निर्णय नं. १८०९ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८०९ - जवरजस्ती करणी भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०५ ३१९४ निर्णय नं. १८०९ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३९ सालको फौ.पु.नं. ३२३ फैसला भएको मिति : २०४०।११।५।६ मा पुनरावेदक/प्रतिवादी : जि.रूपन्देही बलरामपुर गा.पं.वा.नं.६ भमदेह बस्ने बृजा लोध विरूद्ध विपक्षी/वादी : सन्तिरा लोधिन समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : जवरजस्ती करणी (१) करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले सफाई दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह फैसला प्र.न्या.नयनबहादुर खत्री १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मिति ०३४।१२।३ का दिन अन्दाजी १० बजे गाउँको दक्षिणतर्फ घाँस काटी रहेकोमा बृजा लोधले सन्तिरालाई र रामबृक्षले फुलवालाई बलजफती समाई अडहर घारीमा लगी भुईमा पल्टाई जवरजस्ती करणी गरेकोले आ–आफ्ना घर आई घरमा भनी दरखास्त दिन आएका छौं कानुनबमोजिम कारवाई गरी सजाय समेत गरिपाउँ भन्ने समेत जाहेरी दरखास्त । ३. २०३४।१२।३ गते अं.११ बजे विक्रम लोध समेतले भन्दा बृजलोधले सन्तिरालाई र रामबृक्षले फुलवालाई जवरजस्ती करणी गरेको भन्ने थाहापाएको र के परिबन्धबाट जवरजस्ती करणी गरेको भन्ने कुरा करणी गर्दाको अवस्थामा देख्न नपाएकोले भन्न सक्दैनौ निजहरूले करणी गरेको शंका लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ४. सन्तिरा लोधिनले र फुलवा लोधिनको यौन जाँच गर्दा योनीको पर्दा च्यातिएको देखिएकोले जवरजस्ती करणी गरेको बुझिएको भन्ने समेत लुम्बिनी अञ्चल अस्पतालको पत्र । ५. प्रतिवादीहरूलाई खोज तलास गर्दा फेला नपारेकोले निजहरूलाई अदालतबाटै कानुनबमोजिम झिकाई मुलुकी ऐन, जवरजस्ती करणीको महलको ३ नं.अनुसार सजाय हुन र ऐ.को १० नं.बमोजिम जाहेरवालाहरूलाई दिलाई भराई दिन समेत माग गरिएको छ भन्ने प्रहरी प्रतिवेदन । ६. २०३४।१२।३ का दिन १० बजे म आफ्नै घरमा छु फुलवालाई जवरजस्ती करणी गरेको होइन जाहेरवालीको बाबु र मेरो बाबु बीच अघि देखि जग्गा सम्बन्धमा झगडा चलेको इवीबाट जाहेरी दिएको हो, सरजमीनले किन शंका गरे थाहा छैन झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेत रामवृक्ष लोधको बयान । ७. ०३४।१२।३ का दिन १० बजे म मेरै घरमा थिएँ मैले सन्तिरालाई जवरजस्ती करणी गरेको हैन मेरो बाबु र जाहेरवालीको बाबु बीच जग्गा सम्बन्धमा अघि देखि झगडा थियो सो इविबाट यस्तो दरखास्त दिएको हो भन्ने समेत बृजलोधको बयान । ८. जाहेरवालीहरूको भनाईको अतिरिक्त प्रतिवादीहरूले कसूर गरेको भन्ने तथ्य सबूत प्राप्त भएको देखिन आएन, यस स्थितिमा प्रतिवादीहरूले कसूर गरेको ठहराउन न्यायसंगत हुने देखिएन तसर्थ प्रतिवादीहरूले जवरजस्ती करणीको अपराध गरेको भन्ने प्रहरी प्रतिवेदन अभियोग पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरू रूपन्देही जिल्ला अदालतको फैसला । ९. प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने श्री ५ को सरकारको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । १०. प्र.बृजलोधको उमेर २५ वर्ष र रामबृक्षको २० वर्ष भनी जाहेरी दरखास्तमा उल्लेख गरेको र निजहरूले अदालतमा बयान गरे