निर्णय नं. १८४२ - हक कायम दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८४२ - हक कायम दर्ता बदर भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/१५ २३२३ निर्णय नं. १८४२ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.पु.नं. ४३८ फैसला भएको मिति : २०४०।१०।१५।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने मुरारीशमशेर ज.ब.रा. विरूद्ध विपक्षी : का.न.पं.वडा नं.२१ बस्ने हरहाईनेस कृष्णचन्द्रकुमारी देवी ज.ब.रा.समेत मुद्दा : हक कायम दर्ता बदर (१) एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी प्रतिवादी विरूद्ध पुग्न नसक्ने । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३८।३।१६।३ मा भएको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने २०३८।४।१९।५ मा पर्नआएको निवेदनपत्रमा २०३८। ११।२४।१ मा अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ । २. मेरो पति हिज हाइनेश केशरशमशेरकी विवाहिता श्रीमती शाहज्यादी राज्यलक्ष्मीदेवी राणा र म भएको, जेठी शाहज्यादीतर्फ ज.साम्राज्य शमशेर १ छोरा हुनुभएको अघि नै उहाँ र अविवाहिता पत्नी पट्टिका छोराहरू अरविन्द, मुरारीशमशेर मीहिरकला समेत आ–आफ्नो अंश लिई भिन्न बसी आउनुभएको केही जमीन अबण्डा थियो । आयस्ता अंश भाग अनुसार खान पाउने गरी हिज हाईनेश केशरशमशेरबाट ०१।१०।१९।५ मा महाराजगञ्ज गोश्वारा तहविललाई गरी दिनुभएको कागज अनुसार आयस्ता बुझी खाई आउनुभएको र महाराजगञ्ज गोश्वारा तहविल अन्तर्गतको जग्गा पनि सोही बमोजिम २९ भाग लगाई विपक्षी ज.साम्राज्य शमशेर र निजका नामको १ भाग गरी ६।६ भाग गरी १२ भाग निजको हिज हाईनेस केशरको ६ भाग र मेरो ३ भाग गरी १२ भाग बाँकी ५ भाग विपक्ष अरविन्दशमशेर मिहिरकलाको भाग हुन् । अंश मुद्दा ०२२।२।११ मा मिलापत्र पनि भएको छ । हिज हाईनेसको स्वर्गवास पछि विपक्षीले हामीहरूको समेत हक लाग्ने महाराजगञ्ज मौजे कि.नं.२२४ कित्ता २ मौजे सो ताला हा.नं.१०६ को कित्ता नं.१ मौजे साँखु हा.नं.१०१ को कित्ता केशरशमशेरका नाउँमा दर्तावालाको शेषपछि निजको ६ भाग समेत अपुतालीको २ नं.ले हामी सगोलमा बसी आएको हामीहरूको हक भएको जग्गा हामीहरूको हकै नदेखाई विपक्षीहरूले आफ्ना नाउँमा नामसारी दर्ता गराएका र सोही जग्गा मध्ये महाराजगञ्जको ४१ रोपनी जग्गा अधीकरणमा परेको रु.१,६६,०६२।५० मुआब्जा पनि लिएछन् । उक्त कुरा हाल २२४ को जग्गाधनी पूर्जा लिन विपक्षीहरूले निवेदन गरी कसैको हक भए ३० दिनभित्र उजूर गर्नुभन्ने ०३२।५।१ मा गो.प.मा सूचना प्रकाशित हुँदा थाहापाएकोले उजूर गरेको छु । उक्त जग्गामा ६ भाग म कृष्णचन्द्रकुमारी र ६ भाग हिज हाईनेसको शेषपछि अपुतालीबाट हाम्रो हक भई १२ भाग अर्थात जग्गा रोपनी १०१–१२–३ भई हाम्रो हक भएको २४६–८–२ मध्ये रोपनी १०१–१२–३ जग्गा हाम्रो हक कायम गरी विपक्षीहरूको नाम दर्ता बदर गरी लिएको मुआब्जा १,६६,०६२।५० मध्ये रु.६८,७१५।५१ हामीले पाउनुपर्ने हुँदा हाम्रो हक कायम गरी विपक्षीहरूबाट दिलाई पाउँ भन्ने समेत वादी दावी रहेछ । ३. म मिहिरकला र अरविन्दको पिता केशरशमशेर जीवित हुँदैमा गरी दिनुभएको बन्दोबस्त अनुसार आफ्नो अंश भ