निर्णय नं. १८३६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३६ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/१४ २१९९ निर्णय नं. १८३६ ने.का.प. २०४० अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.फु.नं. ३६ आदेश भएको मिति : २०४०।१२।१४।३ मा निवेदीका : जि.मोरङ शिरावनी जहदा गा.पं.वा.नं.८ बस्ने सम्झा मलाहिन विरूद्ध विपक्षी : ऐ.विराटनगर न.पं.वा.नं.२९ बस्ने रेणुका उपाध्यायसमेत विषय : उत्प्रेषण (१) अ.बं.७८ नं.को प्रकृया अपनाई विपक्षीलाई सुनाएपछि मात्र सबूतप्रमाणको मूल्याड्ढन गरी निवेदकको जिकिर पुग्ने नपुग्ने के हो भन्ने सम्बन्धमा कानुन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११) (२) विवादको एउटै कित्तामा एकथरीको हकमा ७८ नं.को प्रकृया अपनाउने गरी पठाउने र अर्कोथरीको हकमा भू.सु.कार्यालयले गरेको निर्णयलाई सदर गर्दा अन्तिम भइबसेको निर्णयलाई भू.सु.को तहमा असर हुने गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदीकातर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या.पृथ्वीबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।५।१।२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा न्यायिक समिति मार्फत परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा २७ (ख) बमोजिम दोहर्याई दिनु भन्ने बक्स भई आएको प्रमांगी अनुरूप यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. मैले जोताहाको स्थायी प्रमाणपत्र पाउँ भनी विराटनगर बजार बस्ने माणिबाबु बंगालीका नाउँमा मोरङ शिरावनी जहदा गा.पं.वा.नं.८ (ग) को.कि.नं.१० र ऐ.वा.नं.८ (क) को कि.नं.२०२ मध्येबाट समेत गरी जम्मा बिगहा ३–१–१५ मोहियानीमा जग्गा मैले कमाई आएको र सो जग्गाको जोताहा अस्थायी निस्सा समेत पाएको छु उक्त कि.नं.र क्षेत्रफल भएको जग्गा हाल विराटनगर न.पं.वा.नं.२ बस्ने रेणुकादेवी उपाध्यायले खरीद गरी लिएको, मैले जोती अस्थायी पूर्जा समेत पाएको हुँदा मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने निवेदन परेकोमा मुद्दा खारेज हुने ठहर्छ भनी विपक्षी भूमिप्रशासकले मिति ०३५।१।६ मा निर्णय गरेको । ३. मैले साविक जग्गाधनी बाबु बंगालीको पालादेखि मोही भई कमाई जोती आएको जग्गा हुँदा भू.सु.सर्भेबाट जग्गा नाप जाँच हुँदा जोताहाको महलमा म निवेदकको नाउँ उल्लेख भई लगत प्रकाशन भई पछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२)(३) बमोजिम जोताहाले पाउने ४ नं.अस्थायी निस्सा पाएको निर्विरोध छ त्यसको अतिरिक्त विपक्षी जग्गाधनी रेणुकादेवीले पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(२) अनुसार विपक्ष जग्गाधनीले २०३३ सालको धानबाली बुझी भर्पाई दिनुभएको छ । विपक्षीले जग्गाधनीले ०३४ सालको बाली बुझी नलिएको स्थानीय गा.पं.कार्यालयमा धानबाली धरौट राखी प्राप्त गरेको धरौटी रसिदको नक्कल विपक्षी कार्यायलमा पेश गरेको छु । उक्त जग्गाको ४ नं.अनुसूची बमोजिम ०२२ सालमा प्राप्त गरेको जोताहा आस्थायी निस्सा अहिले सम्म यथावत कायम छ । ४. अतः उक्त सबूत प्रमाणहरूको कुनै मूल्याड्ढन तथा न्यायिक मनको प्रयोग नगरी भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५३(१) र भूमिसम्बन्धी नियम, ०२१ को ९(१) को विपरीत गरेको निर्णयबाट संविधानको धारा ११ को संशोधित उपधारा (२) को खण्ड (ङ) ऐ.धारा १५ ले प्रदान गरेको मेरो मौलिक हकहरू समेतको हनन् गरिएकोले ऐ.