निर्णय नं. १८३१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/०९/२९ २३६१ निर्णय नं. १८३१ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७६५ आदेश भएको मिति : २०४०।९।२९।६ मा निवेदक : जिल्ला झापा गा.पं.सनिसरे वडा नं.६ घर भई ल.पु.जि.कारागार शाखा नखुमा थुनामा रहेको दधिराम उप्रेती विरूद्ध विपक्षी : श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालयद्वारा गठित विशेष अदालत मुकाम मेचीको हाल श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालय विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) एकै कागजको मुद्दा भए पनि नभए पनि सर्वस्व भएपछि सो हुनुभन्दा अघिको कसूरमा जरिवानाको खत नखापिने । (प्रकरण नं. ८) (२) एकै मुद्दा नभई विभिन्न मुद्दाहरूको ठहर फैसला बमोजिम कैद ठेकिएको देखिएको, जरिवाना दाखिल गरिसकेको भन्ने पनि देखिन नआएकोले निवेदकको माग बमोजिम दण्डसजायको १० नं.आकर्षित हुने अवस्था नहुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट अविलम्ब मुक्ति पाउँ भनी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : निवेदकलाई मिति २०३९।१०।९ का मिति देखि थुनामा राखिएको छ । थुनामा राखिँदा खुन (डाँका) ज्यान आदि मुद्दाहरूमा बयान लिइएको थियो। निवेदकको नाममा जानकारी दिइएका र निवेदकले प्राप्त गरेको निस्साको आधारमा मिति २०३९।१०।९ देखि अधिकतम कैद बर्ष १० भुक्तान गर्नुपर्ने भन्ने सम्मको थुनुवा पूर्जि लगायत केही फैसलाको प्रतिलिपि प्राप्त गरेको छु । निवेदकले दण्डसजायको १० नं.बमोजिम कैद बर्ष १० कारागारमा बसी बेरीत गरिसकेको छ । कानुन बमोजिम निवेदकले कुनै प्रकारको कैद भुक्तान गर्न बाँकी छैन । दण्डसजायको १० नं.ले विभिन्न खत बापतका कैद खाप्नुपर्ने भएमा ठुलो सजायको मात्र खत खापिने व्यवस्था गरेको छ । उक्त प्रावधान बमोजिम ठूलो खत बापतको कैद भुक्तान गरेपछि अन्य खत बापत कैद नहुने र नगरिने निश्चित छ । निवेदकलाई लागेको खत मध्ये ठूलो खत बापतको कैद मिति २०२९।१०।९ देखि मिति २०३९।१०।८ सम्ममा कारागारमा बसिसकेको छु। निवेदकले कैद भुक्तान गरी सकेपछि मिति २०३९।१०।८ देखि मध्यावधी गैरकानुनी थुनामा राखिएको छ । निवेदकलाई हालसम्म राखिएको थुना दण्डसजायको १० नं.को प्रतिकूल छ । कैदको लगत दण्डसजायको १० नं.बमोजिम नराखिएकोले नेपालको संविधान, ०१९ को धारा ११(१) मा व्यवस्थित कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको ज्यान वा वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन भन्ने प्रदत्त मौलिक हक अपरहण गरिएको छ । दण्डसजायको १० नं.को प्रतिकूल थुनामा राखिएकोबाट निवेदकको नेपालको संविधान, २०१९ को धारा १०(१) र ११(१) द्वारा प्रत्याभूत गरिएको मौलिक हकबाट ठाडै वञ्चित हुनुपरेकोले गैरकानुनी थुनाबाट मुक्ति पाउन धारा १६ बमोजिम धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट अविलम्ब मुक्ति पाउँ भन्ने समेत निवेदनपत्र । ३. विशेष अदालतमा छिनिएको मुद्दा अनुसार लागेको कैद ठेक्ने काम र ठेकिएको कैद अवधिको उपयुक्तता हेर्ने काम यस मन्त्रालयको नभएको हुनाले निवेदकले यस मन्त्रालयलाई विप