निर्णय नं. १८३७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/१० २१६८ निर्णय नं. १८३७ ने.का.प. २०४० अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रि.फु.नं. ३७ आदेश भएको मिति : २०४०।१२।१०।६ मा निवेदक : जि.सुनसरी धरान न.पं.वा.नं.११ घोपा बस्ने भद्रमानसिंह राई विरूद्ध विपक्षी : ऐ.ऐ वडा नं.५ बस्ने धरणिधर भट्टराईसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) स्थापित मोहीलाई मोहियानी हकको प्रमाणपत्र सम्म दिने भूमिसुधार कार्यालयबाट निर्णय भएको देखिँदा न्यायिक मनको प्रयोग भएन भन्न मिलेन । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश न्या.पृथ्वीबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. धरान न.पं.वा.नं.९ बस्ने भद्रमानले द.नं.३४७ मिति ०३६।९।६ मा मेरो मोहियानी जग्गामा जबरजस्ती बनाउन लागेको घर रोक्का गरिपाउँ भनी भू.सु.कार्यालयमा निवेदन गरेपछि उक्त कार्यालयबाट जि.सु.धरान न.पं.वा.नं. ९(क) को दावी गरेको कित्ताहरूमा बन्न लागेको घर रोक्का गर्न जि.का.सुनसरीलाई प्रहरी खटाउन उक्त भू.सु.का.बाट लेखेबमोजिम मिति ०३६।९।१९।१ मा सुनसरी इनरूवा प्रहरी थानालाई बन्न लागेको घर रोक्का राख्नु भनी जि.का.सु.बाट लेखेको पत्र जि.भू.सु.का.लाई बोधार्थ आएको त्यसरी घर बनाउन रोक्का गरेपछि घर बनाउने गर्जमान परियार भू.सु.का.मा मिति ०३६।८।२५ को पारित राजीनामाको नक्कल साथ आई धरान न.पं.वा.नं.५ बस्ने धरणिधर भट्टराई र ऐ.बस्ने तेजप्रसाद भट्टराइका संयुक्त नाम दर्ताको धरान न.पं.वा.नं. ९(क) कि.नं.१८० को ०–७–९ मध्ये पूर्व दक्षिणतर्फबाट ०–२–० जग्गा खरीद गरी घर बनाउन लागेकोमा प्रहरी थाना धरानले रोक्का गरी दिएको हुनाले निवेदन गर्न आएको छु, उक्त जग्गामा कुनै प्रकारको मोही छैन भनी निवेदन गरेको हुँदा सो निवदेन अनुसार जि.भू.सु.का.बाट फिल्डबुक भिडाई हेर्दा उक्त कि.नं.को मोही महलमा खाली देखेको र निज मोहीको दावीमा समेत वा.नं. ९(क) कि.नं.१९१।१९८।१८२।१८६।१९० मा मात्र दावी देखिएको र कि.नं.१८० को दावी समेत नदेखिएको र जग्गा किन्ने गरजमान परियारको कि.नं.१८० को पूर्व दक्षिणतर्फबाट ०–२–० जग्गा किनी घर बन्न लागेको हुँदा सम्पूर्ण प्रमाण झिकाई हेर्दा कि.नं.१८० को कुनै प्रमाणबाट पनि उजूरकर्ताको मोहियानी कायम नदेखेको र ज.धरणिधर समेतले उक्त मोही नलागेको जग्गा बिक्री गरेको भनी कागज समेत गरी दिएको हुँदा उक्त कि.नं.१८० मा बन्न लागेको घर फुकुवा गरी दिन जि.का.सुनसरीमा लेखी पठाउन मनासिव देखिएकोले आदेशका लागि पेश गरेको टिप्पणीमा हाम्रो अनुपस्थितिमा हामीलाई पत्ता नहुने गरी गुपचुप नै निवेदकको माग र फिल्डबूकमा दर्ता रहेको मोहियानी हक कायम रहेको कित्ताहरूको प्रमाणपत्र निवेदकलाई जनाई दिने र घर फुकुवा गरिएको जानकारी सबै कार्यवाही निवेदकलाई दिने भनी मिति ०३९।१०।२५ मा शा.अ.ले टिप्पणी सदर गरेको । ३. टिप्पणी निर्णयबाटै यो स्पष्ट हुन्छ कि विपक्षीले हामी निवेदकहरूको नाम