निर्णय नं. ८६०९ - हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६०९ - हक कायमसमेत भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०३/२० ३७९१ ने.का.प.२०६८, अङ्क ५, निर्णय नं. ८६०९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६५ सालको दे.पु.नं. CI–०६७६ फैसला मितिः २०६८।३।२०।२ मुद्दा– हक कायमसमेत । पुनरावेदक वादीः जि. काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २४ बस्ने नरनाथ पाण्डेको मु.स. गर्ने रञ्जनराज पाण्डेको मु.स. गर्ने मुरारीराज पाण्डे समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि. काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने गोकुलप्रसाद पाण्डे समेत § जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम नापी हुनुभन्दा पहिले कुनै जग्गा कमाउने मोहीले आफूले कमाई आएको जग्गाको जग्गाधनी हो भनी कुनै व्यक्तिलाई देखाई नापीका बखत क्षेत्रीय किताब (फिल्डवुक) समेतमा जग्गाधनीको नाम समेत लेखाएको अवस्थामा मोहीले जग्गाधनी भनी लेखाएको व्यहोरा अन्य कुनै स्वतन्त्र र भरपर्दो प्रमाणबाट खण्डित नभएसम्म सो जग्गाको वास्तविक जग्गाधनी मोहीले देखाएकै व्यक्तिलाई मार्नुपर्ने । (प्रकरण नं.४) § विर्तावालाले २०४९ साल असार मसान्त अगावै रैकर परिणत गरिपाऊँ भनी दिएको निवेदनमा मालपोत कार्यालयबाट सो बमोजिम रैकर परिणत हुने, नहुने भनी निर्णय गर्न बाँकी रहिरहेको अवस्था देखिएमा विर्तावालाको तर्फबाट परेको त्यस्तो निवेदनलाई नै विर्तावाला निरन्तर कारवाहीमा रहेको मान्नुपर्ने । § जग्गाधनीको हैसियतमा रैकर परिणततर्फ दिएको निवेदनको निर्णय नभई सो निवेदन निरन्तर कारवाही रहिरहेको अवस्थामा जग्गाको मोहीको हैसियतले विर्ता उन्मूलन ऐन, २०१६ को दफा १२क को कानूनी व्यवस्थाबमोजिम दिएको निवेदनबमोजिम स्वतः मोहीको नाममा रैकर परिणत भै दर्ता गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक वादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री युवराज भण्डारी प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, श्री रामप्रसाद भण्डारी ‘सम्भव’ विद्वान अधिवक्ताहरू श्री इन्द्र खरेल, श्री लक्ष्मीप्रसाद उप्रेती, श्री हरी उप्रेती, श्री रमनकुमार श्रेष्ठ, श्री माधवकुमार बस्नेत र श्री सुर्दशन थपलिया अवलम्बित नजीरः सम्बद्ध कानूनः § विर्ता उन्मूलन ऐन, २०१६ को दफा १२क फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदक अदालत पाटनको २०६४।९।२३।२ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट दायर भएको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) का आधारमा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः पुनरावेदन अदालत पाटनको २०६४।९।२३।२ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट दायर भएको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) का आधारमा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ४(क) को कि.नं. १६० को क्षे.फ. ०–११–० कित्ता १, ऐ. ऐ. कि.नं. १६१ क्षे.फ. ०–१२–१–० को कित्ता १, ऐ. ऐ. कि.नं. २१७ क्षे.फ. ०–१–३ को कित्ता १ र ऐ.ऐ. कि.नं. २१९ क्षे.फ. ०–९–० को कित्ता १ समेतका जग्गा रैकरमा परिणत गरी दर्ता नामसारी गरी जग्गाधनी पूर्जा समेत पाऊँ भनी मिति २०४१।३।११ मा मालपोत कार्यालय, भक्तपुरमा निवेदन दिई कारवाहीमा रहेकोमा सो निवेदनमा हालसम्म कुनै निर्