निर्णय नं. १८४० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८४० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/२६ २१०८ निर्णय नं. १८४० ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १६२५ आदेश भएको मिति : २०४०।९।२६।३ मा निवेदक : जि.बारा गा.पं.पिपरपाती जब्दी वडा नं.९ घर भई नारायणी सिंचाई विकास योजना वीरगंजको कार्यालय सहायक लालबाबु यादव विरूद्ध विपक्षी : श्री सञ्चालक समिति, नारायणी अञ्चलसमेत विषय : उत्प्रेषण (१) नियुक्ति, बढुवा र विभागीय कारवाई सम्बन्धी लोक सेवा आयोगको सामान्य सिद्धान्तको परिच्छेद ९ को ३ मा ९० दिनमा ननघाई संशोधित नामावली पुनः प्रकाशित गर्नुपर्ने छ भन्ने उल्लेख भएको पाइन्छ । निवेदकको उजूरी ३५ दिनभित्र परे तापनि ९० दिन नघाई निर्णय भएकोले त्यस्तो निर्णयलाई मान्यता दिन मिलेन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षीतर्फबाट : विद्वान व.अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान अ.श्री प्रकाश वस्ती आदेश न्या.बासुदेव शर्मा १. बढुवा समितिको २०३९।६।१४ को निर्णय र सो निर्णयलाई सदर गर्ने नारायणी अञ्चल सिंचाई विकास योजनाको मिति ०३९।११।२९ को निर्णय समेत बदर गरिपाउँ भन्ने ०४०।१।२१।४ को रिट निवेदनपत्रको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ । २. नारायणी अञ्चल सिंचाई विकास योजनाको अधिकृत स्तर प्रशासन शाखाको अधिकृत तृतीय श्रेणीको पदमा बढुवाबाट पूर्ति गर्ने सम्बन्धमा योजनाबाट गोरखापत्रमा प्रकाशित सूचना अनुसार उक्त पदमा बढुवाको लागि संभाव्य उम्मेद्वार भएकोले मैले पनि सो सम्बन्धित फाराम भरी प्राप्त प्रमाणित प्रतिलिपिहरू समय भित्रै नारायणी विकास समितिको कार्यालयमा पेश गरेको थिएँ उक्त पदमा विपक्षी हिकमतबहादुर रावल समेत हामी दुईजना प्रतिस्पर्धी थियौं । बढुवा समितिले ०३९।६।१४ को निर्णयद्वारा संभाव्य उम्मेद्वारहरू मध्ये हिकमतबहादुर रावललाई सो पदमा बढुवा गरी नियुक्तिको लागि सिफारिश गरिएको छ भन्ने योजनाको सूचना पाटीमा ०३९।७।१ को दिन सूचना प्रकाशित भएकोमा चित्त नबुझेकोले उजूरी मैले नारायणी अञ्चल सिंचाई विकास समितिको सञ्चालक समितिका समक्ष ०३९।७।२५ मा दिएको थिएँ, विकास समिति ऐन, २०३१ अन्तर्गत गठित समितिको कर्मचारीको हकमा सोही ऐनको दफा ६ को उपदफा (१) अन्तर्गतको प्रक्रिया लागू हुनाले सो आधारमा मेरो बढुवा सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने दायित्व समिति समेतमा थियो उजूरी परेपछि उक्त सिद्धान्त ०३१ को परिच्छेद ९ को नियम १ को उपनियम (३) बमोजिम उजूरी परेको ९० दिन भित्र कुनै निर्णय नगरिएकोले उक्त बढुवा समितिले गरेको निर्णय स्वतः बदर र अमान्य भइसकेको थियो ९० दिन नाघी सकेपछि व्यवस्थाको उल्लंघन गरी ०३९।११।१९ मा मात्र मेरो उजूरीलाई आधारहिन भनी खारेज गरी अड्ढ कटाउने समेतको निर्णयको ०३९।१२।१५ को पत्र ०३९।१२।२३ का दिन बुझाई जानकारी दिइयो, बढुवाको लागि सिफारिश हुँदा विपक्षी हिकमतबहादुरले जम्मा २५७.८ अड्ढ प्राप्त गर्नुभएको छ भने मैले २५७.८ अड्ढ प्राप्त गरेकोले निज विपक्षीलाई १ भन्दा पनि कम अड्ढको आधारमा सिफारिश गरिएको छ उक्त लब्धांक नियमबमोजिम भएन भन्ने नै मेरो उजूरीको मुख्य दावी थियो, मलाई आई.ए.को प्रमाणपत्रको आधारमा १६ नं.मात्र दिएको छ श्रेणी नखुलेको आई.ए.प्रमाणपत्र द्वितीय श्रेणीको अड्ढ २० दिइने कुरा लोक सेवा आयोगद्वारा लागू हुने सामान्य सिद्धान्तमा स्पष्ट गरी राखेको छ मेरो प्रमाणपत्रमा श्रेणी नख