निर्णय नं. १८३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/२२ २३१५ निर्णय नं. १८३० ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १३२९ आदेश भएको मिति : २०४०।११।२२।२ मा निवेदक : जि.बारा बरियापुर गा.पं.वडा नं.२ बस्ने सीताराम शाह कानुसमेत विरूद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीको मृत्युपछि जग्गावालाले मोही रोजिसकेको नदेखिएबाट निवेदकहरूको हक स्थापित भइसकेको देखिँदैन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.पृथ्वीबहादुर सिंह १. भूमिसुधार कार्यालय बाराको मिति ०३९।८।२९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : २. जि.बारा बरियारपुर गा.पं.वार्ड नं.३ कि.नं.४०० को ज.बि.१–१–५ जग्गाको जग्गाधनी बुद्धिविक्रम शाह र मोहीमा हाम्रा पिता बासुदेव साह कानु भई फिल्डबुक कायम भई जग्गाधनी प्रमाण पूर्जा बनेको र सोही अवस्थामा पिता बासुदेवले उक्त कि.नं.४०० को जग्गाधनी बुद्धिविक्रम शाह देखाई भूमिसम्बन्धी ऐन अन्तर्गत मोही लगत अनुसूची १ नं.भरी २ नं.प्रकाशित भई उजूर नभई ४ नं.जो.अ.नि.समेत प्राप्त गर्नुभएको थियो । उक्त बुद्धिविक्रम शाहबाट लिलाम हुँदा सो कि.नं.४०० को जग्गा मध्ये ०–१८–० जग्गा विपक्षी पन्नालालले सकार गर्नु भएछ र बारा जि.अ.को ०३५।२।१६ को पत्रानुसार कि.नं.४०० कित्ताकाट भई कि.नं.४५५ बाट ०–१८–० जग्गा विपक्ष पन्नालालका नाउँमा र बाँकी कि.नं.४५६ कायम भई बुद्धिविक्रमका नाउँमा दर्ता भएअनुसार पिताजीले दुबै जग्गाधनीलाई बाली बुझाई जोतकोड गरी आउनु भएकोमा पिता ०३६।९।७ मा आफ्नो कालगतिले परलोक हुनुभएपछि हामी छोराहरूले जोतकोड गरी विपक्ष पन्नालाल समेतलाई बाली बुझाई आएका थियौं यही २०३९ साल माघको अन्तिममा विपक्ष पन्नालालले बाबुका नाउँको कि.नं.४५५ को मोही लगत कट्टा गराइसकेको छु अब उप्रान्त तिमीहरूले जग्गा जोतकाड गर्न पाउँदैनौं भनेबाट विपक्षी कार्यालयमा गई बुझी ०३९।११।१ मा मिसिलको नक्कल सारी हेर्दा विपक्षले पिता बासुदेवलाई विपक्ष बनाई बुद्धिविक्रम बबरविक्रमले बासुदेवका छोरा सीताराम लछुमनलाई भोगबन्धकी पारित गरी दिएकोमा सगोलका छोराहरूले मोही लेखाउनुभएको रहेछ सोही कि.नं.४०० भएको जग्गा मध्ये ०–१८–० मैले लिलाम सकार गरेको भोगबन्धकी ऋण फछ््र्यौट भए वा नभए पनि विपक्षको मोही नलाग्ने हुँदा लगत कट्टा गरिपाउँ भन्ने ०३९ साल कार्तिकमा निवेदन दिनुभएको रहेछ । विपक्ष अधिकारीज्यूले प्रतिवादी बनाइएको व्यक्तिलाई बुझ्ने काम सम्म पनि नगरी निवेदनमा उल्लिखित जग्गा बासुदेव सा कानूका नाउँमा यस कार्यालयमा भएको १ नं.मोही लगत ३ नं.मोही प्रमाणपत्रबाट मोही नदेखिएको र छोराको नाउँमा भोगबन्धकी र पूर्जा श्रेस्ताबाट बाबुको मोही देखिँदा ज.ध.श्रेस्तापूर्जाको मोही महल समेतमा निवेदनको कित्ताको मोही नाम कट्टा गरी दिन मालपोत कार्यालयका नाउँमा पूर्जि गरी दिनु भन्ने पत्र समेत पठाई प्राकृतिक न्याय सिद्धान्त विपरीत आदेश गर्नु भए उपर अन्य उपचारको बाटो नहुँदा असाधारण अधिकारक्षेत्रको प्रयोग गराई मा