निर्णय नं. १८२३ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८२३ - लिखत दर्ता बदर भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०८ २५१९ निर्णय नं. १८२३ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको दे.पु.नं. ४२ फैसला भएको मिति : २०४०।११।८।१ मा पुनरावेदक/वादी : जि.वारा लक्ष्मीमियाँ गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने अजिज मियाँ अन्सारीसमेत मुद्दा : लिखत दर्ता बदर (१) बैनाको कागजमा परेको साक्षीलाई वादीबाट स्वीकारै भएकोले जग्गा बिक्री गर्न वादीको मञ्जूरी थिएन भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३८।८।५ मा भएको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. दाजु अजिज उपर मैले अंश मुद्दा दिएकोमा ०३०।३।७ गते सम्मको तायदाती लिई ०३३।११।१९ मा मैले अंश पाउने ठहराई फैसला भएकोमा निज दाजुले आफ्नी श्रीमती सायराका नाउँ दर्ताको जग्गा बिगहा १–९–० मुद्दा चलिरहेकै अवस्थामा विपक्षी सिउचरणलाई मिति ०३०।११।२० मा रजिष्ट्रेशन पास गरी दिएको पैतृक सम्पत्ति हुँदा मेरो आधी अंश लाग्ने भएकोले सम्पूर्ण लिखत र दर्ता बदर गरी आधी जग्गा मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने समेतको वादीको फिरादपत्र । ३. वादीले आफ्नो फिरादपत्रमा लेनदेनको ४० नं.को आधार लिएको मिल्दो छैन । मेरो लिखत पारित भएको ४ वर्षपछि फिराद दायर गरेको हदम्याद गुजारी दायर गरेको भएबाट फिराद खारेज हुनुपर्ने । मेरो लिखतको जग्गा सायराको दाइजोबाट खरीद गरेको हुँदा कसैको हक नलाग्ने हुँदा बिक्री गरेको हो । वादी दावीको जग्गाको प्र.अजिजले रु.१००। मिति ०३०।११।५।७ मा बैना लिई वादी समेत साक्षी बसेकोले हदम्याद गुज्री सकेको हुँदा फिराद खारेज हुनपर्छ भन्ने समेतको सिउचरणको प्रतिउत्तरपत्र । ४. सायराको दाइजोको रूपैयाँबाट मिति ०२०।९।१२ मा खरीद गरेको जग्गा मध्ये १–९–० वादीलाई साक्षी राखी बिक्री गरेको हुँदा दावी नलाग्ने । अंश मुद्दाको वादी रोजिया अन्सारीले सो जग्गा मध्ये १–१८–० बिगहा मिति ०३०।३।२२ मा सायराबाट खरीद गरी दर्ता गराई भोग गरी निज मरेपछि वादीले भोग गर्नुभएको छ झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने समेतको सायरा र आफ्ना हकमा समेत अजिज मियाँको संयुक्त प्रतिउत्तरपत्र । ५. बैनाको भर्पाई अ.बं.७८ नं.बमोजिम सनाखत गराउँदा समर्थन गरी दिनुभएको बयान र सक्कल भर्पाई यिनै वादी प्रतिवादी भएको मिति ०३४।८।२६ मा नालेश परी दे.नं.१०७७ मा दायर भएको मिसिल सामेल भएबाट दर्ता बदर गरिपाउँ भन्ने समेत वादीको दावी पुग्न नसक्ने भन्ने समेत बारा जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको अजिज मियाँको नारायणी अञ्चल अदालतमा पुनरावेदन परेको रहेछ । ७. वादी दावीको जग्गामा वादीको आधी हक लाग्नेमा भाउजूको नामबाट बिक्री गरेको लिखत र दर्ता समेत वादीले बदर गरी पाउने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको फैसला । ८. उक्त नारायणी अञ्चल अदालतको फैसलामा प्रत्यक्ष कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी सायरा अन्सारीको हकमा वारेस भई आफ्ना हकमा समेत अजिज मियाँको मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परी अनुमति परी प्राप्त भएको । ९. पुनरावेदीका सायरा अन्सारीले शिउचरण महतोलाई ०३०।११।२० मा र