निर्णय नं. १८४३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८४३ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/२९ २४८६ निर्णय नं. १८४३ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ९९६ आदेश भएको मिति : २०४०।९।२९।६ मा निवेदक : जितबहादुर साहु खलसमेत विरूद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) सैनिक सेवामा रहेका व्यक्तिले सो सेवामा जानु भन्दा अगावै देखि आफूले नकमाई अरूलाई मोहियानीमा कमाउन दिई मोहियानी हक कायम भइसकेको जग्गा यस उपदफा अन्तर्गत झिक्न दिइने छैन भनी भू.सं.ऐन, २०२१ को दफा २८(१) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था गरेको । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोक्का विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीले ०३९।४।३२ मा गरेको निर्णय र मुलपानी गा.पं.कार्यालयले ०३५।९।९ को निर्णय बदर गरिपाउँ भनी दिएको रिट निवेदन मिति ०३९।६।२९।५ मा दर्ता भएको रहेछ प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ : २. संक्षिप्त तथ्य एवं जिकिर : मूलपानी गा.पं.वडा नं.२ स्थित कि.नं.१२८ को रोपनी ३–१–०–० कि.नं.१२९ को रोपनी २–१५–० कि.नं.१३२ को रोपनी ३–०–२–० कि.नं.१३० को ०–१५–२–० कि.नं.१३१ को रोपनी ०–१५–२–० क्रमशः जितबहादुर, ईन्द्रबहादुर, गणेशबहादुर, न्हुछेबहादुर र सिंगबहादुरले मोहियानीमा कमाई आएको जग्गा हो । मोहीहरूको नाममा सो जग्गा मोहियानी दर्ता भए पनि हालै मात्र सैनिक सेवाबाट अवकास पाएकोले जग्गा झिकी पाउँ भन्ने विपक्षीको निवेदन मूलपानी गा.पं.मा परेको थियो । कि.नं.१२८, १२९, १३२ विपक्षीका भाइ हरिबहादुर थापा र कि.नं.१३० र १३१ विपक्षीकै छोरा भरतबहादुर थापाको नाउँमा २०२१ सालमा सर्भे नापीमा दर्ता भएको हो । ०३६।७।१० को भ.पु.जि.अ.को फैसलाबाट विपक्षीका पिता नरमान सिंहको मृत्यु पश्चात हरिबहादुर नै जग्गाधनी रहेको तथ्य निर्विवाद छ । मुलपानी गा.पं.का प्रधानपञ्च रेवतीरमण फुँयालले ०३५।९।९ मा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २८(१) बमोजिम हामी निवेदकहरूबाट जग्गा झिक्ने ठहर गर्नुभएकोमा भूमिसुधार कार्यालय काठमाडौंमा पुनरावेदन ग¥यौ। मिति ०३९।४।३२ मा का.मु.भूमिसुधार अधिकारीले मूलपानी गा.पं.को निर्णयलाई कानुन अनुरूप ठहर्याउनुभएको छ । ३. विपक्षी सैनिक सेवामा गएको अवस्थामा दर्तावाला जग्गाधनी नै थिएन उनले सैनिक सेवामा गएपछि जग्गा जोत्न नसकी हामीलाई जग्गा जोत्न दिइएको भन्ने जिकिर लिखित प्रमाणबाट व्यक्त हुनसक्दैन । यो साल यो मितिमा जग्गा कमाउन दिएको भन्ने कुरा विपक्षीले प्रमाणित गर्न नसके सम्म विपक्षीको भनाई प्रतीतलायक हुनसक्दैन । हामीले विपक्षीका पिता नरमान सिंहबाट लिई मोहियानीमा २००१ सालदेखि कमाउँदै आएका छौं । ०३४ सालमा जग्गाधनी हुने व्यक्तिले सैनिक सेवामा जाँदा कमाउन दिएको हो भन्ने कुरा अ.बं.१८४क १८५ र १८९ नं.बमोजिम भएको नहुँदा विपक्षीहरूको निर्णय त्रुटिपूर्ण छ । भू.सं.ऐन, २०२१ को दफा २८(१) को प्रतिबन्धात्मक वाक्यांशले पनि हामीलाई संरक्षित गरेको छ । यस स्थितिमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २८(१) को प्रत्यक्षतः उल्लंघन गरी प्रत्यर्थीहरूबाट भएको निर्णय त्रुटिपूर्ण छ । अ.बं.३५ नं.अनुसार पनि मूलपानी ग