निर्णय नं. ८७४३ - लागू औषध खैरो हेरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७४३ - लागू औषध खैरो हेरोइन भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/04/18 ४६२७ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं ८७४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६६ सालको CR–०६३५, ०८०४, ०७४३ संवत् २०६७ सालको CR–००५१ फैसला मितिः २०६८।४।१८।४ मुद्दा :– लागू औषध खैरो हेरोइन । पुनरावेदक प्रतिवादीः का.जि.,बुढानिलकण्ठ गा.वि.स.वडा नं.८ घर भै हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेको शकुल शाही ठकुरी विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक प्रतिवादीः गुल्मी जिल्ला तुरुङ्गा गा.वि.स.वडा नं.५ घर भै हाल कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेको विशालबहादुर सार्की विरुद्ध प्रत्यर्थी वादीः प्र.नि.जीवन श्रेष्ठको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः पर्सा जिल्ला मटियानी गा.वि.स.वडा नं.५ घर भै हाल कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेको रवी भन्ने महमद सागिर आलम विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक वादीः नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः गोरखा जिल्ला, दर्वङ्ग गा.वि.स.वडा नं.२ घर भै का.जि.का.म.न.पा.वडा नं.१५ चौमती बस्ने पदमबहादुर श्रेष्ठ समेत शुरु फैसला गर्ने : मा.न्या.श्री सत्यराज गुरुङ पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या.श्री ठाकुरप्रसाद शर्मा § लागू औषधको परिमाण र मात्राअनुसार सजाय गर्नु नै वैज्ञानिक एवं न्यायिक हुने । § आ–आफूले बोकेको अर्थात् आफूबाट बरामद भएको लागू औषधसम्मको दायित्व बहन गर्नुपर्ने । सबैबाट बरामद भएको परिमाणलाई एकै ठाउँमा गाभेर सजाय गर्नु न्यायोचित् र कानूनको मर्मअनुरूप हुँदैन तसर्थ जो जसबाट जति बरामद भएको हो सोही परिमाणको आधारमा सजाय हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता प्रेमबहादुर खड्का र लभकुमार मैनाली पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी अवलम्बित नजीरः सम्बद्ध कानूनः § लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ८(२), १२, १४(१)(छ)(१) फैसला न्या.तर्कराज भट्ट : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मिति २०६४।१।९ गतेका दिन अं.१४ः०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.३१ पुरानो बसपार्कस्थित हाल नाम थर खुल्न आएका पदमबहादुर श्रेष्ठ समेतको व्यक्तिहरूलाई फेला पारी निजहरूको खानतलासी लिँदा तिमध्ये शकुल शाहीको साथबाट नगद रु.२२,०००।– र लागू औषध हेरोइन ११ ग्राम १५ मि.ग्राम, शेरबहादुर भुजेलको साथबाट नगद तथा १ ग्राम १० मिलिग्राम लागू औषध हेरोइन, रवी भन्ने महमद सागिर आलमको साथबाट १० ग्राम ९५ मि.ग्रा.हेरोइन, अजय भन्ने विशालबहादुर सार्कीको साथबाट २९ ग्राम ४० मिलिग्राम हेरोइन बरामद भएको हुँदा उक्त हेरोइन बरामद गरी निज प्रतिवादीहरूलाई पक्राउ गरिएको भन्ने समेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का । हाल पक्राउ परी आएका पदमबहादुर श्रेष्ठ, शेरबहादुर भुजेल, विशालबहादुर सार्की, महमद सागिर आलम, शकुल शाह भन्ने शकुल शाही ठकुरी, दीलिप रोक्का समेतलाई शंकास्पद अवस्थामा फेला पारि निजहरूको खानतलासी लिँदा तिमध्ये शकुल शाहको साथबाट नगद रु.२२,०००।– र ११ ग्राम १५ मि.ग्रा.लागू औषध हेराइन, रवी भन्ने महमद सागिर आलमको साथबाट १० ग्राम ९५ मि.ग्रा.हेरोइन, अजय भन्ने विशाल