निर्णय नं. १८३९ - उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३९ - उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/०८ २५११ निर्णय नं. १८३९ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रिट नं. १४४९ आदेश भएको मिति : २०४०।९।८।६ मा रिट निवेदक : पर्सा जिल्ला अमरपट्टी गा.पं.वडा नं.१ बस्ने महन्त ठाकूर हजाम विरूद्ध विपक्षी : ऐ.ऐ.वा.नं.२ बस्ने रामलोचन चौवे, भूमिसुधार कार्यालय पर्साका श्री भूमिसुधार अधिकारी विषय : उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) १ नं.फाराम २ नं.लगत प्रकाशित हुने कुनै कानुनी प्रकृया अपनाएको नदेखिएको र जग्गाधनी लाई बाली बुझाएको स्वतन्त्र प्रमाण पेश गर्न नसकेको हुँदा मोही हुन नसक्ने । (प्रकरण नं. ११) विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. प्रतिरक्षी नाउँ दर्ताको जि.पर्सा, अमरपट्टी गा.पं.वडा नं.३ कि.नं.१७० को ०–४–१५ धुर जग्गामा मेरो बाबु प्रताप ठाकुरको जीवन कालमा ऐन लागू हुनुभन्दा पच्चीसौ वर्ष पहिले देखि मोही जोती आउनु भएकोले पर्सा जिल्लामा १ नं.लगत लिनु भन्दा पहिले भएको सर्भे नापीमा नै फिल्डबुकको मोही व्यहोरामा आफ्नो नाउँ लेखाउनुभएको र ऐनको दफा २५(१) अन्तर्गतको मोहीको हैसियतले भर्नु पर्ने १ नं.लगत भराई २ नं.प्रकाशित समेत भएको थियो । ३. बाबुको जीवन छउञ्जेल ०२९ साल सम्म बाबुले र निजको २०३० सालमा स्वर्गवास भए देखि मैले उल्लिखित जग्गा जोती साल सालैको बाली बुझाउन जाँदा नबुझी लिनुभएको हुनाले भू.सु.का.र स्थानीय गा.पं.मा धरौट राख्दै आएको छु । ४. प्रतिरक्षीले मोहीबाट हटक गर्न निमित्त अनेकौं जाल प्रपञ्च गर्न लागेको हुनाले स्वर्गीय बाबु प्रताप ठाकुरको नाउँबाट मोही नामसारी गरिपाउँ भनी भू.सु.का.पर्सामा निवेदन दिँदा प्रतिरक्षीले मोहीमा इन्कारी गरी प्रतिउत्तर लगाएपछि श्री अधिकारीज्यूले १।२।४ नं. कुनै अनुसूची नभएको, कूत बुझाएको भर्पाई नभएको कूत धरौटी बुझी लिन इन्कार गरेको इत्यादि विभिन्न स्वेच्छिक तर्कहरूको उल्लेख गर्दै मोही हक ठहर्दैन भनी मिति २०३९।१०।१२ मा निर्णय गर्नुभयो । ५. श्री अधिकारीज्यूले निर्णय गर्नु हुँदा १ र २ नं.अनुसूची नभएको भनी आफ्नो निर्णयको मूलधार बनाउनुभएको छ । नियमावलीको नियम १०(१) मा नियम ६ बमोजिम प्रकाशित भएको लगतमा म्यादभित्र कसैको उजूरी नपरेमा सो प्रकाशित लगतकै म्यादभित्र उजूर परी जि.भू.सु.अ.को निर्णय बमोजिम सो लगतमा कुनै हेरफेर गर्न परेकोमा सो बमोजिम हेरफेर गरिएको लगत स्थानीय पञ्चायत जिम्मा राखिने छ भनी प्रावधान भएको छ । भू.सु.का.मा लगत नभएपछि नियमावलीको नियम १०(१) बमोजिम स्थानीय गाउँ पञ्चायतमा लगत रहने कुरा नियमावलीबाट देखिँदा देखिँदै स्थानीय गाउँ पञ्चायत बुझ्दै नबुझी १ र २ नं.लगत नभएको भनी अन्दाजी व्यहोरा उल्लेख गरी मेरो मोही हकलाई समाप्त गरिएको हुनाले ऐनको दफा २५(१) को समेत प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ६. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०३९।१२।९।४ को सिंगलबेञ्चको आदेश । ७. निवेदकले