निर्णय नं. १८५१ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८५१ - निषेधाज्ञा भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/२५ २६९८ निर्णय नं. १८५१ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४१६ फैसला भएको मिति : २०४०।९।२५।२ मा पुनरावेदक/वादी : का.जि.का.न.पं.वडा नं.४ बालुवाटार बस्ने जङ्गबु शेर्पासमेत विरूद्ध विपक्षी/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.४ बालुवाटार बस्ने रामध्वज चन्द मुद्दा : निषेधाज्ञा (१) विवादको ठाउँमा बाटो रहेभएको हो वा होइन, रहेभएको भए सो बाटोको स्थिति कस्तो किसिमको देखिन्छ, तत्सम्बन्धमा जाँचबुझ गरी मात्र निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबाट : विद्वान अ. श्री हरिशंकर निरौला र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. विपक्षीले कि.नं.२५४ को जग्गा मध्ये १–२–० जग्गा पारित गरी लिनु अगावै मेरो घर कम्पाउण्ड जाने बाटो सुरक्षित र निर्विवाद रहेको र ०३७।५।२७ गते सो बाटो थुनी पर्खाल लाउने तयारी गरेबाट नागरिक अधिकार हनन् हुने आशंका भएकोले सो रोक्काको लागि निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको जाङबु सेर्पा समेतको निवेदनपत्र । ३. निवेदकको माग बमोजिम निषेधाज्ञाको आदेश जारी किन हुनुनपर्ने हो ? लिखितजवाफ सहित हाजिर हुनआउनु भनी विपक्षीका नाउँमा म्याद जारी गर्नुभन्ने बागमती अञ्चल अदालतको आदेश । ४. मैले पारित गरी लिएको कि.नं.२५४ को जग्गा मध्येको ४ किल्ला पूर्व कम्पाउण्ड भित्र जाने बाटो पश्चिम महाराजगञ्ज जाने बाटो दक्षिणबाट र उत्तर मेरै जग्गा भन्ने भएपछि विपक्षीले पछि सोही दाताबाट खरीद गरेको नाताबाट मेरो जग्गाबाट जाने बाटो छ भन्ने कुरा आउन सक्तैन भन्ने समेत व्यहोराको लिखितजवाफ । ५. बाटो रोक्ने आशंका भएकोले निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत लिखितजवाफ भएको देखिएबाट निर्विवाद रूपमा हक भएको भन्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत वा.अं.अ.को फैसला । ६. वा.अं.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत आङगबु सेर्पा समेतको म.क्षे.अ.मा परेको पुनरावेदन । ७. वादी र प्रतिवादी दुबैलाई राजीनामा र बकसपत्र गरी दिने दर्ता एउटै व्यक्ति भएको हुँदा र निवेदकको दक्षिण किल्ला प्रतिवादीको उत्तर किल्ला भई त्यसमा पुनरावेदकको किल्लामा सार्वजनिक बाटो समेत भनी र प्रतिवादीको उत्तर किल्लामा सो बाटो भन्ने नदेखिएको हुँदा सबूत प्रमाण बुझी इन्साफ गर्नुपर्ने भएकोले निषेधाज्ञाको आदेश जारी हुन नसक्ने ठहर्याएको वा.अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला । ८. उक्त म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी जङबु सेर्पाको निवेदन परेकोमा यसमा जङ्गबु सेर्पाले विष्णुभूपाल सिंहबाट ०३६।३।१४ मा गराई लिएको पास राजीनामा दक्षिण किल्ला रामध्वज चन्दलाई दिएको जग्गा र सार्वजनिक बाटो भन्ने लेखिएको पाइन्छ । यसरी राजीनामा लिई भोगचलन गरी आएको बाटो वारे विवाद उत्पन्न भएपछि नागरिक अधिकार ऐन, २०१२ (संशोधन सहित) को दफा १७ (२) बमोजिम जाँचबुझ गरी निर्णय गर्नुपर्नेमा सो नगरी म.क्षे.अ.ले गरेको