निर्णय नं. १८३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३५ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/२४ २२३२ निर्णय नं. १८३५ ने.का.प. २०४० अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट फु.नं. ३२ आदेश भएको मिति : २०४०।१२।२४।६ मा निवेदक : जिल्ला महोत्तरी निरौला गा.पं.वा.नं.७ बस्ने इसमाइल मियाँ विरूद्ध विपक्षी : जिल्ला महोत्तरी एकडारा बेला गा.पं.वा.नं.७ बस्ने महेश्वरप्रसाद सिंह विषय : उत्प्रेषण (१) बदर नभई कायम रहेको फैसला निजको विरूद्धमा प्रमाण नलाग्ने भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) निवेदक भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि नै मोही कायम भइरहेको कुरा स्पष्ट देखिन आउँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को अवस्थामा मोही जग्गाधनी बीच कबुलीयत हुनै पर्दछ भन्न मिल्दैन । (प्रकरण नं. ११) (३) अंशबण्डा भएको कुरा निवेदकलाई जानकारी नहुँदा विपक्षको बाबुको नामबाट नै १ नं.अनुसूची भरी २ नं. लगत प्रकाशन भएकोमा चित्त नबुझ्नेले संशोधन गराउन कारवाही चलाउन पर्ने । (प्रकरण नं. ११) (४) छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्नआएको कारणले मात्र निवेदकको मोहियानी हकमा असर पर्नसक्ने पनि नदेखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत मुद्दा दोहर्याई इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई फुलबेञ्चको लगतमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. विपक्षी इस्माइल मियाँले श्रीपुर टारस्टोर गा.पं.वडा नं.१ क.कि.नं.११२ को ०–१४–१८ को जग्गा मध्ये ०–४–० जग्गाको मोही भई कूत बुझाउँदै आएको छु भर्पाई मिति ०२६।९।६ का भूमिप्रशासन कार्यालय महोत्तरीका फैसलाको आधारमा प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा मैले २०२०।४।३२ मै पिताबाट बण्डापत्र गराई छुट्टिई भिन्न भई बसी आफ्नो अंश भाग बण्डाको जग्गा बण्डापत्र पास भएको दिन देखि आफैंले दशकर्म गरी जग्गा जोतकमोद आवाद गुल्जार गरी भोगी आएको छु विपक्षी जग्गाको मोही होइन पिताजीसँग अंशबण्डा गरी छुट्याई दिएपछि जग्गाको स्वामित्व म मा आएपछि जग्गाको विषयमा मलाई जानकारी नै नदिई पक्ष नबनाई बीच–बीचमा पिताजीसंग मुद्दा उठान गरी हारजित गरिएको फैसला मेरो विरूद्ध प्रमाण लाग्ने होइन भन्ने समेत प्रतिवाद गरेको थिएँ । ३. २०२६।९।६ को निर्णयबाट वादी प्रतिवादी समेतको जिकिर माथि इन्साफ गर्दा वादी दावीको जग्गामा एकपटक निर्णय भई मोही हक कायमै राख्ने देखिँदा उक्त निर्णय मिसिलमा प्रतिवादीको स्व.पिता वादी दावीको जग्गामा मेरो हकभोग अंश फाँटको छैन मेरो छोरा समेतको अंश फाँटको हो भनी जिकिर लिएको पाइयो र उक्त निर्णय भएको पुनरावेदनको म्याद गुजारी कतै पनि उजूर गरेको नदेखिएको र एकपटक निर्णय भइसकेको विषय माथि पुनः सोही विषयलाई दोहोर्याउनु कानुन प्रतिकूल भएको र वादी दावी अनुसारको जग्गा प्रतिवादी समेतको नाउँमा हाल दर्ता भए पनि कानुनतः बण्डापत्र भइसकेको पनि व्यवहारबाट सगोलकै जस्तो भूतपूर्व निर्णयबाट देखिनाले वादीले दावी लिएको जग्गाको कार्यालयमा रहेको २ नं.अनुसूची समेत माथि केही नगरी म्याद गुजारी बसेको र प्रतिवादीको स्व.पिता जगतनारायण सिंहले मोही राजीन