निर्णय नं. १८१४ - डाँका खुन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८१४ - डाँका खुन भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/०९/१५ २३९३ निर्णय नं. १८१४ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.पु.नं. २८८ २०४० को फौ.सा.नं. ७९ फैसला भएको मिति : २०४०।९।१५।६ मा पुनरावेदक/वादी : गोवर्धन कुर्मीको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.रूपन्देही गा.पं.ठर्की वडा नं.१ बस्ने बृक्ष अहिरसमेत मुद्दा : डाँका खुन (१) अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा दोषी कायम गर्न नमिल्ने। (प्रकरण नं. २४) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।३।२ को फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी र साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. ०३५।४।२५ गते राति कटैया गा.पं.वडा नं.९ मर्चवारी बस्ने गोवर्धन कुर्मीको घरमा डाँका परी निजको छोरा बहादुर कुर्मीलाई कर्तव्य गरी मारी डाँकाहरू भागी गएकोले कारवाही गरिपाउँ भन्ने समेतको प्र.हं.बहादुर सिंह घर्ति मगरको प्रतिवेदन । ३. ०३५।४।२५ गते राति मेरो घरमा डाँकाहरू धनमाल लुटी मेरो छोरा बहादुर कुर्मीलाई घोची घर पछाडि फाले छोरा बहादुरले रामहर्ष, सूर्यबली, बृक्ष अहिर, फागु अहिर, प्रभु अहिर, हरिराम अहिर थिए भनी १ घण्टा पछि मरेकाले कारवाही गरिपाउँ भन्ने समेतको गोर्वधनको जाहेरी दरखास्त । ४. घाँटीको दाहिने भाग मुनी कुम देखि माथि माला जस्तो हतियार प्रयोग गरी हानेको अं.१ इन्च लामो ५ इन्च चौडाई उक्त घाउबाट रगत बगेको दाहिने छाती माथि प्वाल पारेको मल मूत्रद्वारबाट मल विज समेत निस्केको अं.२५ वर्षको बहादुर कुर्मीको लासप्रकृति मुचुल्का । ५. फोक्सोमा समेत चोट लागी मृत्यु भएको भन्ने डाक्टरको राय भएको पोष्टमार्टम फाराम । ६. वारदात हुँदाको रात १२ बजेतिर डाँका भयो भन्ने गुहार र बन्दुक फायर भएको आवाज सुनी घरमै बसे भोलिपल्ट डकैती भएको र बहादुर कुर्मीको लास देखे मैले डकैती गरेको र बहादुर कुर्मीलाई मारेको होइन भन्ने समेत फागु कहारले प्रहरीमा गरेको बयान कागज । ७. मृतक दाजु कसको चोटबाट मरे ख्याल गरिन वारदातमा रामहर्ष कोइरी, सूर्यवली अहिर, बृक्ष अहिर, हरेराम अहिर, फागु कहार समेतले मलाई भालाले घोचे भन्दै दाजुको मृत्यु भयो भन्ने समेतको सतनको लेखाई फाशु कुर्मीलाई लाइटको उज्यालोले चिने अरूलाई चिन्न सकिन भन्ने समेतको बुद्ध कुर्मीको लेखाई । मृतकको र सूर्यवलीको १० दिन अघि झगडा भएको थियो मौकामा नदेखेकोले वारदात गरे नगरेको भन्न सक्तैनौ भन्ने विपक्षी समेतको लेखाई, डाँका भइसकेपछि पुगेको र सतन बुद्धले रामहर्ष अहिर, सूर्यवली अहिर, बृक्ष अहिर, प्रभु अहिर, हरेराम अहिर, प्रभु कहारलाई चिनेको हुँ भनेको सुनेका हौं बहादुरको १ घण्टा पछि मृत्यु भयो भन्ने जयदेव गुप्ता समेतको लेखाई भएको सरजमीन मुचुल्का । ८. बहादुर अहिरको मृत्यु कर्तव्यबाट भएको देखिएकोमा यसैको चोटबाट मरेको भन्ने नदेखिएको तर वारदातमा संलग्न देखिका फागु कहार, सूर्यवली अहिर, बृक्ष अहिर, हरेराम अहिर, प्रभु अहिर, रामहर्ष कोइरी समेत उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सजाय भई चोरीको २१ नं.बमोजिम बिगो समेत जाहेरवालालाई भराई पाउँ भन्ने प्रहरी प्रतिवेदन । ९. ०३५।४।२५ गते गाउँकै सदस्य असर्फिको घरमा पालो