निर्णय नं. १८०० - बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८०० - बाली भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२२ २४१४ निर्णय नं. १८०० ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.पु.नं. ३९८ फैसला भएको मिति : २०४०।१०।२२।१ मा पुनरावेदक/प्रतिवादी : ल.पु.जि.न.पं.वडा नं.१४ बस्ने हिराकाजीको मु.स.गर्ने वेखाराज तण्डुकार विरूद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.१५ नघल टोल बस्ने हिरारत्न शाक्य भिक्षू मुद्दा : बाली (१) बीचमा बाली खाने व्यक्तिको हक भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ (४) क, ले समाप्त गरिसकेको । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल फैसला न्या.हरगोविन्द सिंह प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१।१२ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : नरेन्द्रकुमारीसँग ७ सालमा पास गरी लिई कैलास बद्रीनाथ मूर्तिका गूठी मोहियानी लगतमा दर्ता भएको विपक्षीलाई कमाउन दिएको कबुलीयत अनुसार ०२० सालको बाली बुझाई सकेको सो लिखत पास सम्बन्धी मुद्दा चली सो मैले लिखत बदर गरी फैसला भएको र फेरी जग्गा तेरो मेरो मुद्दा चली सो किनारा नभई २ जनालाई वाली दिन मिल्दैन दुबैजनाले बाली लेउ भन्छ भनी बाली मलाई नदिएको र तेरो मेरो मुद्दाका अन्तिम फैसला भएको १ वर्ष पछि ०२१ सालदेखि २०२५ साल तक वर्ष ५ को कबुलीयत बमोजिम बाली नदिएमा नालेश गर्न आएको छु । जम्मा वर्ष ५ को बाली बिगो रु.६६४।५० र २१ सालको बाली देखिन मेरा हस्तेबाली तिरेको रसिद समेत दिलाई पाउँ भन्ने वादी । ३. नरेन्द्रकुमारीसँग मैले मोही भई अघि देखि कमाई आएको २१ सालको नापीले समेत मलाई मोही लेखाई अस्थायी निस्सा पाएको छु । जग्गावाला मोहीको बीचका मानिसले बाली खान पाउने अधिकार हुँदैन जग्गावालाहरू ठमेलका राणाहरू हुन २१ साल सम्मको बाली तहसिलमा काम गर्ने चौ.भैरजंग शाहलाई बाली बुझाई आएको छु । वादी दावी सबै झुठ्ठा हो अघिदेखि जग्गा कमाई बाली बुझाई रसिद लिएको छु भन्ने प्रतिवादी । ४. भू.सं.ऐन, २०२१ को दफा २५(१) को प्रतिबन्धात्मक वाक्यांशले जग्गावाला र मोहीका बीचमा रही वाली खान पाउने अधिकार समाप्त भइसकेको देखिनाले त्यस्तो बालीमा हक अधिकार नभएको वादीको वाली भराई पाउँ भन्ने दावी नलाग्ने हुँदा खारेज हुने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ६. वादीले जुन जग्गाको बाली दिलाई मेरो हस्तेबाली तिरेको रसिद समेत दिलाई पाउँ भन्ने दावी लिई फिराद गरेको हुन सो जग्गा गूठी अधिनस्थको नदेखिएको जग्गावाला र मोहीका बीचको अन्य व्यक्ति देखिन आएकोले त्यस्तो हक नै नभएको जग्गाको बाली दिलाई पाउँ भनी वादीले गरेको दावा नपुग्ने ठहराई शुरू जिल्ला अदालतले खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने वा.अं.अ.को फैसला । ७. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको निवेदन परी मध्यमाञ्चल क्षेत्रीय अ.को सिंगलबेञ्चबाट ०३४।४।१३।५ मा अनुमति प्राप्त भएको रहेछ । ८. वादीले बालीमा दावी गरेको जग्गा गूठी संस्थानको श्रेस्तामा दर्ता भएको नदेखिएको भनी गूठी संस्थान गूठी लगत जाँच कार्यालयका मिति ०२८।४।१३ का पत्रबाट देखिनाले यो जग्गा गूठी अधिनस्थ भएपछि भूमिसम्बन्धी ऐन, २०२