निर्णय नं. १८२६ - हक कायम दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८२६ - हक कायम दर्ता बदर भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/०८ २४३० निर्णय नं. १८२६ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ को दे.पु.नं. ४२६ फैसला भएको मिति : २०४०।११।८।२ मा पुनरावेदक/वादी : जि.बारा लक्ष्मीमियाँ गा.पं.वडा नं.४ बस्ने अजिम मियाँ अन्सारी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ वडा नं.२ बस्ने रामधारी राउत अहिरसमेत मुद्दा : हक कायम दर्ता बदर (१) अंश मुद्दामा तायदातीमा नदेखाई दबाए छपाएकोले जग्गा दपोट ठहर्छ । (प्रकरण नं. ३१) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।५ को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता भई पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षी दाजुका नाउँमा मैले ०३०।३।८ गते अंश मुद्दा दिँदा मिति ०३०।३।७ गते सम्मको तायदाती लिई आधी अंश म वादीले पाउने ठहरी फैसला भएको । म नाबालक हुँदा देखि नै विपक्षीले मेरो अंश मारी एकलौटी खान आफ्ना दर्ताको जग्गामा नियामत मियाँलाई ०१८।४।१३ मा रजिष्ट्रेशन पास गरी सोही जग्गा पुनः आफ्ना श्रीमती सायराका नाउँमा ०२०।९।१२ गते दाइजोको सम्पत्तिबाट खरीद गरेको कुरा उल्लेख गरी भाउजूका नाउँमा जग्गा बिगहा २४–३–१५½ ल्याई पुनः सो सम्पत्ति केही आफ्नो गफमेलको अब्दुल खाँ १ अन्तिनुयाइन १ महाराज पडित १ रामधारी राउत १ शंकर सा तेली १ कबुनिसा १ समेतसँग लेनदेन नगरी राजीनामा लेखी सो जग्गा आफैंले भोग गरी राख्नुभएको छ । केही जग्गा घरसारमै लेखी यस अदालतमा पारितको नालेश गराउँदा दे.नं. १५११, १६२५, १५५२, १७४९, १३०७ मा कारवाही चली लिखत पारित हुने ठहरी फैसला भएको छ र दे.नं. १५१२ मा कारवाही चली खारेज समेत भएको छ । विपक्षी दाजुले दिनुभएको तायदातीमा भाउजू सायराका नाउँको हरैया गा.पं.वा.नं.६ कि.नं.९९ र कि.नं.१०१ को ज.बि. ३–६–० उल्लेख नगरी दपोट गरी पुनः ०३१।४।१५ गते रामसुरत थारूलाई राजीनामा पास गरी दिनुभएको छ । सो जग्गालाई पनि अंश दपोटमा समावेश गरी उक्त दाजुका नाउँको ज.बि. १६–५–१७ चसा रकम बापत रोक्का रहेकोले खरीद बिक्री गरेको सदर हुँदैन । मामा नियामित मियाँलाई ०१८।४।१३ मा ज.बि. १५–८–४ हाल सर्भेबाट कायम भएको ज.बि.१३–४–२ राजीनामा लेखी दिएको र अरूलाई खरीद बिक्री गर्नुभएको फेरवी व्यवहारको दर्ता बदर गर्ने गरी अञ्चल अदालत समेतबाट हदमुनी गरी ०३४।८।९ गते फैसला भएको छ र तपसीलबमोजिम रोक्का रहेको जग्गा खरीद बिक्री बदर भई दाजुकै नाउँमा हुनआएको छ यस बाहेक देहायको पैत्रिक सम्पत्ति बिना कुनै लेनदेन व्यवहार दाइजोको सम्पत्ति हो भनी संज्ञा दिई सगोलको भाउजूका नाउँमा राखी दबाउने छपाउने मनसाय लिई अंश मुद्दामा तायदाती दिँदा दबाई उल्लेख गर्नुभएको छैन । दाजुले आफ्नो नाउँमा भएको तपसीलको जग्गा पनि तायदातीमा उल्लेख गर्नुभएको छैन त्यसकारण दबाए छिपाएको रु.४०,५१५ मोल जाने बि. २०–५–३ मेरो एकलौटी हक कायम गरी मेरा नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत वादीको फिरादपत्र । ३. वादी दावीको जग्गा नियामित मियाँलाई मैले राजीनामा लेखेकोमा अंश मार्ने नियतले लेखेको भए वादीले साक्षी बसी सही नगर्नुपर्नेमा साक्षी बस