले मिति ०३१।१०।१७ मा र पछि यो एरिया सर्लाही जिल्लामा पर्नगएको कारणले सर्लाही जिल्ला भू.सु.का.समेतले ०३५।१०।११।५ मा विभागलाई लेखेको पत्रबाट स्वीकार गर्दा गर्दै पनि खखन राय निज खखनको परलोक भए पछि निजको श्रीमती दहौरीको कानुन प्रतिकूलको बयान तथा मिति ०२३।५।२२ को रौतहट भू.सु.का.को निर्णय जसलाई स्वयमले त्रुटिपूर्ण रहेको छलाई मान्यता दिँदै एकपटक प्राप्त गर्ने गरी निर्णय भई ८ नं.अनुसूची समेत प्रकाशित भइसकेकोले पुनः निर्णय गर्न नमिल्ने र धनमाले पाउने जग्गा फाँटवारी उल्लेख भएअनुसार पाएकोले निजबाट बुझी रहन नपर्ने र खखनको स्वास्नी दहौरीले दाखिल विवरण अनुसार निजले राख्न पाउने र छाडेको तपसीलमा लेखिएको सर्भेको जग्गा १६–४–२ हाल प्राप्त गरी नियमानुसार बिक्र