निर्णय नं. ८६०७ - जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६०७ - जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता । भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/१२/०३ ४७२९ ने.का.प.२०६८, अङ्क ४, निर्णय नं. ८६०७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव दे.पू.इ.नं. २०६६–DF–००११ आदेश मितिः २०६७।१२।३।५ मुद्दा : जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता । पुनरावेदक वादीः जिल्ला झापा, अर्जुनधारा गा.वि.स. वडा नं. ३ बस्ने टीकाराम डाँगी विरुद्ध प्रत्यर्थी प्रतिवादीः इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ बस्ने स्व. हीरालाल अग्रवाल मरी मु.स. गर्ने र आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने प्रल्हाद राय अग्रवाल शुरु फैसला गर्ने : मा.न्या.श्री विष्णुप्रसाद पौडेल पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री चन्द्रप्रसाद पराजुली मा.न्या.श्री दीपकराज जोशी § २०३७ सालदेखिको अदालती कारवाहीको निरन्तरतामा भएको मालपोत कार्यालयको मिति २०४२।२।३१ को निर्णय बदरसमेतको माग गर्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६, ७ तथा जग्गा मिच्नेको १८ नं. समेतको हदम्याद लगाई फिराद दायर भएको अवस्थामा २०२४ सालमा निवेदन दिएको नै नदेखिएको भन्ने आधारमा हदम्याद नाघी दर्ता भएको भन्न नमिल्ने । (प्रकरण नं.४) § तीन अलग अलग चारकिल्ला देखाई दावी गरेकोमध्ये केही किल्ला मिल्दैमा दावीको चार किल्लाभित्रको सबै जग्गा वादीकै हकको स्रोतभित्रको भई वादीको हकको हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.११) § हकको स्रोतमा विवाद नभएपछि लिखतमध्येको जग्गा नरघटी भएर नपुगेको भन्नु युक्तिसंगत र न्यायपूर्ण हुँदैन । एउटै चारकिल्लाभित्रको एउटै कित्ता पछि सर्वे नापी हुँदा नरबढी भएर हो वा पहिलेको लिखतमा नापी नै नगरी अनुमानको आधारमा उल्लेख गरिएको क्षेत्रफल नापी हुँदा नरघटी भई यति थोरै क्षेत्रफल देखिएको भन्ने अवस्था नहुँदा हकको स्रोतभित्र भिन्नाभिन्नै चार किल्लाभित्र अनेक कित्ताका जग्गाहरू भएकाले समष्टिमा नरघटी भएको भन्न नमिल्ने । (प्रकरण नं.१४) वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ताहरू श्री लोकभक्त राणा र श्री ईन्द्र खरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री श्यामप्रसाद खरेल र श्री हरिप्रसाद उप्रेती अवलम्बित नजीरः सम्बद्ध कानूनः § नाप जाँच ऐन, २०१९ को दफा ८(२) § जग्गा मिच्नेको १८ नं. आदेश न्या.ताहिर अली अन्सारीः यस अदालतको सँयुक्त इजलासमा माननीय न्यायाधीशहरूका बीच राय नमिली सर्वोेच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– तत्काल प्रचलित मधेश माल सवालबमोजिम प्रगन्ना विराटपोखर मौजे फूट अनारमनी अन्तर्गत रत्नबहादुर से उत्तर प्रतिबालु से दक्षिण सीसौ डिल गाडा लिग से पूर्व मौजे चारपानेका केदारजंग से पश्चिम यति ४ किल्लाभित्र पर्ने ज.वि. ३–१२–० जग्गा २०१० सालमा १० नं. फाराम खडा भई हाल आवादी भएको रै.नं. ८२ कि.नं. १३ को १ कित्ता र त्यसै मौजाअन्तर्गत त्यही जग्गाको साँधको सडक से पूर्व निज से पश्चिम, रत्नबहादुर से उत्तरको १–१–० र निज से उत्तर पर्ती से पश्चिम, दहिझोडा वालु से उत्तर वाहुनको अवादी से पूर्वको २–०–० रै.नं. १९० को जग्गा २०१४ सालमा हाल आवादीबाट पाई फिरादीले तिरो गरी भोगिआएको, २०२१ सालमा विरिङ खोलाको वाढी जग्गामा पसी ३ विघाबाहेक धेरै जग