निर्णय नं. ८६०८ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६०८ - अंश नामसारी भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०२/२६ ११२०९ ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६०८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती दे.पु.नं. २०६५–NF–०३२ आदेश मितिः २०६८।२।२६।५ मुद्दा :– अंश नामसारी । पुनरावेदक प्रतिवादीः जिल्ला नवलपरासी, हरपुर गा.वि.स. ७ बस्ने सत्यनारायण कर्ण समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला नवलपरासी, हरपुर गा.वि.स. वडा नं. ६ बस्ने इन्द्रमुखीदेवी कर्ण समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री बुद्धिप्रसाद रेग्मी पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री टोपबहादुर सिँह मा.न्या.श्री राजेन्द्रराज पन्त सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या. श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री शारदाप्रसाद पण्डित § वादी प्रतिवादीबीच नाता पर्नु र उनीहरू बीच बण्डा भएको नपाइनु नै अंशबण्डा गरिदिनुपर्ने पूर्वाधार होइन । नाता पर्नु र अंशियार हुनु विल्कुलै अलग स्थिति हुन् । सबै अंशियार नातेदार हुन्छन् तर सबै नातेदार अंशियार हुँदैनन् । तसर्थ नाता कायम भए पनि कुनै व्यक्ति कसैको अंशियार नठहर्न सक्छ । अंशबण्डा हुन सो सम्पत्तिको प्रकृतिको विश्लेषण गरेर मात्र त्यो बण्डा हुने वा नहुने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । सम्पत्तिको विश्लेषण गरिने आधार नै पक्षहरूबाट प्राप्त हुने तायदाती हुने । (प्रकरण नं.८) § तायदाती मागिनु अंशबण्डा हुने सुनिश्चितता होइन । अंशबण्डाको २० नं. मा अंशमा नालिस परी आएकोमा अंशबण्डा गरी दिनुपर्ने देखिन आएपछि घरको लेनदेन कामकाज गर्ने जानकारसँग तायदाती माग्ने कानूनी व्यवस्थाले तायदाती माग्ने आदेश गर्दासम्मका प्रमाणको मोटामोटी मूल्याङ्कन गरिनेसम्म हो । तत्काल प्राप्त प्रमाणबाट अंशियार देखिएमा र बण्डा नभएको पाइएमा अंशबण्डा गरिदिनुपर्नेे अवस्था देखिने भई यस्तो अवस्थामा तायदाती माग्ने आदेश हुने हो । भविष्यमा संकलित हुने प्रमाणका बारेमा आदेश गर्दा पूर्वाभास हुन सक्ने अवस्था हुँदैन । तसर्थ, तायदाती माग्नु असाधारण अधिकारक्षेत्रका मुद्दामा सरसर्ती हेर्दा गरे विराएको देखिएमा कारण देखाउ आदेश जारी गरिए सरहमात्र हुने । (प्रकरण नं.९) § तायदाती अंशबण्डा गरिदिन पर्ने हो वा होइन र अंशबण्डा गरिदिन पर्ने स्थिति छ भने कुन कुन सम्पत्ति बण्डा गरिदिन पर्ने हो भन्ने निष्कर्ष निकाल्न न्यायकर्तालाई सघाउ पुर्याउने कार्यविधिगत एउटा चरण मात्र भएकाले तायदाती पछि सोमा उल्लिखित प्रत्येक सम्पत्ति पूर्वजका नामबाट आएका पैतृक वा सो सम्पत्तिबाट बढे बढाइएका हुन् वा होइनन् तथा कुनै सम्पत्ति कसैले निजी भन्दछ भने त्यसको स्रोत र आर्जनका माध्यमका बारेमा प्रामाणिक विश्लेषण गर्दै अदालतले न्यायिक निर्णय लिनुपर्ने । (प्रकरण नं.९) § दर्तावालाको नाममा रहेको सम्पत्ति आर्जन गर्दा परोक्ष श्रम र सहयोग उसको परिवारका अन्य सदस्यको पनि रहन्छ भन्ने मान्यता नै अंशबण्डासम्बन्धी कानूनी व्यवस्थाको मूल मर्म हो । आर्जनमा आफ्नो कुनै सहभागिता नै नरहेको सम्पत्ति अंशबण्डाको रूपमा दुई भागको एक भाग पाउनु पर्छ भन्न न्यायसंगत नहुने । (प्रकरण नं.१२) § नाता वा सम्बन्धका बारेमा कुनै कुरा व्यक्त गर्ने व्यक्ति विवादित नाता सम्बन्धका बारेमा वा त्यस्तो नातासम्बन्धी पुस्तेवारी वा वंशवृक्षका बारेमा विशेष रुपमा जानकारी भएको हुनुपर्ने हुँदा विशेष जानकारी राख्ने स्थितिमा नरहेको व्यक