निर्णय नं. १८०२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८०२ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/१५ २२७५ निर्णय नं. १८०२ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १४४० आदेश भएको मिति : २०४०।१०।१५।१ मा निवेदक : ल.पु.जि.सैबु गा.पं.वार्ड नं.७ खोकना थलाछे टोल बस्ने धनलाल महर्जन समेत विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी जय नारायण मण्डलसमेत मुद्दा : उत्प्रेषण (१) स्थानीय पञ्चायतले गर्दै नगरेको निर्णयलाई गरेको छ भनी प्रधानपञ्चले छुट्टै निर्णय गरेकोलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री वालकृष्ण श्रेष्ठ र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.हरिहरलाल राजभण्डारी १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : २. विपक्षी कमलबहादुर जग्गाधनी हुनुभएको ल.पु.जि.सैबू गा.पं.वडा नं.५ (ग) कि.नं.को रोपनी १–११–० जग्गा म बुलालले र ऐ.गा.पं.वार्ड नं.५ (ख) कि.नं.५ को रोपनी १–११–२ जग्गा कित्ता १ ऐ.खोकनी गा.पं.वडा नं.४ (छ) कि.नं.६६ को रोपनी १–७–० जग्गा कित्ता १ समेत २ कित्ता जग्गा म धनलाल महर्जनले मोहीको हैसियतले कमाई आएको हुनाले यो जग्गाहरूमा भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ७ ले हामीहरूको मोहियानी हक प्राप्त छ । ३. त्यस किसिमको हाम्रो कानुनी हक प्राप्त मोहियानी हकका जग्गाहरू हामीबाट झिक्ने नियत लिई विपक्षी जग्गाधनी कमलबहादुरले आफ्नो घरवास छँदा छँदै पनि घर घडेरीको लागि झिक्न पाउँ भनी भूमिप्रशासन शाखा ललितपुरमा निवेदन गर्नुभएकोमा हामीहरूको समेत बयान लिई उक्त भूमिप्रशासन शाखाबाट २०३७।८।१३ मा निर्णय हुँदा जग्गावालाको घरवास गरी बसेको घर पनि भएको र सो जग्गा घर घडेरीको लागि लायक पनि नभएको मोहीहरूले पनि जग्गा छाड्न नचाहेको र गा.पं.को निर्णय भएको पनि नदेखिएकोले मोहीको मञ्जूरी साथ गा.पं.बाट निर्णय भईआएका बखत माग कारवाही हुने हुँदा हाल तामेलीमा राखी दिने भन्ने निर्णय भएको थियो । त्यस्तो निर्णय भएको छँदा छँदै पनि विपक्षी कमलबहादुरले उक्त मोहियानी हकको जग्गाहरू हामीबाट झिक्न बासोबासको निमित्त घर बनाउन आवश्यक परेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१)(ख) अनुसार २५ प्रतिशत क्षतिपूर्ति बुझाई घर बनाउन जग्गा झिक्न पाउँ भनी विपक्षी सैवू गाउँ पञ्चायत कार्यालयमा निवेदन दिई हामीहरूलाई विधिवत बुझ्दै नबुझी ऐन बमोजिम हामीले पाउने जग्गाको प्रचलित मोल विगोको सयकडा २५ प्रतिशत मोहीलाई बुझाई घर बनाउन दिने भन्ने गा.पं.को निर्णय भएको रहेछ । सोही अनुरूप विपक्षी भूमिसुधार कार्यालयबाट सैबू गा.पं.ले गरेको निर्णयलाई नै मान्यता दिई सैवू गा.पं.वार्ड नं.५(ग) कि.नं.५ को जोताहा धनलाल महर्जन र ऐ.कि.नं.३ को मोही बुलाल महर्जन खोकना गा.पं.वार्ड नं.४(छ) कि.नं.६६ को जोताहा धनलालको जोत कट्टा गरी जग्गाधनी निवेदक कमलबहादुर जोत कायम गर्ने भनी २०३८।७।१८।३ मा निर्णय गरिएको छ । ४. सोही विषयमा विपक्षी कमलबहादुरको परेको निवेदनमा गा.पं.बाट निर्णय भईआएका बखत कारवाही हुने भन्ने भूमिप्रशासन शाखाबाट २०३७।८।१३ मा भएको निर्णयको विपरीत हुने गरी सोही विषयमा निवेदन लिई भएका उक्त कारवाही अ.बं.८२ नं.विपरीत छ । हामी छुट्टा छुट्टै गा.पं.क