निर्णय नं. १८०७ - गूठी धर्म कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८०७ - गूठी धर्म कायम गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/२६ २४६० निर्णय नं. १८०७ ने.का.प. २०४० अङ्क ११ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.पु.नं. ४६ फैसला भएको मिति : ०४०।११।२६।६ मा निवेदीका/वादी : का.जि.का.न.पं.वडा नं.८ डेरा गरी बस्ने जगतकुमारी राजभण्डारी विरूद्ध विपक्षी/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.५ यंगाल टोल बस्ने रत्नकुमारी राजभण्डारीसमेत मुद्दा : गूठी धर्म कायम गरिपाउँ (१) गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ । (प्रकरण नं. ११) (२) आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ । (प्रकरण नं. ११) निवेदीका वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी प्रतिवादीतर्फबाट : वरिष्ठ अ.श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री केदारचरण राय फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. यस अदालतको डिभिजनबेञ्चबाट मिति ०३८।२।१५।५ मा भएको फैसला उपर निवेदीकाको श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र पर्दा उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मेरो पूर्खाले पशुपति गोकर्णमा शिवालयहरू र ललितपुर मंगलबजार कोत अगाडि त्यहाँ फलेमचा सतल पाटीमा श्री नारायणको मूर्ति स्थापना गरी महेन्द्रनाथको यात्रामा पत्ता छाय गर्ने गूठी समेत राखी जानु भएको, पूर्खाको सन्तानहरूले सो गूठी चलाई आएकोमा गूठी हकमा मुद्दा परी तत्कालिन कान्तिपुर देवानी अदालतबाट १९।९४।११।२० मा गूठीमा बेलकुमारीको ३ भाग र खड्गबहादुरको १ भाग लाग्ने गरी फैसला भएको उक्त पाटी बिग्री १९९० सालको भुकम्पमा भत्की सो समेतले चर्चेको पाताल जग्गा पूर्वतर्फ पश्चिम लम्बाई फिट ५२ उचाई ९ र उत्तर दक्षिण चौडाई फिट १८ उचाई ९ हालसम्म पातालै छ । उक्त पाताल जग्गा मध्ये पूर्व पश्चिम जग्गा १७.७ चौंडाई ६,३ को रु.६,०००। मोलिने धर्म कीर्ति र गूठीमा समेत दर्ता भइरहेको सार्वजनिक सत्तल पाटी भएको पाताल भइराखेको जग्गामा मंगलकृष्ण श्रेष्ठ, धर्मबहादुर र रत्नकुमारीले धर्मलोप गर्ने गरी राजीनामा लिई ल.पु.न.पं.बाट पास पूर्जि गराई घर बनाइसकेकोबाट सतल पाटी जस्तो सार्वजनिक धर्म किर्तिस्थान भन्ने तर्फ कति वास्ता नराखी ल.पु.न.पं.ले नगरपञ्चायत ऐन, २०१९ को दफा १७ को उपदफा (१) को खण्ड (ज.र.य.) को विपरीत कार्य गरेको तथा विपक्षीहरूको उक्त कारवाही मुलुकी ऐन गूठीको महलको २ नं.र ३ नं.को विरूद्ध भएको हुँदा गूठीको महलको १६ नं.अन्तर्गत विपक्षीहरूले बनाइसकेको घर, घर बनाउनेको महलको ४ नं.मुताविक घर भत्काई त्यस ठाउँमा सार्वजनिक सतल पाताल कायम गरी गूठी धर्म कायम गरिपाउँ भन्ने समेत मिति २०३०।६।७।१ को जगतकुमारीको फिराद रहेछ । ३. फिराद दावी झुठ्ठा हो । पाताल र त्यसले चर्चेको लगापात समेत रत्नकुमारीबाट फार्छे गरी लिई मेरो हक हुनआएको उक्त जग्गामा सरजमीन बुझी ल.पु.न.पं.बाट पास पूर्जि गराई घर गरी सकेकोमा यसै सम्बन्धमा यसै जग्गा उपर निरमान नेवार समेतका व्यक्तिको उजूर परी ल.पु.न.पं.बाट घर बनाएतर्फ नक्सा बमोजिम गर्नु भनी न