निर्णय नं. १८१० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८१० - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/१२ २२९९ निर्णय नं. १८१० ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. ३७२ सम्वत् २०३९ सालको फौ.सा.नं. ६९ फैसला भएको मिति : २०४०।११।१२।६ मा पुनरावेदक/वादी : प्रहरी पदमकुमारको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : बाँके भगवानपुर गा.पं.वडा नं.४ बस्ने मुन्ना अहिर समेत मुद्दा : कर्तव्य ज्यान (१) कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्याएको भन्ने कुरा देखिन आउँदैन । (प्रकरण नं. २२) फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३९।२।१० गतेको फैसला मिलेको नहुँदा प्र.मुन्ना अहिरको हकमा उक्त फैसला बदर गरिपाउँ भन्ने श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक जाँचको लागि प्राप्त हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. भगवानपुर गा.पं.वार्ड नं.४ दोदरा गाउँमा एउटी आइमाई झुण्डी मरेकी छ भनी काशीराम तिवारी ऐ.गा.पं.का प्रधानपञ्च रामचन्द्र उपप्रधानपञ्च समेत यस थानामा आई मौखिक प्रतिवेदन गरेको थानाबाट मलाई खटाई पठाएकोमा घटनास्थलमा पुगी हेर्दा होली अहिरको जेठी स्वास्नी फूलमती अहिरनी घाँटीमा पासो लगाई खटीयामा मरेकी देखिएकोमा कानुनी कारवाही गरिपाउँ भन्ने प्रहरी पदमकुमारको प्रतिवेदन रहेछ । ३. ससुरा बुहारीको झगडा भएको हो के कारणले झगडा भएको मलाई थाहा छैन लोग्ने र ससुरा फूलमतीसँग झगडा गरी बस्थे सो रात ससुराले मेरो घरबाट निक्लीजा म कहाँ बस्न पर्दैन भन्दै थिए बुहारीले मेरो घर हो हिस्सा छुट्याई देउ म जान्छु भनेकोमा निजको समान तत्कालिन लगाएको हसुली माग्दै थिए बुहारीले नदिने कुरा गर्दै थिइन भोलि बिहान मुन्ना अहिरले मेरो बुहारी झुण्डी मर्यो भनेकोले म गई हेरे फूलमतीको घाँटीमा डोरीले बाँधी फुसको छानोको कोरामा सोही डोरीको अर्को टुप्पा माथि झुण्डी मरेको थाहा पायौं मृतकको घाँटीमा हसुली हेर्दा थिएन कसले कुन समयमा झिक्यो मलाई थाहा छैन भन्ने महावीर अहिरको प्रहरी थाना भगवानपुरमा भएको कागज रहेछ । ४. फूलमति झुण्डी मर्ने रात हामी सबै खटीयामा थियौं गर्मीले गर्दा एकै ठाउँमा बसी कुराकानी गरिरहेका थियौं अं.राति ९ बजे होली अहिरले खाना खान घर जान्छु भनी गएको हामीहरू खाना खाइरहेको हुँदा खलियानमा थिए रात अं.११ बजे होली खानालाई खलियानमा फिर्ता आएको हामी सुती हाल्यौं भोलिपल्ट बिहान उठी आफ्नो काम गर्दा होलीलाई देख्यौं दुबर अहिर जंगलमै रहेको अवस्था होलीको खलिहानमा गई होली सुती रहेको छस् तेरो स्वास्नी घरमा झुण्डी मरेको छ भनेकोले हामीले सुनेको हो केही समय पछि एकजना प्रहरी आई निजलाई साथमा लिई गाउँतर्फ गएको हो भन्ने समेत चिल्लर अहिरले प्रहरीमा गरेको कागज रहेछ । ५. बालकृष्ण जोशीले सो ठाउँमा जाँदा मृतकको सासू परछता अहिरनीले धब्बा खुनवाला लिपी पोती दिएको रहेछ खुनका धब्बा मेट्ने सहित खुर्की प्रहरीले आफ्नो कब्जामा लिएको हाम्रो मञ्जूरी छ भन्ने परछता अहिरनीको कागज रहेछ । ६. २०३७ सालमा बैशाख १५ गते गाउँको उत्तर खलिहानमा मैले अरहर पिटी रहेको त्यहाँ गई फूलमतीले मेरो हिस्सा दे भनी कराई रहेकोमा तिमी अहिले घर जाउ अरहर पिटी गल्ला जम्मा भएपछि गरौला भन्दा नमानी साह्रै ढिपी गरी रहेकीले मलाई रिस उठी