निर्णय नं. १८०१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८०१ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०३ २२८५ निर्णय नं. १८०१ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.नं. १२०० आदेश भएको मिति : २०४०।१०।३।३ मा निवेदक : का.जि.विशालनगर बस्ने वर्ष ७२ को विष्णुप्रसाद अधिकारी विरूद्ध विपक्षी : मालपोत कार्यालय, काभ्रेपलाञ्चोक विषय : उत्प्रेषण (१) स्कूलको नाममा दर्ता भएको जग्गालाई आफ्नो हकभोगको भए रिट निवेदकले दर्ता बदर गराउन पर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.महेशरामभक्त माथेमा १. नेपालको संधिवानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको ०३९।८।२९ को पर्चा बदर गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. देउपुर ढीड खोला दोभान तल १०० जंजिर खिर्राको बोटदेखि पूर्व रीङने दहदेखि पश्चिम घयरे चौर अवादी खेत खोलाले खाएको बाली कटाई सो वस्ती देखि उत्तर इन्द्रावती नदीदेखि दक्षिण यति ४ किल्ला भित्रको मोही रामबहादुर मल्ल १ ढीड मखोला दोभान तल १०० जंजीर खिर्राको बोट देखि पूर्व रीङने दहदेखि पश्चिम घयरे चौर अवादी खेत खोलाले खाएको बस्ती कटाई सो बस्ती देखि उत्तर इन्द्रावती नदी देखि दक्षिण यति ४ किल्ला मोही रामबहादुर मल्ल १, ज्ञानेश्वर घयरे चौरदेखि पश्चिम कूलाको सिधादेखि अर्थात माथिल्लो कित्ता देखि पूर्व रीङने दहदेखि पश्चिम घयरे चौर अवादी देखि उत्तर इन्द्रावती देखि दक्षिण यति ४ किल्ला भित्रको कित्ता १ को जग्गा ४–३०–१० मध्ये जम्मा ५–८७–१० जग्गाको बहाली काभ्रेपलाञ्चोक मालबाट मेरो दाता रामबहादुरले पाई सो बमोजिम भोग गरी ०१०।१०।९ मा राजीनामा पास गरी मलाई दिएपछि मैले ०११।११।२८।६ र ०११।१२।२५ मा समेत तिरो का.प.मालमा बुझाई भोगचलन गरी आएको उक्त जग्गा नापीमा हुँदा का.प.जि.साविक गौरी विसौना गा.पं.वा.नं.३ को काल महादेवस्थान गा.पं.वा.नं.१ को कि.नं.७३४ र ऐ.ऐ १५७ महादेवस्थान गा.पं.वा.नं.९ को कि.नं.१२५२ समेतको जग्गा नापीमा दर्ता छुट हुनगएकोले मेरो नाउँमा दर्ता गरी ज.ध.प्रमाणपत्र पाउँ भनी पञ्चायतको सिफारिश समेत साथ राखी निवेदन दिएकोमा सो जग्गा दपोट भनी गणेशबहादुरको जाहेरी उजूर पर्दा मेरो दर्ता रोकी दपोट तर्फ कारवाही नचलाउने गरी ०३८।११।३ मा मालपोत विभागबाट निर्णय भएपछि मेरो मुलतवी जगाई कारवाही गर्दा हाल अवादी पाएको भनेको साविक गौरी विसौना गा.पं.वा.नं.३ कि.नं.७३४ को रोपनी ७२०–१–०–१ को जग्गाको साविक लगत बेगर दर्ता गर्न नमिलेकोले हाल छुट दर्ता गर्न नमिल्ने भनी ०३९।८।२९ मा विपक्षी मालपोत कार्यालयले पर्चा गर्दा मालपोत ऐन, २०३४ र जग्गा नाप जाँच ऐन, २०१९ को त्रुटि गरेको छ किनकी जग्गा नाप जाँच ऐन, ०१९ को दफा ७ बमोजिम छुट दर्ता गर्नुपर्ने स्पष्ट छ र सालसालको तिरो धरौट राखेको हुँदा ऐ.ऐनको दफा ६ बमोजिम भोगबाट दर्ता गर्नु पर्ने प्रष्ट छ । सो बमोजिम नगरी छुट दर्तालाई दर्ता गर्न नमिल्ने भन्ने विपक्षी कार्यालयको मिति ०३९।८।२९ को निर्णयबाट मेरो संवैधानिक तथा कानुनी हकमा आघात पुगेकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत विपक्षी कार्यालयको उक्त मितिको पर्चा बदर गरी हनन् भएको हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त ल