निर्णय नं. १८३४ - परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३४ - परमादेशको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/०९/१८ २२५२ निर्णय नं. १८३४ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. ११५८ आदेश भएको मिति : २०४०।९।१८।२ मा निवेदक : तनहुँ जिल्ला फुर्कोट गा.पं.वडा नं.२ बस्ने फणिन्द्रबहादुर पाण्डे विरूद्ध प्रत्यर्थी : श्री मालपोत कार्यालय तनहुँ दमौलीसमेत विषय : परमादेशको आदेश जारी गरिपाउँ (१) ऐनको रीत नपुगेको कागज रजिष्ट्रेशन गरी दिन परमादेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : २. जिल्ला पञ्चायत ऐन, २०१९ को दफा २२ को अधिनमा जिल्ला पञ्चायत सचिवालय तनहुँको नाममा रहेको विभिन घडेरीहरू बिक्री गर्ने निर्णय भई बिक्री वितरण अख्तियारी जि.पं.सभापतिलाई प्रदान गरिएको थियो जि.पं.सचिवालय तनहुँको निर्णय अनुसार जि.पं.सचिवालय तनहुँ जग्गाधनी भई दर्ता रहेको जिल्ला तनहुँ गा.पं.फराकचौर वडा नं.९(ख) को कि.नं.६३७ को जग्गा क्षेत्रफल ८–१५–२–१ मध्ये ०–२–०–२, –१५–५० कि.नं.५९७ देखि दक्षिणतर्फबाट रैतानी नम्बरी दमौली बजारको घडेरी कित्ता १ को मूल्य रु.७५०। जि.पं.लाई चुक्ता गरी कानुनबमोजिम जि.पं.का.तनहुँसँग कागज लेखी जि.पं.को तर्फबाट निर्णय बमोजिम सभापति उक्त घडेरीको हक हस्तान्तरण गर्ने र निवेदक हक प्राप्त गर्ने गरी प्रत्यर्थी कार्यालयमा रजिष्ट्रेशन गरी माग्न राजीनामाको कागज मिति ०३९।१।३ मा प्रस्तुत गरिएको थियो । उक्त राजीनामा रजिष्ट्रेशन गर्ने सिलसिलामा प्रत्यर्थी कार्यालयमा जि.पं.को तर्फबाट सभापति, निवेदक, सनाखत गर्ने साक्षी समेतको सहिछाप गराई कित्ताकाट गर्ने आदेश भएमुताविक निवेदक र जि.पं.को उपस्थितिमा कित्ताकाटको कार्य समाप्त भएकोथियो । निवेदकले पारित राजीनामाको एकप्रति पाउन मात्र बाँकी थियो । ३. राजीनामाको मूल्य रु.७५०। को पारित दस्तूर सयकडा ५ प्रतिशतले लाग्ने रु.३७।५० बुझी मैले पाउनुपर्ने एकप्रति राजीनामा पाउँ भनी रु.३७।५० संलग्न राखी प्रत्यर्थी कार्यालयमा मिति ०३९।४।४ मा निवेदन गरेको थिएँ । उक्त निवेदनमा प्रत्यर्थीबाट पेश हुनआएको लिखित ऋणीका तर्फबाट जि.का.मा र कार्यालयबाट गराउने सही सनाखतमा ऋणी अनुपस्थित भएकोले पेश हुनआएको लिखतको दस्तूर बुझ्न नपर्ने हुँदा पारित हुन नसकेकोले सम्बन्धित व्यक्तिलाई फिर्ता दिने भन्ने आदेश मिति ०३९।४।४ मा भएछ रजिष्ट्रेशन भएको राजीनामा प्राप्त नभएकोले मिति ०३९।४।१३ मा निवेदनको नक्कल सारी हेर्दा उपरोक्त व्यहोरासँग साक्षात्कार भएकोले सम्मानित अदालत समक्ष उपस्थित भएको छु । ४. विधिवत प्रस्तुत गरिएको राजीनामा रजिष्ट्रेशन गर्न इन्कार गरेकोबाट प्रत्यर्थी सार्वजनिक कानुनी दायित्व तथा कर्तव्य निर्वाह गर्नबाट इन्कार गरेको रजिष्ट्रेशनको १ नं.तथा मालपोत ऐन, ०३४ को दफा ८ ले अकाट्य साथ प्रमाणित गर्दछ । विधिवत पारित हुनुपर्ने रजिष्ट्रेशनको कागज आत्मगत रूपले तुरून्त पास हुँदैन भन्नुबाट विपक्षीको क्रिया बदनियतपूर्ण छ । जि.पं.ले हक हस्तान्तरण गरेको निर्विवाद स्थापित भएको अवस्थामा रजिष्ट्रेशन हुनुपर्ने किटानी