निर्णय नं. ९११८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९११८ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/१०/१८ ३२५० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की आदेश मिति : २०६९।१०।१८।५ ०६९-WF-०००४ बिषय : उत्प्रेषणसमेत । निवेदक : जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. २ बस्ने रामकुमार महतो विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत § सबै प्रक्रिया पूरा भई सफल उम्मेद्‍वारलाई नियुक्तिपत्र दिई निजलाई काममा लगाई सकेपछिमात्र रिट निवेदन दायर गरी निवेदकले आफ्नो जिकीरलाई कानूनीरूपमा भन्दा पनि आफूमात्र योग्य र उपयुक्त रहेको भनी आत्मपरक ढङ्गले पुष्टि गर्न खोजेको प्रतीत हुने । § कुनै पनि कानूनी व्यवस्थाको लाभ आफूलेमात्र पाउनुपर्दछ भनी कसैले पनि मान्यता राख्नु हुँदैन । न त कानूनी व्यवस्थाको व्याख्या आफ्नो अनुकूलमात्र हुनु पर्दछ भन्ने अपेक्षा नै गर्न हुन्छ । कुनै कानूनको संवैधानिकताको प्रश्न उठी बदर नहुँदा सम्म त्यस्तो कानूनअनुरूप भएका कार्यहरू स्वतः वैध मानिने । § यसरी एउटै प्रक्रियामा आफूसमेत सहभागी भई असफल भएपछिमात्र सो प्रक्रियाबाट लाभान्वित व्यक्तिको योग्यता, अनुभवका साथै प्रक्रिया निर्धारक कानूनी व्यवस्थासमेतउपर प्रश्न उठाउने निवेदकलाई अदालतले सहयोग गर्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजीवि घिमिरे, विद्वान् वरिष्ठ अधिवक्ताद्वय महादेवप्रसाद यादव र बद्रिबहादुर कार्की, विद्वान् अधिवक्ता श्री पदम गिरी अवलम्बित नजीर : सम्बद्ध कानून : § कर्मचारी प्रशासन विनियमावली, २०६७ को विनियम २.५ को खण्ड (ख), विनियम २.६ अन्तर्गत अनुसूची २ आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा दायर भै पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूबीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, पदपूर्ति समितिको मिति २०६७।६।२६ गते गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन नं. ०१/०६७।०६८ तालिम अधिकृत पद, सातौं तहसमेतको लागि मिति २०६७।८।१० र २०६७।८।११ मा भएको लिखित तथा मिति २०६७।८।२६ र २०६७।८।२७ मा भएको अन्तर्वार्तासमेतबाट नतीजा प्रकाशन भएको हुँदा सफल उम्मेद्‍वारले ७ (सात) दिनभित्र परिषद्को प्रशासन शाखामा आई सम्पर्क गर्नु हुन सम्बन्धित सबैको लागि सूचना प्रकाशित गरिएकोमा सफल उम्मेद्‍वार रोल नं. ८ विजयकुमार झा र वैकल्पिक उम्मेद्‍वार रोल नं. ४ रामकुमार महतो उल्लेख गरी सूचना प्रकाशित भएकोले योग्यता नपुगेको योग्यताको छानबिन नगरी विजयकुमार झालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तालिम अधिकृतमा नियुक्तिको लागि सिफारिश गरी हाजीर गराएको कारण मेरो मौलिक हक र कानूनी हकमा आघात परेकोले उपचारको अन्य पर्याप्त व्यवस्था नभएकोले अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यो निवेदन गरेको छु । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी प्रशासन विनियम, २०६७ को विनियम २.६ तथा अनुसूची २ अनुसार तालिम अधिकृत सातौं तहको न्यूनतम् शैक्षिक योग्यता स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको वा स्नातक उत्तीर्ण गरी तीन वर्षको स्वास्थ्य अनुसन्धान तालिमसम्बन