निर्णय नं. १८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/१४ २३९९ निर्णय नं. १८४९ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको रि.नं. १०३१ आदेश भएको मिति : २०४०।१२।१४।३ मा निवेदक : जिल्ला सप्तरी कविलासा गा.पं.वडा नं.७ बस्ने कपिलेश्वर साहुतेली विरूद्ध विपक्षी : भू.सु.का.सप्तरीका का.मु.भू.सु.अ.भिमशंकर भण्डारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गाधनीलाई रोजाउने प्रकृया पूरा गरेर मात्र मोही नामसारी गर्नुपर्नेमा सो मोही रोजाउने प्रकृया पूरा नगरी प्रत्यर्थीका नाममा नामसारी गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षीतर्फबाट :विद्वान सरकारी अ.श्री भैरवप्रसाद लम्साल र विद्वान अ.श्री राधेश्याम अधिकारी आदेश न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदकको निवेदन जिकिर एवं तथ्य संक्षेपमा यसप्रकार छ : २. चन्द्रनारायण सिंहको दर्ता तिरोको निजैले जोत साविक जग्गा कठ्ठा ०–१५–१० जग्गा राजीनामा गरी लिएको पास गरी नदिएबाट नालिस दिई ०२४।११।४ मा पास भई नापीमा कबिलास गा.पं.वडा नं.७ (क) बाट कि.नं.९० जग्गा कठ्ठा ०–१२–१८–½ कायम भएको जोत कोही नभएको जनाई ०२७ सालमा ज.ध.प्रमाण पूर्जा दिई जोतपोत समेत मैले अविच्छिन्न भोग गरी आएको जग्गामा यो भन्दा अगाडि बुधनीले, लोग्नेले कमाएको कि.नं.३४१ जग्गा लोग्ने मरेकोले मेरो नाउँमा मोही हक नामासारी गरी प्रमाणपत्र पाउँ भनी उजूरी गरेकी थिइन कि.नं.३४१ को जग्गा मेरो होइन भनी प्रतिवादीले इन्कार गरेकोले कारवाई गर्न नमिल्ने भनी विपक्षी कार्यालयबाट ०३८।९।१७ मा उजूरी तामेलीमा राखिएको थियो । विपक्षीले पुनः मेरो कि.नं.९० को जग्गा पक्री उक्त जग्गा कमाई बाली बुझाई रहेकोले लोग्ने मरेको हुँदा मोही नामसारी गरी प्रमाणपूर्जा पाउँ भन्ने उजूरी गरेकी रहिछीन, विपक्षीको लोग्ने मोही भएको बाली बुझाएको समेत छैन भन्ने प्रतिवाद गरेको थियो । २ नं.अनुसूचीमा चित्त बुझाई बसेको भन्दै विपक्षीले कहाँबाट उतार गरी ल्याएकी थिइन । २ नं.अनुसूचीकै भरमा सो २ नं.भनेको कागज उक्त कि.नं.९० कै हो भन्ने ठहर गरियो । सो लिखत के कस्तो हो भनी मलाई देखाउने आफ्नो कार्यालयमा रहेको श्रेस्ता भिडाउने काम पनि गरिएको छैन विपक्षीको दुई छोरा जीवित छन् यस्तोमा त्रुटिपूर्ण निर्णय गरेको छ । उक्त निर्णयबाट म निवेदकलाई संविधानको धारा ११(ङ) तथा धारा १५ समेतद्वारा प्राप्त सम्पत्ति सम्बन्धी हकमा आघात पर्नगएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी अधिकारीले गरेको ०३९।५।१७ को निर्णय बदर गरिपाउँ भन्ने निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने यस अदालत सिंगलबेञ्चको ०३९।७।२१ को आदेश । ४. भू.सं.ऐन, २०२१ को दफा २५ दफाको उपदफा (१) अनुसारको मोहीले लगत भनी पेश गरेको आधारमा नियम ६ अनुसार लगत प्रकाशित गरी सो लगत उपर कसैको उजूर नपरी २ नं.अनुसूची मोही लगत कायम रहेको देखिन्छ । ऐनको दफा २६(१) अनुसार मोहियानी हकको हकदार पति पछि निजको पत्नीलाई प्राथमिकता दिएको पाइन्छ । भू.सं.ऐन, २०२१ को दफा २५(१) अनुसार कायम भएको मोही लगतको आधारमा ऐनको दफा २६(१) अनुसार मोही नामसारी दर्ता गर्ने गरी यस क