निर्णय नं. १८१८ - दर्ता बदर गरी हक कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८१८ - दर्ता बदर गरी हक कायम गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/१०/१५ २४७९ निर्णय नं. १८१८ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको दे.फु.नं. ५२२ फैसला भएको मिति : २०४०।१०।१५।१ मा पुनरावेदिका/वादी : ल.पु.जि.ल.पु.न.पं.जावलाखेल बस्ने फणिन्द्रनाथको छोरी तारादेवी शर्मा विरूद्ध विपक्षी/प्रतिवादी : शंकरप्रसादको जेठी धर्मपत्नी बर्दिया जि.मनाउ गा.पं. बस्ने इन्दिरादेवी उपाध्यायसमेत मुद्दा : दर्ता बदर गरी हक कायम गरिपाउँ (१) नापी दर्ता गराएकोमा २ वर्ष नाघी दर्ता गरेकोले फिराद दावी खारेज हुने ठहराई गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १७) पुनरावेदीका वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : निवेदक दुमौंदबहादुर निरौला विपक्षी बलबहादुर निरौला क्षेत्री समेत भएको ३६ सालको दे.फु.नं. ३६ को जग्गा दर्ता बदर खिचोला मुद्दामा ०३७।१०।१।४ मा सिद्धान्त प्रतिपादित । फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. लतादेवीबाट रु.८,९९५। मा बर्दिया गोलागौरी मौजाको मोठबन्दी भित्रको ३० बिगहा जग्गा पास गरी मेरा नाउँमा दर्ता भई ७ नं.फाराम समेत भरी ०२१।२३ सालमा नापी हुँदा मनाउ गा.पं.वडा नं.१ को कि.नं.४६, ४७, ४८, ५३, ५६, ६१, ६२, ६३, २० र २१६ बाट स्व.शंकरप्रसाद प्रभादेवी करूणादेवीलाला थारूको नाउँमा र केही ऐलानी जनाई नापी भए गरेकोले म्यादभित्रै भू.प्र.का.मा जग्गा दर्ता गरी ज.ध.द.प्र.पू.पाउँ भनी उजूर गरेकोमा हक बेहक छुट्याई ल्याएका बखत ठहर बमोजिम हुने गरी ०३०।२।३ मा भू.प्र.का.ले पर्चा खडा गरी दिएको मैले खरीद गरी लिई मेरा नाउँमा दर्ता गरी भोग गरी आएको शंकरप्रसाद प्रभादेवी करूणादेवी, लाला थारूका नाउँबाट ऐलानी नापी दर्ता रहेको भएको बदर वातिल गरी सो जग्गा मेरो हक कायम गरी मेरो नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत तारादेवीको फिराद । ३. फिरादमा उल्लिखित जग्गा बिक्री गरी हक छाडी रजिष्ट्रेशन पारित समेत गरी दिएकोबाट वादीले सो जग्गा आफ्नो नाउँमा दर्ता गराई भोगचलन गरी आउनुभएको हाल नापीबाट नापी हुन आएर शंकरप्रसादका नाउँमा दर्ता गरी दिएको सो दर्ता मैले गरे गराएको होइन । अघि बिक्री गर्दा अविवाहिता मेरो छोरी करूणादेवी र दिदी इन्दिरादेवीको छोरी प्रभादेवीको नाम दर्ता भई शंकरप्रसादको हुँदा उहाँले बिक्री व्यवहार गर्नुभएको हो छोरीहरूको विवाह भइसकेकोले छोरीहरूको हकदैया लाग्ने होइन वादी दावीमा उल्लिखित जग्गा तिरोभरो भोगचलन गरेको छैन सो जग्गा वादीको नाउँमा दर्ता भएमा मञ्जूर छ भन्ने सावित्रीदेवी उपाध्यायको प्रतिउत्तर । ४. फिरादीले ५ जना उपर दायर गर्नुभएको फिराद अ.बं.७२ नं.प्रतिकूल छ कति कारणले भने ५ जनाका नाउँमा दर्ता कायम भएपछि एउटै फिरादबाट कारवाही गर्न नमिल्ने अ.बं.७२ नं.ले फिराद लाग्न नसक्ने साविक जग्गा ३० बिगहा हाल नापीमा २० बिगहा जति ठहर हुन आएको छ भन्ने उल्लेख छ । अन्दाजकै भरमा लेखेको सिद्ध छ । साविक जग्गा के कति होला कति कायम भयो साविक हाल ४ किल्लाको हो कहिले नापी भयो कुन प्रतिवादीको नाउँ कायम छ कहिले उजूर पर्‍यो नखोलिएको अधुरो फिरादबाट इन्साफ गर्न नमि