निर्णय नं. १८०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/१६ २०९२ निर्णय नं. १८०५ ने.का.प. २०४० अङ्क ११ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. ४७ आदेश भएको मिति : २०४०।११।१६।३ मा निवेदक : झापा जिल्ला अनारमनी गा.पं.वडा नं.७ अनारमनी बस्ने मनरथ पाठक विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी श्री माधवप्रसाद शर्मा भूमिसुधार कार्यालय झापासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अरूको हक कायम भइसकेको तथ्य निवेदनमा नखुलाएको र अन्य कुनै किसिमको हक देखाई सो स्थापित गराई पाउँ भन्ने निवेदन जिकिर समेत नरहेको अवस्थाको प्रस्तुत निवेदनमा हक प्रचलन गराई दिने प्रश्नै नउठ्ने । (प्रकरण नं. १३) निवदेकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना तथा विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार आदेश प्र.न्या.नयनबहादुर खत्री १. श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम डिभिजनबेञ्चबाट मिति ०३८।१०।११।१ मा भएको उपरोक्त मुद्दा दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई फुलबेञ्चको लगतमा दर्ता भएर निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छन्: २. तथ्य : भरतबाबु प्रसाई समेतको श्री ५ को सरकारद्वारा ०१८ तिर जफत भएको श्री ५ को सरकारको स्वामित्वमा रहेको मोही समेत नलागेको जग्गा मध्येबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २१(क) तथा नियम २३ बमोजिम बिक्री वितरण हुँदा झापा जिल्ला गरामनी गा.पं.वडा नं.९(क) को कि.नं.१७५, १७६, १८५ र १८९ समेतको जम्मा जग्गा बिगहा ३–०–१० मिति ०३१।११।२५ का निर्णय बमोजिम मैले पाई तोकिए बमोजिमको मोल समेत चुक्ता गरी साल सालको तिरो तिरी म आफैंले जोत कमोद गरी भोगी आएको मेरो अचल सम्पत्ति हो । उक्त जग्गा मध्ये कि.नं.१७५ विगाह २–१–० को जग्गाधनी श्री ५ को सरकार मोही मेरो आमा टिकासरी र कि.नं.१७६ को जग्गा कठ्ठा ०–१५–० का हकमा जग्गाधनी श्री ५ को सरकार मोही वेचन मुसहर भएकोमा निज २०२७ सालमा जग्गा छोडी अन्यत्र हिडी सकेकोले आफ्नो मोहियानी र वेचन मुसहरको मोहियानी समेत हामी आमा छोराले कमाई आएकोमा आमा पनि ०३० सालमा परलोक भई मेरै हक हुनआएको सो जग्गा बिक्री वितरणमा प्र.मनरथ पाठकले पाएकोले सो जग्गाको बाली ०३० सालदेखि बुझाई भर्पाई समेत लिएकोले आमाको मोहियानी मेरो नाममा नामसारी गरी र बेचन पाउँ भन्ने मुसहरको नामको मोहियानी लगत कट्टा गरी सो जग्गा पनि मेरो नाममा कायम गरिपाउँ भन्ने विपक्ष पवनले भू.सु.कार्यालयमा मेरो नाममा नालिस दायर गरेको थियो । उक्त मुद्दामा विपक्षी मोही हैनन् जग्गा मैले नै कमाई आएको छु । रसिद समेत मैले गरी दिएको भनाई झुठ्ठा हो बेचन मुसहरको नामबाट नामसारी गरिपाउँ भन्ने समेतको वादी लाग्न नसक्ने भन्ने समेतको मैले प्रतिउत्तर दिएकोमा वादीले दावा गरेको कित्ता वादीले जोतेको छैन भनी प्रतिवादीले प्रतिवाद गरेको देखिन्छ, तर कुनै प्रमाण पेश गरेको छैन । वादीको हकमा ०३६ सालको बाली प्रतिवादीलाई बुझाएको निस्सा र ०३७ सालको धरौटी र गाउँ पञ्चायतले निजैले जोतेको छन् भनी सरजमीन सिफारिश समेत गरी दिएको हुँदा वादी दावी बमोजिमको कि.नं.१७५ को ज.वि.२–१–० नामसारी गरी दिने र कि.नं.१७६ को ज.वि. ०–१५–० मा भू.सु.ऐनको दफा २५(२)