निर्णय नं. १८४८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८४८ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/२५ २४०१ निर्णय नं. १८४८ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. १०२४ आदेश भएको मिति : २०४०।९।२५।२ मा निवेदक : चादमल लुमकरण फर्म विराटनगरको तर्फबाट ऐ.को साझेदार मोरङ विराटनगर नं.पं.८ बस्ने किशनलाल दुगड विरूद्ध विपक्षी : श्री राजश्व न्यायाधीकरण धरानसमेत विषय : उत्प्रेषण (१) रिट निवेदकले पेश गरेको आय विवरण, कार्यालयले प्राप्त गरेको रेकर्ड तथ्याड्ढ र कर निरीक्षकको प्रतिवेदन समेतको आधारमा कर निर्धारण गरेकोलाई हचुवा किसिमबाट कर निर्धारण गरेको भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. मिति ०३९।६।४ को राजश्व न्यायाधीकरण धरानको फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकारको रहेछ । २. कर कार्यालय विराटनगरले यस फर्मको आ.बं.२०३३।३४ को हचुवा तरीकाले खूद आय रु.५,५३,८५७।६४ कायम गरी कर रु.२,३१,७३५।९५ लगाई मिति ०३५।११।२५ मा आयकर निर्धारण आदेश पठाउनु भएकोमा चित्त नबुझी कानुन र तथ्यको त्रुटि देखाई राजश्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा न्यायाधीकरणले हाम्रो जिकिरहरूलाई खण्डन नै नगरी अ.बं.१८४ (क) र १८५ नं.समेतको कार्यविधि सम्बन्धी कानुनको त्रुटि गरी मिति ०३९।६।४ मा फैसला गर्नुभयो । ३. उक्त निर्णय आयकर ऐन, २०३१ को दफा ३३(५) को विपरीत हुनुको साथै आयकर नियम, २०२० को नियम ११(२) हचुवा कर निर्धारण आदेश बदर गर्नुपर्नेमा नगरिएको गैरकानुनी छ र आ.ब.२०३०।३१ मा हिसाब किताबको आधारमा रु.२,३९,३७६।०७ नोक्सानी विवरण पेश भएकोमा कानुन विपरीत कर कार्यालयले हिसाब नमानी हचुवा तबरले कर निर्धारण गर्नुभएको आदेशलाई राजश्व न्यायाधीकरणले बदर गरेपछि सो आ.ब.को हिसाब किताबबाट नोक्सानी कायम गरी आयकर निर्धारण आदेश हुन बाँकी भएको हुँदाहुँदै सो पछिका वर्षहरू ०३१।३२, ०३२।३३ र ०३३।३४ आ.ब.को आयकर निर्धारण आदेश अन्तिम गरी कायम रहन गएका उल्लिखित ०३०।३१ सालको नोक्सानी कानुन बमोजिम पछिको आयमा कट्टा हुने छ भनी आयकर ऐन, ०३१ को दफा २५ को व्यवस्था निष्कृय हुने गरी सो कानुनको विपरीत भएकोले प्रस्तुत आ.ब.०३३।३४ को आयकर निर्धारण आदेश कायम हुन नसक्ने हुँदा बदरभागी छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने मिति ०३९।७।२१ को सिंगबेञ्चको आदेश रहेछ । ५. विदेशी सामानको स्थानीय व्यापारमा रु.५०,०००। कायम गरेकोमा आधार प्रष्ट नभएकोले गत वर्ष सरह रु.१०,०००। मात्र बिक्री कायम गरी अरू कर कार्यालय विराटनगरको आदेश मनासिव ठहर्छ भनी न्यायाधीकरणबाट भएको फैसलामा कुनै त्रुटि छैन भन्ने समेतको राजश्व न्यायाधीकरणको लिखितजवाफ रहेछ । ६. भेटिए सम्मको तथ्य पूर्ण प्रमाणहरूलाई अवलम्बन गरी आयकर निर्धारण भएको र उक्त निर्याय उपर राजश्व न्यायाधीकरणमा पुनरावेदन पर्दा न्यायाधीकरणबाट यस कार्यालयको निर्णयलाई आंशिक बदर गरी अरू सदर गरेकोमा कुनै त्रुटि छैन भन्ने समेतको कर कार्यालय विराटनगरको लिखितजवाफ रहेछ । ७. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले आयकर ऐन, २०३१ को दफा २(ढ) ले कूल