निर्णय नं. १८२९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८२९ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/१६ २२७० निर्णय नं. १८२९ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. ११५६ आदेश भएको मिति : २०४०।११।१६।३ मा निवेदक : का.जि.का.न.पं.वडा नं.७ चाहविल बस्ने तडिमाया महर्जन विरूद्ध विपक्षी : का.न.पं.वडा नं.७ को वडाअध्यक्ष सानुकाजी शाक्यसमेत विषय : उत्प्रेषण (१) का.न.पं.का वडाअध्यक्षलाई बनेको चर्पी हटाउने अधिकार समेत भएको नदेखिँदा तत्सम्बन्धी कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भक्तबहादुर विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : २. श्री पशुपति अमालकोट कचहरीमा मेरा नाउँमा दर्ता भएको क्रमशः तिरो रु.१।६०।८५ र १।२० लागेको सालसालै भोग तिरो गरी आएको का.न.पं.वडा नं.७ चाबेल कटुबहालको पूर्व मूल सडक पश्चिम इन्द्रबहादुर उत्तर कुमारबहादुर भट्टको परखाल दक्षिण विरेन्द्र पुस्तकालय यति ४ किल्ला भित्रको ३ खला जग्गामा सडक मोहडाको ३ तले ३ नाले पक्की घर २००४ सालमा र सेफ्टी ट्याड्ढी चर्पी गोठ २०३२ सालमा बनाई तयार गरी सोही बेला देखि आजसम्म भोग गरी आएको छु । सो बेला उक्त कटुबहाल गा.पं.हुँदा नक्सा पास गर्नपर्ने थिएन । सो मेरो गोठ चर्पीले विरेन्द्र पुस्तकालय समेतलाई कुनै बाधा पनि छैन । २०३४।०३५ सालमा बसेको सो पुस्तकालयले ०३८ सालको अन्तसम्म पनि कुनै कुरा नउठाएबाट कसैको बाधा विरोध नपरेको प्रष्ट छ । यस्तो अवस्थामा विपक्षी वडाअध्यक्ष र पुस्तकालयका अध्यक्षको भनाईमा ०३८ सालको चुनावमा लागेन भनी ०३९।४।१४ र ऐ.१८ गते सो चर्पी र गोठले पुस्तकालयलाई बाधा पर्‍यो हटा भत्का भनी वडाअध्यक्षले पत्र दियो । मेरो आफ्नो जग्गामा बनी भोगी आएको बनाउँदा कसैको बाधा विरोध नभएकोमा भत्का भन्ने कानुनी अधिकार विपक्षी वडाअध्यक्षलाई छैन । मैले सो बमोजिम नभत्काए नहटाएकोले विपक्षी नगर विकास योजना कार्यान्वयन समितिले मेरो गोठ चर्पीलाई पनि जग्गा घुसाई बनाएको तारबार चर्पी गोठ निर्माण कार्य रोक्का गर्नु भनी मिति ०३९।४।३२ मा पत्र पठायो । अर्को कुरा विपक्षी वडाअध्यक्षले मलाई पत्र दिँदा पर्ति वा सार्वजनिक र नक्सा पास बेगर बनायो भनी भन्नसकेको छैन तर नगर विकास कार्यान्वयन समितिको पत्रमा उक्त कुरा उल्लेख छ । तसर्थ सो दुबै पत्र विवादास्पद हुनुको साथै कानुन विपरीत छन् फेरि सो तारबार मैले लगाएको नभई विपक्षी पुस्तकालयले नै लगाएको हो । उक्त जग्गा सार्वजनिक भए बनाउँदाकै अवस्थामा गा.पं.मा कसैको उजूरी बाधा विरोध हुनुपर्दथ्यो । ३. उपरोक्त कारणहरूबाट नगर निर्माण योजना कार्यान्वयन ऐन, २०१९ को दफा ५ मा वर्णित १ र २ को अवस्था भित्र पनि सो मेरो जग्गा घर गोठ चर्पी नपर्ने पहिले नै बनाइसकेको हुँदा विपक्षी समितिलाई पत्र लेख्ने अधिकार पनि छैन । त्यस्तै वडासमितिको सम्पत्ति पनि होइन । मेरो सम्पत्तिको जग्गामा बनेको घर गोठ चर्पी हटा भत्का भन्ने अधिकार नगरपञ्चायत र त्यस अन्तर्गतका वडासमितिलाई कुनै कानुनले दिएको छैन । नगरपञ्चायत ऐन, २०१९ को दफा १७ भित्र पनि मेरो चर्पी गोठ घर पर्दैन भन्ने समेतको रिट निवेदन जिकिर । ४. यसमा के कसो भएको हो ? विपक्षीहरूसँग लिखितजवाफ म