निर्णय नं. १८०३ - लिखत नामसारी दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८०३ - लिखत नामसारी दर्ता बदर भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०५ २४०७ निर्णय नं. १८०३ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको दे.पु.नं. ३९७ फैसला भएको मिति : २०४०।१०।५।५ मा पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला कुमारी गा.पं.वडा नं.९ ढुंगाना गाउँ बस्ने युवकुमारी न्यौपाने विरूद्ध विपक्षी/वादी : का.जि.जितपुर गा.पं.वार्ड नं.२ जितपुर गैरी गाउँ बस्ने टिका देवी ढकाल्नी मुद्दा : लिखत नामसारी दर्ता बदर (१) नक्साबाट समेत विवादित झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिडन आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या.हरिहरलाल राजभण्डारी १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवदेनमा पुनरावेदको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।९।२४ को आदेशानुसार पुनरावेदनको लगत दर्ता भई पेश हुनआएको मुद्दाको तथ्य निम्न अनुसार छ : २. पूर्व खोल्सो र पाखो पश्चिम खोल्सो उत्तर बाटो दक्षिण पाखो यति ४ किल्ला भित्रको मु.सेते तामाङ जिम्माको काफल स्वारा भन्ने जग्गा र सो जग्गामा बनेको ९।१३ को १ तले कच्ची घर हर्कमान तामाङबाट सुकुमानले रु. ४,०००। मा ०२०।९।१४ मा राजीनामा पारित गरी लिई सो राजीनामाको जग्गा निजले मलाई राजीनामा पास गरी दिनुभएको २२ सलको बाली राजीनामाबाट मेरो हक भएको नु.मालमा दर्ता भएको घरबारी पाखा जग्गा सिमसार खेत बनाई भोगी आएको सो जग्गाको ४ किल्ला समेत परिवर्तन नगरी सोही जग्गा मध्ये ०३०।१२।१६ मा रु.२,०००। मा युवकुमारीलाई राजीनामा गरी दिई लिई दुषित दर्ता गराएको हुँदा दर्ता राजीनामा नामसारी लिखत समेत बदर गरिपाउँ भन्ने समेत फिराद । ३. पूर्व चिलाउनेको बोट पश्चिम खोल्सो उत्तर दक्षिण तेर्सो बाटो यति ४ किल्ला भित्रको काफले खेत मेरो खसम सुकुमानका नाममा ०२४ सालमा दर्ता भएको १५ मध्ये ७–१० मेरा नाउँमा नामसारी गरी रु.२,००० मा ०३०।१२।१६ मा युवकुमारीलाई राजीनामा गरी दिएको हुँ निजले हालसम्म सो घर जग्गामा बसोबास गरी रहेको छ भन्ने माहिली तामाङनी र सुकुमानको श्रीमतीबाट ०२४ सालको दर्ता १५ मध्ये खेत ७–१० मैले राजीनामा गरी लिई बसी आएको छु भन्ने समेत युवकुमारीको प्रतिउत्तर । ४. भोग तिरोको सबूतको अभावमा दर्ताको आधारले मात्र सुकुमान समेतको हक कायम नहुने अवस्था भई राजीनामाबाट वादीको हक पुग्ने त्यस्तो वादीको हकको जग्गाको नामसारी गर्ने हक वादीलाई मात्र भएकोमा हक नपुग्ने माहिलीले गराएको नामसारी दर्ता बदर हुने ठहर्छ भन्ने समेत रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०३२।३।२० को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी युवकुमारीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. युवकुमारीले माहिलीबाट ०३०।१२।१६ को राजीनामाले समेत युवकुमारीको दर्ता कायम हुने ठहर्छ । शुरूको इन्साफ मिलेको देखिएन भन्ने समेत बागमती अञ्चल अदालतको ०३४।३।८ को फैसला । ७. पुनरावेदको अनुमति पाउँ भन्ने वादीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३६।२।२४ को आदेश । ८. बागमती अञ्चल