निर्णय नं. १८०८ - अर्को लिखत गराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८०८ - अर्को लिखत गराई पाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/१९ २१८४ निर्णय नं. १८०८ ने.का.प. २०४० अङ्क ११ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.फु.नं. ५४ फैसला भएको मिति : २०४०।११।१९।६ मा निवेदक/प्रतिवादी : पर्वत जिल्ला पाङ बडहरे गा.पं.वार्ड नं.टार बस्ने खगराज रिजाल विरूद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने सरस्वती जैस्यनी मुद्दा : अर्को लिखत गराई पाउँ (१) लिखित दैवी परेको देखिन आएकोले अर्को लिखत गरी दिनपर्ने ठहर्‍याएको इन्साफ मनासिव छ । (प्रकरण नं. १६) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३८।७।३।२ मा भएको फैसला दोहर्‍याई पाउँ भन्ने निवेदन प्रतिवादी खगराज रिजालले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपयुक्त मुद्दा दोहर्‍याई दिनु भनी हु.प्र.बक्स भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ। २. मिति २०२५।५।२९ गते भाइ खगराज, दयानिधि आसामी भई रु.११,०००। को भाखा पत्रको तमसुक लेखी दिएका मैले राजीनामा पारित गरी दिएको रूपैयाँ देउ भन्दा टारवार गर्न थाले । तमसुक मामालाई देखाउँछु भनी झोलामा राखी ०३३।६।१ मा दमुखोला तर्न लाग्दा खोलाको माझमा पुग्नासाथ भेल आई मलाई पल्टाई कागज सहितको झोला र छाता समेत बगाई दियो चण्डीप्रसाद खगराजले मलाई पाखा निकाली दिनुभयो । लेनदेन व्यवहारको १ नं.बमोजिम दर्खास्त दिई ०३३।६।१५ गतेसम्म अर्को तमसुक गरी देउ भनी भन्दा नदिएकोले अर्को लिखत गराई पाउँ भन्ने समेत फिरादपत्र । ३. माल अड्डामा गएका बखत माल अड्डामा माल अड्डाको हाकिम समक्ष सबै रूपैयाँ बुझी लिइसकेकी छु । राजीनामा पारित भएको हो रु.११,०००। दिन बाँकी होइन । रु.११,०००। दिनबाँकी भनी दसौंद ब्याजसमेत कवोल गरी तमसुक लेखी दिएको होइन । वादी दावी झुठ्ठा हो अर्को लिखत गरी दिनुपर्ने होइन भन्ने समेत खगराजको प्रतिवादी । ४. दाजु र मेरो गोश्वारा व्यवहार हुँदा एकै पटक दिउँला भन्दा भन्दै यो झुठ्ठा फिराद दिएकी हुन् भन्ने समेत दयानिधिको प्रतिउत्तर । ५. वादीलाई प्रतिवादीहरूले रु.११,०००। को कपाली तमसुक हरिदत्तका हस्ताबाट लेखी फट्के साक्षी बसेको छु लिखत गर्नुपर्ने हो अरू कुरा थाहा छैन भन्ने समेत प्रेमराज वैरागीको बयान । ६. तमसुकमा बसेको भन्ने दयानिधिका नाउँमा रजिष्ट्रेशन पारित हुन नसकेको र साक्षी बस्ने प्रेमदास बैरागीले लिखत भएको खास सबूत नदिएका हुँदा लिखत भएको पक्का प्रमाण वादीले पुर्‍याउन सकेको नदेखिँदा र दैवी परेकोलाई बुझिएका वादीका देखि जान्ने साक्षीले नै प्रष्ट रूपमा इन्कार गरेको देखिँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत ०३४।५।२६ को पर्वत जि.अ.को फैसला। ७. उक्त फैसलामा चित्त बुझेन भन्ने सरस्वती जैस्यानीको पुनरावेदन । ८. खगराजले वादीका हकको जग्गा रु.१२,०००। मा राजीनामा पारित गरी दिएको हो भन्ने तर्फ दुबै थरीको मुख मिलेको र वादीलाई ११,०००। को लिखत गरी दिएको हुँदा अर्को लिखत गरी दिनुपर्ने हो भनी खगराजका सहोदर भाइ दयानिधी लाचार भएको समेतबाट प्रतिवादीको वादीका फिराद बमोजिम रु.११,०००। को अर्को लिखत गरी दिनुपर्ने ठहर्छ भन्ने