निर्णय नं. १८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/३० २४९२ निर्णय नं. १८४७ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. ९०१ आदेश भएको मिति : २०४०।१२।३०।५ मा निवेदीका : का.जि.बत्तिसपुतली बस्ने अंगुरदेवी घिमिरेसमेत विरूद्ध विपक्षी : मोरङ विराटनगर न.पं.वडा नं.११ बस्ने काशीम भन्ने बैराया मियाँसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा दर्तावाला रिट निवेदीकालाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी निजहरूको अनुपस्थितिमा सरजमीन समेत गरी त्यसलाई समेत आधार बनाई प्रत्यर्थीलाई मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय मोरङको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको साथै न्यायिक मनको अभावमा त्रुटिपूर्ण गरेको देखिन आउने । (प्रकरण नं. १०) निवेदीकाहरूतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह आदेश न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार छ : २. जि.मोरङ गोग्राहा मौजे मधुमारा गूठी अधिनस्थको जग्गा मिति ०२५।८।२६ मा मोरङ मालबाट रु.५९,८९५। मा विभिन्न कित्ताको जग्गा बिगहा २५–६–५ मोहनप्रसाद गौतमको नाउँको जग्गा म घिमिरे र मिति ०२५।१०।१६ मा रु.२७,०००। मा विभिन्न कित्ताको ११–१८–८।।। जग्गा नरेन्द्रप्रसाद गौतमबाट म शान्तादेवी गौतमले रसिद गरी पास गराई लिएको आ–आफ्नो नामको छुट्टाछुट्टै जग्गा रसिद गर्दाको अवस्था मोही नभई आ–आफ्नो कामत घर बनाई आफ्नै तर्फबाट जोत आवाद गर्दैआएको कसैको बाधा विरोध थिएन । ०३५ सालको सिजनमा म अंगुरदेवीले ६–६–१३ र म शान्तादेवीले ४–५–६ जग्गामा लगाई राखेको कटुवाली विपक्षी समेत १८जनाले लुटपिट गरी खाई दिएमा मुद्दा परी लुटपिट गरेको ठहरी ०३८।१।१८ मा को.अं.अ.बाट फैसला भएको छ । त्यस्तै ०३६ सालमा लगाएको धानबाली लुटी खाएमा मो.जि.अ.मा लुटपिट गरेको ठहरी ०३८।४।११ मा फैसला भएको छ ०३७।३८ सालको गहुँबाली लुटी लगेकोमा मो.जि.अ.मा मुद्दा चली रहेकै छ । हामीले लगाएको बाली लुटेकोबाट भू.सु.का.मा जग्गाधनीले पाउने कूत धरौटी पनि राख्दै जग्गाको मोही छौ भनी प्रतिउत्तर फिराई झगडा गर्दै आएका हुन् । अदालतको क्षेत्राधिकार भित्र कारवाही भइरहेको सम्पूर्ण कुरा लुकाई अ.बं.८५।८९ नं.को प्रतिकूल सर्वेबाट कायम भएको जटुवा कठकुप्पा गा.पं.वडा नं.१(क) कि.नं.५६ को ०–९–४ म अंगुरदेवी घिमिरेको र ऐ.गा.पं.वडा नं.१ को कि.नं.८४ के.०–१८–१० बि.न.पं.वा.नं.६ कि.नं.३२१ को ०–४–५ म शान्तादेवी समेतको जग्गा हामी मोही हुँदा प्रमाणपूर्जा पाउँ भनी ०३८।२।१३ मा दिएको निवेदनमा अधिकारीज्यूबाट एकतर्फी सरजमीन गराई हामीलाई थाहा जानकारी दिनु नभई एकपक्षीय दृष्टिकोंण राखी लुटपिट मुद्दाको प्रतिवादी समेतका मानिसहरूबाट नै सरजमीन गराई ऐनको दफा २५(३) खण्ड (ख) को व्यवस्थानुसार ०२२ साल मंसीर देखि लागू भएको ऐनले गूठी संस्थानको अधिनस्थ जग्गा कुनै मोहीको हक प्राप्त हुन नसक्नेमा ऐनको दफा २५(१)(२) दफा ३४(१)(२) नियम ३।६।९(१) अ.बं.१८४ (क) १८५, १८९ नं.र प्रमाणसम्बन्धी कानुन र सिद्धान्तको बर्खिलाप निर्णय भएको रहेछ । ३. जुन मोहीको प्रमाणपत्र दिने निर्णय टिप्पणी