निर्णय नं. १८२४ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८२४ - लिखत दर्ता बदर भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०८ २४८१ निर्णय नं. १८२४ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको दे.पु.नं. ४२५ फैसला भएको मिति : २०४०।११।८।३ मा पुनरावेदक/वादी : जि.बारा लक्ष्मीनिया गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने अजिज मियाँ अन्सारीसमेत मुद्दा : लिखत दर्ता बदर (१) मुद्दाको अन्तिम निर्णय भएको मितिले ऐनको हदम्यादभित्र वादीको नालेश पारेको हुँदा म्याद नाघेको भन्न मिल्दैन । (प्रकरण नं. १२) पुनरावदेक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान सिंह फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।५ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्ष अजिज मियाँ उपर मैले अंश मुद्दा दिएकोमा मुद्दा परेको अघिल्लो दिन ०३०।३।७ गते सम्मको तायदाती लिई ०३३।११।१९ गतेका दिन आधी अंश म वादीले पाउने गरी फैसला भएकोमा विपक्षी दाजुले आफ्नी स्वास्नी सायरा अन्सारीको नाउँ दर्ताको हरैया गा.पं.वार्ड नं.६ कि.नं.९९ र कि.नं.१०१ को ३–६–० जग्गा तायदातीमा उल्लेख नगरी दबाएको रहेछ सो विषयमा नालेश गरेको छु । सो जग्गा विपक्ष सायरा र अजिजले मेरो अंश हक मार्नका लागि दाइजोको सम्पत्तिबाट खरीद गरेको लिखत तयार गरेकोमा मेरो दे.नं.५६२।१६८ को दर्ता बदर मुद्दा परी दर्ता बदर हुने गरी ना.अं.अ.समेतबाट ०३४।२।९ मा अन्तिम फैसला भएको छ । विपक्षले सो जग्गा आफूले खान अंश मुद्दा चली नै राखेको अवस्थामा विपक्ष रामसूरत महतोसँग रु.१६,०००। लिई ०३१।४।१५ गते राजीनामा पास गरी दिएकोले सो लिखत बदर गरी रामसुरतका नाउँमा भएको दर्ता बदर गरिपाउँ भन्ने समेतको वादीको फिरादपत्र । ३. लेनदेन व्यवहारको ४० नं.लगाई फिराद गरेको कानुन मिल्दो छैन । यो फिराद लिखत पारित भएको मितिले ३ वर्ष पछि हदम्याद गुजारी पर्नआएको हुँदा खारेज हुनुपर्ने । मैले लिएको जग्गा सायराले दाइजोको रूपैयाँबाट खरीद गरेको हुँदा निजले आफूखुसी गर्न पाउन र वादीकै रोहवरमा मैले खरीद गरी लिएको जग्गाको अजिज र वादी दुवैले बैना लिई शिउचरणको बैनाको कागजमा यो वादी साक्षी बसेकोले म्याद गुज्री सकेपछि फिराद दायर गरेकोले खारेज हुने भन्ने समेतको रामसुरत महतोको प्रतिउत्तरपत्र । ४. वादी दावीको जग्गामा अरू अंशियारको अंश लाग्दैन । सो जग्गा म सायराले २०२०।९।१२ मा राजीनामा गरी लिई तिरो तिरी आएको जग्गा २४–३–१५ मध्येको कि.नं.९९ र कि.नं.१०१ हो सो बिक्री गर्दा विपक्षीलाई साक्षी राखेको छु वादी दावी पुग्न नसक्ने भन्ने समेतको प्र.अजिज र सायराको प्रतिउत्तरपत्र । ५. अंश हक लाग्ने भए अंश मुद्दा चल्दाचल्दै अंश मुद्दाको वादी रोनियाले धनी सायराबाट किन्नुपर्ने थिएन । तसर्थ बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको फैसला । ६. उक्त बारा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने वादी अजिम मियाँको नारायणी अञ्चल अदालतमा पुनरावेदन परेको । ७. अंश मुद्दा परी रहेकै अवस्थामा अंश हक लाग्ने सम्पत्ति सायराले प्र.रामसुरतलाई पास गरी दिएको देखिएकोले यस्तो व्यवहार कानु