निर्णय नं. १८१६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८१६ - ज्यान भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०८ २४८२ निर्णय नं. १८१६ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको फौ.पु.नं. २९५ फौ.पु.नं. १०५ फैसला भएको मिति : २०४०।११।८।२ मा पुनरावेदक/प्रतिवादी : जि.कञ्चनपुर महेन्द्रनगर गा.पं.वडा नं.१३ घर भई हाल कञ्चनपुर कारागारमा बन्दीमा रहेको पदमराज जोशी विरूद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार (जगी सिंह साउदको जाहेरीले) समेत मुद्दा : ज्यान (१) अदालतमा गरेको बयान समेतलाई दृष्टिगत गर्दा मानसिक रूपले असन्तुलित रहेभएको भन्न सकिने अवस्थाको नदेखिँदा आफ्नो श्रीमतीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई सजाय गर्ने गरेको निर्णय मिलेकै देखिने । (प्रकरण नं. १३) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्नप्रकार रहेछ । २. २०३६।४।१७ को दिन ४ बजेको समयमा बहुलाएको अवस्था पदमराज जोशीले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेकोले कानुनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०३६।४।१८ को जंगी सिंह साउदको जाहेरी दरखास्त । ३. २०३६।४।१७ गते मेरी श्रीमती माथि तलामा सुती रहेको अवस्थामा मैले बन्चरोले हानी मारेको हुँ गर्नुपर्ने कारण चाल चलनमा केही शंका हुँदा भन्ने समेत ०३६।४।२० को पदमराज जोशीको प्रहरी बयान । ४. २०३६।४।१८ को घटनास्थलको लास प्रकृति मुचुल्का र ०३६।४।२३ को सरजमीन मुचुल्का। ५. हालसम्म बुझिएका सरजमीन संकलीत सबूत प्रमाणको आधारमा पदमराज जोशीले आफ्नो श्रीमतीलाई बन्चरोले हानी काटी चोटबाट दमयन्तीको मृत्यु भएको पोष्टमार्टम फाराम समेतबाट समर्थित हुन निज पदमराज जोशीले ज्यानसम्बन्धीको १ नं.को कसूर गरेको प्रमाणित हुनआएकोले सोही ऐनको १३(१) बमोजिम सजायको माग दावी गरी घटनास्थलमा भेटिएको बन्चरो समेत पेश गरेका छौ भन्ने समेत ०३६।४।२७ को प्रहरी प्रतिवेदन । ६. ३ साल जति भयो । मनमा आतंक भइरहृयो । यसै महीना हो कञ्चनपुर बस्ने पल्टने भनेको घरमा गई २ दिन पछि फर्के आटाको मानिस बनाई बीचमा राखी महाकालीतर्फ लान लगायो मानिस पोलेको जस्तो दुर्गन्ध आयो पल्टने मेरो घरमा पनि आयो मानिसको टाउको खप्पर छातीको हाड देखायो । राति पल्टनेलाई पनि बन्चरोले हाने त्यसपछि आएन । त्यसपछि झन् कहाँ जाउ के गरू हुन्थ्यो । श्रीमतीले भात पकाई पिताजी संगै खायौं घरको माथिल्लो तलाको दक्षिणतर्फ बरण्डा जस्तो ठाउँमा सुक सागरको किताब पढी रहेको थिएँ श्रीमतीले बच्चालाई दुध ख्वाउन लागेकी थिइन । पढ्दा पढ्दै रिस उठी किताब त्यही फालेर छानामा घुसारेको बन्चरो झिकी उल्टो सुल्टो कताबाट हो पहिले कोखामा हाने र कराए जस्तो लाग्यो र मुखमा अर्को हाने त्यस पछि घाटीमा हाने र मैले मारे अनि खेतबाट पिताजी र गाउँका मानिसहरू आई मलाई बाँधी उजूर गरेका हुन् भन्ने व्यहोराको अवस्थामा श्रीमतीको हत्या गरेको हुँ जो ठहर्छ भन्ने समेत पदमराज जोशीले २०३६।४।२७ मा अदालतमा गरेको बयान । ७. पदमराज जोशी सितोपिरानिया नामक मानसिक रोगबाट पिडीत छ भन्ने कन्चनपुर अस्पतालको पत्र रहेछ । ८. पदमराज जोशी मेरो श्रीमती दमयन्तीदेवीलाई मैले नै हानेको बन्चरोको चोटबाट मरेकोमा अदालतमा साविती भएको । पागल भएको कारणबाट पदमराज जोशीले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेको हो भन्ने पदमराजकै बाबु शिवराज जोशी समेतका मानि