निर्णय नं. १८५० - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५० - लिखत बदर भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/०८ २४४९ निर्णय नं. १८५० ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ३८४ फैसला भएको मिति : २०४०।१०।८।१ मा पुनरावेदक/प्रतिवादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१९ बस्ने ब्रहमनारायण शाह कानु विरूद्ध विपक्षी/वादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१० गहवा बस्ने मदन कुमार रौनियारसमेत मुद्दा : लिखत बदर (१) बकसपत्र सम्पत्ति निजको निजी आर्जनको अचल सम्पत्ति हुने हुँदा अंशबण्डाको १८ नं.बमोजिम आफूखुश गर्न पाउने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त निम्न प्रकार रहेछ । २. हामी यसोदादेवी र मदनकुमार विपक्षी लक्ष्मणप्रसादको पत्नी र छोरा हौं हामीहरूको बीच बण्डा भएको छैन विपक्षी पतिका नाउँमा दर्ता भएको हाम्रो समेत हक लाग्ने नगवा पञ्चायत वडा नं.५ कि.नं.२३५ को जग्गा ०–५–० कि.नं.२०५ चिवतन पदमपुर पं.वडा नं.७(क) कि.नं.१२९ को जग्गा १–०–० समेत जम्मा २–५–५ जग्गा भोगी आएको हाम्रो मञ्जूरी बेगर रु.२२,०००। मा लिनुदिनु गर्नुभएछ, ब्रहमनारायणले भोग गर्न आएपछि बुझ्दा हाम्रो समेत हक लाग्ने जग्गा किनबेच भएको राजीनामाको नक्कल लिँदा थाहा भयो । हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मञ्जूरी बेगर बेच्ने लक्ष्मणप्रसाद र सो कुरा जानाजान ब्रहमनारायण किन्ने भई लिनुदिनु गरेको हुँदा हाम्रो २ भागमा पर्ने जतिमा लिखत बदर गरिपाउँ भन्ने समेतको फिराद । ३. पारीत गराई दिएको जग्गा पैत्रिक सम्पत्ति नभई लक्ष्मणप्रसादको आर्जनको सम्पत्ति भई लेनदेनको १० नं.र अंशबण्डाको १९ नं.ले समेत लक्ष्मणले आफू खुश गर्न पाउने र घरको मुख्य भई काम गर्ने निजको भएको हुनाले रु.२२,०००। दिई राजीनामा पारित गराई लिएका हुँ विपक्षीहरूको मञ्जूरी लिनुपर्ने र दावी अनुसार लिखत बदर हुनुपर्ने होइन । त्यसको सबूत नगवा पञ्चायत वडा नं.५ कि.नं.२३५ को ०–५–० कि.नं.२०५ को १–०–५ जग्गा लक्ष्मणले गंगारामबाट बकसपत्र गराई लिएको आफूले आर्जेको जग्गा हो चितवन पदमपुर पञ्चायत वडा नं.७(क) कि.नं.१६ को जग्गा ४–१०–० मध्ये १–०–० बाहेक गरी १–१२–१८ कमानसिंहबाट लक्ष्मणले राजीनामा गराई लिएको र उक्त जग्गा कित्ताकाट हुँदा कि.नं.१२९ कायम हुनआएको मध्ये १–०–० मलाई राजीनामा गरी दिएको हुँदा आफूले आर्जेको जग्गा मलाई राजीनामा गरी दिएको भन्ने समेत ब्रहमनारायणको प्रतिउत्तर । ४. चितवनको जग्गाको लिखित बदरतर्फ वादीहरूको लोग्ने बाबु लक्ष्मणप्रसादको नाउँबाट जग्गा अन्यत्र नामसारी भइसकेपछि जग्गा लिने दिने उपर कानुन अनुरूपको उजूर बेगर कार्यान्वयन हुन नसकेको लिखितलाई लिखत सदर बदर भन्नुपर्ने अवस्था पर्न नआएकोले वादी दावी पुग्न नसक्ने ठहर्छ । बारा जिल्लाको जग्गा १–५–५ को लिखत बदर गराई पाउँ भन्ने सम्बन्धमा लिखतमा वादीहरूको नाउँ र मञ्जूरी भएको समेत नदेखिएकोले अंश लाग्ने सगोलको सम्पत्ति भएपछि लेनदेन व्यवहारको १० नं.ले एकाघरको अंशियार साक्षी बसेको वा निजहरूको मञ्जूरी लिखत भएमात्र पक्का ठहर्छ भन्ने उल्लेख भएको हुँदा सो अनुसार साक्षी बसेको र मञ्जूरी लिएको समेत नहुँदा दावी बमोजिम लिखत बदर हुने ठहर्छ भन्ने पर्सा जि.अ.को फैसला। ५. चितवनको जग्गाको