निर्णय नं. ८७४२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७४२ - उत्प्रेषण समेत भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/09/05 ४१४४ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६७–WO–०८१३ आदेश मितिः २०६८।९।५।३ विषयः–उत्प्रेषण समेत । निवेदकः गोरखा जिल्ला, रानीस्वारा गा.वि.स.वडा नं.९ स्थायी घर भई हाल विज्ञान तथा प्रविधि मन्त्रालयमा राजपत्रांकित द्वितीय श्रेणी. (प्रा).पदमा कार्यरत विश्वबाबु पुडासैनी समेत विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालय समेत § कुनै उम्मेदवारले अधिकृतस्तरमा काम गरी अनुभव प्राप्त गरेको प्रचलित कानूनअनुसार दर्ता भएको संगठित संस्था वा अन्तराष्ट्रिय संस्थाको स्तर, यस्ता संस्थाहरूले गर्ने काम, यिनीहरूको उद्देश्य, यस्ता संस्थाहरूले अधिकृतस्तरका कर्मचारीहरूलाई भर्ना गर्दा अपनाउने कार्यविधि, अधिकृतस्तरको सेवा प्रवेशको लागि आवश्यक पर्ने शैक्षिक योग्यता तथा अनुभव जस्ता कुराहरूको मूल्याङ्कनपछि मात्र प्रचलित कानूनअनुसार दर्ता भएका संगठित संस्था वा अन्तराष्ट्रिय संघ संस्थामा काम गरेको अनुभवलाई मान्यता दिनुपर्ने । (प्रकरण नं.३) § कुनै व्यक्तिले सरकारी सेवावाहेकका अन्य क्षेत्रको सेवामा रही निजामती सेवा ऐन, २०४९ को दफा ७(१६) मा निर्धारित पाँच वा सात वर्ष अधिकृतस्तरमा काम गरेको अनुभव हासिल गरेको छ वा छैन भन्ने कुरा वस्तुगत तथ्य र प्रमाणको आधारमा यकीन नगरी खुल्ला प्रतियोगितात्मक परीक्षाको आवेदन स्वीकार गर्ने काम आफैमा अनियमित हुने । (प्रकरण नं.४) § सरकारी सेवा बाहेक अन्य सेवा अर्थात् प्रचलित नेपाल कानूनअनुसार दर्ता भएका संगठित संस्थाहरूमा अधिकृतस्तरमा काम गरेको अनुभवलाई उक्त ऐनको दफा ७(१६) को प्रयोजनको लागि मान्यता दिनु पूर्व त्यस्तो संगठित संस्थाको कामको प्रकृति तथा त्यस्तो संस्थामा अधिकृत स्तरको कामको जिम्मेवारी वहन गर्ने कर्मचारी आवश्यक पर्ने वा नपर्ने र यी संस्थाले अधिकृत स्तरको कर्मचारी भर्ना वा छनौट गर्दा अवलम्वन गर्ने आधारहरू समेत देखिने नियमहरू बनाई लागू गरेका छन् वा छैनन् भन्ने कुरा हेर्नुपर्ने । § सरकारी सेवाबाहेक अन्य क्षेत्रमा अधिकृतस्तरमा काम गरेको अनुभवलाई मान्यता दिँदा काम गरी अनुभव हासिल गरेको भनिएको संगठित संस्थाको स्तर, कामको प्रकृति र यस्तो संस्थाले सञ्चालन गर्ने व्यवसायमा अधिकृतस्तरको कर्मचारीको संलग्नता र जिम्मेवारीको आवश्यकता र सान्दर्भिकताको आधारमा निर्णय गर्नुपर्ने । (प्रकरण नं.७) § सरकारी सेवाका नियम र श्रम ऐनका व्यवस्था लागू नहुने कुनै संगठित संस्था वा अन्तराष्ट्रिय संघ संस्थामा अधिकृतस्तरमा काम गरेको अनुभवको आधारमा कुनै व्यक्तिले निजामती सेवा ऐन, २०४९ को दफा ७(१६) मा उल्लिखित अधिकृतस्तरको अनुभव हासिल गरेको छ भन्ने न्यायोचित् अनुमान गर्नका लागि पनि यस्तो अनुभवको दावी गर्नेले प्रत्येक कार्य दिनको कम्तीमा ६ (छ) घण्टादेखि ८ (आठ) घण्टासम्म काम गरेको भन्ने तथ्यगत पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) § निजामती सेवा ऐन, २०४९ को दफा ७(१)(छ) तथा (ज) र दफा ७(१६) को प्रयोजनको लागि कुनै उम्मेदवारले सरकारी सेवा बाहेक प्रचलित नेपाल कानूनअनुसार दर्ता भएको संगठित संस्थामा वा अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृतस्तरमा काम गरेको भनिएको अनुभवलाई पनि सरकारी सेवाको अधिकृतस्तरमा काम गरी हासिल गरेको अनुभव सरह मानी लोकसेवा आयोगले समान रुपले मान्यता दिन नसक्ने । (प्रकरण नं.१२) निवेद