निर्णय नं. १८४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८४१ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/२६ २१९३ निर्णय नं. १८४१ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नम्बर १०२८ आदेश भएको मिति : २०४०।१२।२६।१ मा निवेदक : जि.मोरङ विराटनगर न.पं.वडा नं.८ बस्ने तोलाराम दुगडसमेत विरूद्ध विपक्षी : राजश्व न्यायाधीकरण धरान विराटनगर कर कार्यालय विराटनगर विषय : उत्प्रेषण (१) आधार नखुलाई गरेको आदेश हचुवा हुनगएको । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री धु्रवलाल राज आदेश न्या.बासुदेव शर्मा १. कर कार्यालय धरानको मिति ०३५।१२।१२ को निर्णयलाई सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०३९।६।१ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ : २. कर कार्यालय विराटनगरले आ.बं.०३३।३४ (श्रा.आ.) को खूद आय रु.१,७२,८७०।९१ कायम गरी त्यसमा कर रु.५६,२४०।३७ र जरिवाना रु.५१।६३ पैसा समेत लगाई मिति ०३५।१२।१२ मा आयकर निर्धारण आदेश गरेकोमा चित्त नबुझी राजश्व न्यायाधीकरण धरानमा पुनरावेदन परेकोमा मिति ०३९।६।१ मा कर कार्यालय विराटनगरको आयकर निर्धारण आदेशलाई सदर गरी राजश्व न्यायाधीकरण धरानबाट निर्णय भएको । ३. तोलाराम दुगडको नाममा दर्ता रहेको विकास इन्टर कन्टेनेन्टल फर्म तथा भवरीदेवी दुगडको नाउँमा दर्ता रहेको भँवर एक्सपोर्ट इम्पोर्ट फर्म समेत दुई फर्मको ०३३।३४ को आयकर निर्धारण आदेश हामीहरूको नामबाट ०३५।१२।१२ मा आदेश भएको अनुसार कृषितर्फ आय रु.३७,६०४।८१ र व्यपारतर्फ आय रु.१,३५,२६६।१० कर कार्यालय विराटनगरले कुनै तथ्यपूर्ण आधार नदेखाई गर्नुभएको आदेशलाई राजश्व न्यायाधीकरणले तथ्ययुक्त कानुनी आधार नलिई सदर गर्नुभएको छ । आयकर निर्धारण आदेशमा सो आय कसरी कायम गर्नुभएको प्रष्ट खुलाउनुपर्ने नेपाल आयकर नियम, ०२० को नियम ११(२) तथा श्री सर्वोच्च अदालतबाट प्रतिपादित वंशिधर अग्रवालको मुद्दाको सिद्धान्त विपरीत देखिएकोबाट समेत निर्णय कानुन विपरीत छ । कर कार्यालयले आफ्नो पर्चामा भँवर एक्सपोर्ट फर्मको एक्सर्पोट भएका जुट कलकत्ता पोर्टमा आगलागीमा जलेकोबाट सो फर्मलाई रु.१,७९,२४५।५६ नोक्सानी भएको कुरा विमा कम्पनी समेतले मानी स्वीकार गर्नुभएकै छ र सो नोक्सानी मध्ये रु.९८,५८४।८४ मात्र विमा कम्पनीले भुक्तानी दिई बाँकी रु.८०,६६०।३२ सेलभेजबाट प्राप्त हुनसक्ने भनी नदिएको सेलभेजमा अत्याधिक डेमरेज लागेकोबाट बिक्री हुन नसकी भारतीय अधिकारीले समुद्रमा फाली नोक्सान भएकोमा रु.४०,०००। सम्म नोक्सानी मिन्हा दिई ४०,६६०।३२ पैसा दिएकोबाट हामीलाई रु.८०,६६०।३२ अत्तो थपी मिन्हा दिनु नभएको गैरकानुनी छ । निवेदकले स्थानीय जुटको कारोवार नै नगरेकोमा तथ्यहिन कर इन्सपेक्टरको प्रतिवेदनलाई आधार मानी रु.२०,०००। को स्थानीय जुट बिक्री गरेको मानी खूद आय रु.८,०००। हुँदै नभएको आय समावेश गरी र खेतीतर्फको आय रु.३७,६०४।८१ कसरी कायम भएको हो सो समेत आयकर निर्धारण आदेशमा खुल्दैन यसरी कुनै आधार प्रमाणहरूको उल्लेख नै नगरी विभिन्न सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तहरू समेतको विपरीत भएको कर कार्यालय विराटनगरको ०३५।१२।१२ को निर्णयलाई सदर गर्ने गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०३९।६।१ को निर्णयबाट निवेदकले आर्जन नै नगरेको आयमा आय