निर्णय नं. १८१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८१९ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०१ २५११ निर्णय नं. १८१९ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १२८५ आदेश भएको मिति : २०४०।११।१।२ मा निवेदक : जि.पाल्पा तानसेन न.पं.वडा नं.८।८१ घर भई जि.कास्की पोखरा न.पं.वडा नं.२ भैरबटोल डेरा गरी बस्ने तुलसीप्रसाद श्रेष्ठसमेत विरूद्ध विपक्षी : जिल्ला सभा कास्की जिल्ला, जिल्ला पञ्चायत सचिवालय कास्कीसमेत विषय : उत्प्रेषण (१) विवादको ठेक्का सामान्य किसिमको ठेक्का नभई उद्योग सञ्चालन सम्बन्धी श्री ५ को सरकारको निर्णय र जिल्ला पञ्चायत सचिवालयको पत्रद्वारा प्राप्त गरेको ढुंगाखानीमा खास कानुनी प्रमाणिक आधार बेगर काम रोक्का गर्ने गरी निवेदकलाई जिल्ला पञ्चायत सचिवालयले दिएको पत्र तथा सो सम्बन्धित सम्पूर्ण काम कारवाही, निर्णयहरू गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री कुसुम श्रेष्ठ र श्री मुकुन्द रेग्मी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. विपक्षीहरूको काम कारवाही निर्णय सूचनाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकहरूलाई नै खानी सञ्चालन गर्न दिनु भन्ने आदेश गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिटनिवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्त यसप्रकार छ : २. जौवारी ढुंगाखानीको ठेक्का सम्बन्धमा आजको बैठकमा छलफल गरी विचार गर्दा ठे.मीनबहादुर वडगामी र तुल्सीप्रसाद श्रेष्ठ समेतले जि.पं.को शर्तको पालना नगरी साविक ठेक्काको आधारबाट सञ्चालन गर्दै अएको र सिंचाई तथा जल उपयोग आयोजना पोखराबाट समेत बाँध संरक्षणको लागि ढुंगाखानी रोक्न लेखी आएको र सो खानी सञ्चालनबाट यातायातमा समेत ज्यादै बाधा परेको गाउँ पञ्चायतहरूबाट र जनगुनासो व्यापक रूपमा आएकोले अर्को व्यवस्था नभएसम्म हाल उक्त खानी रोक्का गर्ने निर्णय गरियो भन्ने जिल्ला पञ्चायत कास्कीको निर्णय नं. ५ को ०३९।४।२५ गते बसेको बैठकको निर्णय । ३. हामीले ०३४।१।२२ मा जि.पं.सचिवालयबाट ०३८ चैत्र मसान्त तकको लागि कास्की जिल्ला अन्तर्गत खरिकोट गाउँ पञ्चायतभित्र पर्ने, पूर्व मूलबाटो र पर्खालको साँध पश्चिम नाम नजानेको बाहुनको विर्ता जग्गा र ग्वार जाति जाने मूलबाटो साथै उत्तर हमजा अन्तर्गत सिरानको घट्ट साँध दक्षिण कुस्तेरा भन्ने इन्द्रमान शेरचनको जग्गा साँध यति ४ किल्ला भित्रको कुन्तेरा देखि जौवारी र ढुकुरे गौंडा सीरानको घट्ट देखि १०० गज माथिको जग्गा ढुकुरे गौंडा ढुंगाखानी भामरी तल्लाले मेरा र जौवारी ढुंगाखानी २ ग्वार जातिको ढुंगाखानी १ र सोही पासमा भइरहेको खानी नखुलेको मेतैरा जौवारी खानी समेत चारै खानीमा ढुंगा निकाल्नको लागि अनुमति पाएको र लाखौं रु.खर्च गरी बाटो बनाई खानी सञ्चालन गरी आएको सो सम्बन्धमा खरिकोट गा.पं.को सिफारिश अनुसार १० वर्षको लागि ढुंगाखानी सञ्चालन गर्न दिने गरी ०३७।४।२० मा श्री ५ को सरकारबाट निर्णय भएको । सो बमोजिम गर्न नदिएबाट ०३८।११।१७ मा उक्त निर्णयानुसार नै उक्त १० वर्षका निमित्त सञ्चालन गर्न दिने भन्ने निर्णय भई श्री ५ को सरकारको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको ०३९।१।१७ को पत्रद्वारा श्री ५ को सरकारको मिति ०३७।४।२० को निर्णय अनुसार गर्न गराउन हुन मिति ०३९।१।१७ को निर्णयानुसार अनुरोध गरिन्छ भनी ले