निर्णय नं. १८२१ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८२१ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/२२ २३४७ निर्णय नं. १८२१ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ८०५ आदेश भएको मिति : २०४०।११।२२।२ मा निवेदक : जि.भक्तपुर ऐ.नगरपञ्चायत वा.नं.१० यालाछे व्यासी बस्ने तिर्थबहादुर सुवाल विरूद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत विषय : परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विवादको लिखत अंशबण्डाको लिखत नभई रिट निवेदकले सोही सम्बन्धमा छोडपत्रको कागज गरी मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.अनुसार पारित समेत गरेको देखिएकोले अंशबण्डाको ३२ नं.को अवस्था नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराजसिंह मल्ल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.बब्बरप्रसाद सिंह १. विपक्षी म.क्षे.अ.को ०३९।३।१० को आदेश उत्प्रेषणको ओदशद्वारा बदर गरी हनन् भएको हक प्रचलन गरिपाउँ भनी नेपालको संविधानको धारा ६१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. दाजु गोपाल उपर अंशमा दावी गरेकोमा अंश पाउने ठहर्याई बागमती अञ्चल अदालतबाट भएको फैसला अन्तिम भई सो अनुसार बण्डा छुट्याउन भ.जि.अ.त.मा दरखास्त दिई तारेखमा रहेकोमा हाल मुलतवी छ । विपक्षी गोपालले अंश मुद्दाको फैसला छुट्याउने गरी बढी जग्गा आफूले राखी घटी जग्गा मलाई दिई ०३३।१२।१४ मा छोडपत्र पारित गरी दिएको अंशबण्डाको ३२ नं.को प्रतिकूल छ । जग्गा र घर दुबैको छोडपत्र बदर गराउन मैले फिराद गरेकोमा वादी दावी नपुग्ने ठहर्याएको शुरू भक्तपुर जि.अ.को इन्साफ सदर गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन दिएकोमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (३) को अवस्था विद्यमान भएको नदेखिएकोले पुनरावेदनको अनुमति मिल्दैन भनी म.क्षे.अ.सिंगलबेञ्चको आदेश अंशबण्डाको ३२ नं.को र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को विपरीत छ किनभने अंश मुद्दाको फैसलाबाट नै सारा सम्पत्ति बण्डा रही बण्डा गर्नपर्ने देखिएपछि केही अघि नै बण्डा भोग भएको भन्ने अन्तिम फैसला विपरीत फैसला छुट्याउने असत्य तथ्यको आधारमा भएको छोडपत्रलाई कानुनी मान्यता दिई फैसला गरेको कानुनी त्रुटिपूर्ण न्यायिक मनको अभावबाट अञ्चल अदालतले अधिकारक्षेत्रको र कानुनको व्याख्या सम्बन्धी प्रत्यक्षतः विवादरहित त्रुटि गरेको फैसलालाई समर्थन गरी न्यायिक मनको प्रयोग नगरी आफैंले कानुनको त्रुटिपूर्ण व्याख्या गरी पुनरावेदनको अनुमति दिइएको छ । तसर्थ मेरो अंशबण्डाको ३२ नं.र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) ले प्रदत्त कानुनी हक र संविधानको धारा १० अन्तर्गत प्रदत्त मेरो समानताको हक समेत हनन् भएकोले त्यस्तो त्रुटिपूर्ण आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिंगलबेञ्चको आदेशानुसार पेश भएको लिखितजवाफहरू यसप्रकार रहेछन् । ४. पुनरावेदन गर्ने अनुमतिको आदेश दिन उपरोक्त सिंगलबेञ्चको आदेशमा उल्लेख भएअनुसार न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान नभएको कारणबाट अनुमतिको आदेश नभएकोले यस अदालत समेत उपर दिएको रिट निवेदन खार